Wednesday 3 Baishak, 2071 | April 16, 2014
Menu

विश्व

पाकिस्तानमा नयाँ सरकार गठनको कसरत सुरु

  • मङ्गलबार ३१ बैशाख, २०७०
  • रोयटर्स
  • DISQUS_COMMENTS
(0 votes)
पाकिस्तानमा नयाँ सरकार गठनको कसरत सुरु
कराँची – संसदका लागि भएको आम चुनावको परिणाम घोषणा भइसकेपछि पाकिस्तानमा सरकार गठनको कसरत सुरु भएको छ। सरिफले सांसद इसहाक दारलाई अर्थमन्त्रीका रुपमा आफ्नो मन्त्रिमण्डलमा सामेल गर्ने पिएमएल(एन)का पार्टी प्रवक्ताले सोमबार बताए।


दुई सय ७२ सिटका लागि भएको चुनावमा एक सय ३० सिट जितेपछि पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग(एन) संसदमा सबैभन्दा ठूलो पार्टी बनेको छ। तीन सय ४२ सिटको संसद नेसनल एसेम्बलीमा बाँकी ७० सिट भने महिला र अल्पसंख्यकका लागि आरक्षित छन्। संसदको सबैभन्दा ठूलो पार्टी पिएमएल(एन) सरकार बनाउने सुरसारमा छ।

आफ्नो पार्टीको जितपछि पूर्वप्रधानमन्त्री सरिफले सरकार गठनबारे पार्टी र सहयोगीसँग सोमबार विचारविमर्श थालेका छन्। सरिफको पार्टीलाई संसदमा बहुमतका लागि सात सिटको मात्र आवश्यकता छ। २७ स्वतन्त्रसहित अरु पार्टीले समेत पिएमएल(एन)लाई बहुमतका लागि आवश्यक सिट जितेकाले राष्ट्रपति आसिफ अलि जर्दारीको पाकिस्तान पिपुल्स पार्टी र इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीको सहयोग लिनु पर्ने छैन। पिएमएल(एन)का नेताहरूले स्वतन्त्र सांसदसँग सरिफको कुराकानी भइरहेको बताएका छन्। साथै मन्त्रीमण्डलको आकार र स्वरुपबारे समेत छलफल भइरहेको छ।

दारले यसअघि सन् १९९० मा समेत सरिफ मन्त्रिमण्डलमा अर्थमन्त्रीका रुपमा काम गरिसकेका छन्। दारले प्रान्तीय सरकारलाई कृषिमा कर उठाउने प्रोत्साहित गर्ने आफ्नो योजना रहेको बताए। दारको कर नीतिबाट पार्टीका धनाढ्य समर्थकसँग उनको मतभेद हुने सम्भावना छ।

सरिफले सबैभन्दा पहिले अर्थमन्त्रीको चयन गर्नुलाई खस्कँदो पाक अर्थतन्त्र उनको प्रमुख प्राथमिकता भएको संकेत गरेको छ। सरिफले अन्तर्राष्ट्रिय मुद्रा कोषले भनेअनुसार देशमा राजनीतिक रुपमा सम्वेदनशील केही सुधार गर्ने बताइसकेका छन्। सरिफका सुधारबाट सन्तुष्ट भए आइएमएफले अर्बौं अमेरिकी डलरका रुपमा पाक अर्थतन्त्रलाई सञ्जीवनी दिनेछ। तत्कालिन अर्थमन्त्री दारले सन् १९९८ मा पनि आइएमएफसँग प्याकेज डिलमा सहमती गर्न सफलता पाएका थिए।

नेसनल एसेम्बलीमा ३३ सिट मात्र जितेको राष्ट्रपति जर्दारीको पिपिपीलाई यसपालीको चुनावमा सबैभन्दा ठूलो झट्का लागेको छ। उता बहुमत जित्ने आस गरेका इमरान आफ्नो पार्टीले जम्मा २९ सिट मात्र जितेपछि संसदमा पिपिपीभन्दा पनि पछि परेकोमा निरास भएका छन्। मतदान प्रतिशतबाट खुसी भएको तर चुनावमा भएको धाँधलीबाट आफू निरास भएको प्रतिक्रिया उनले अस्पतालबाटै दिए। चुनाव प्रचारका बेला घाइते भएका इमरान अझै अस्पतालमा नै उपचाररत छन्।

सरिफको पार्टी पिएमएल(एन)ले सरकार गठन गर्ने निश्चितजस्तै भएपछि सोमबार पाकिस्तानको सेयर बजारमा उछाल आयो। कराँची स्टक एक्सचेन्जमा १.६ प्रतिशत वृद्धि भई सेयर सूचकांक २० हजारमाथि पुगेको थियो।


मत गणनाको अन्तिम परिणाम

पाकिस्तान मुस्लिम लिग(एन)– १३०

पाकिस्तान पिपुल्स पार्टी– ३३

पाकिस्तान तहरिक–ए–इन्साफ– २९

स्वतन्त्र उम्मेदवार– २७

मुत्ताहिद कौमी मुभमेन्ट– १७

जेयुआइएफ– १०

अन्य– १८
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...