Friday 27 Ashad, 2071 |
Menu

विश्व

नवाज सरिफको राजनीति : कहिले घाम कहिले छायाँ

  • मङ्गलबार ३१ बैशाख, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
नवाज सरिफको राजनीति : कहिले घाम कहिले छायाँ
कराची- सेनाका कारण सरिफको राजनीतिसहित जीवन नै संकटमा परेको भए पनि सेनाले नै उनलाई राजनीतिमा प्रवेश गराएको थियो। सरिफको पृष्ठभूमि राजनीतिक नभएर व्यापारिक हो। सन् १९७६ मा तत्कालिन प्रधानमन्त्री जुल्फिकार अलि भुट्टोले सरिफ परिवारको स्टिल उद्योग राष्ट्रियकरण गरे। त्यसपछि सरिफ राजनीतिमा आउन प्रेरित भए र उनी पाकिस्तान मुस्लिम लिगको सदस्य बने।


सन् १९८१ मा जनरल जियाउल हकको सरकारले मार्सल ल लगाएका बेला हकले सरिफलाई पञ्जाब प्रान्तको अर्थमन्त्री नियुक्त गरे। सन् जनरल हकले १९८५ मा सरिफलाई पञ्जाबको मुख्यमन्त्री बनाए। तर तीन वर्षपछि नै जनरल हकले सरिफ सरकार भंग गरे।

एउटा विमान दुर्घटनामा तत्कालिन राष्ट्रपति जनरल हकको मृत्यु भएपछि पिएमएल दुई समूह फिदा र जुनेजोमा टुक्रियो। जुनेजो समूहको नेतृŒव मोहम्मद खान जुनेजोले गरेका थिए। दुवै समूहले सन् १९८९ को आम चुनावमा बेनजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टीविरुद्ध सात धार्मिक र रुढीवादी पार्टीसँग मिली इस्लामी जम्हुरी इत्तेहाद(आइजेआइ) गठबन्धन मोर्चा बनाए। गठबन्धनले बहुमत जित्यो तर सरिफ भने संसद नेसनल एसेम्बलीमा बसेनन् र पञ्जाब प्रान्तको मुख्यमन्त्री भए।

सन् १९९० नोभेम्बरमा सरिफ पाकिस्तानको १२ औं प्रधानमन्त्री भए। राजनीतिमा खेल्ने गरेको पाक सेनासँग प्रधानमन्त्री भएदेखि नै उनको मतभेद सुरु भयो। सेनासँग बढ्दै गएको तनावका कारण उनले अप्रिल १९९३ मा उनले प्रधानमन्त्रीबाट राजीनामा दिए पनि सर्वोच्च अदालतले उनको सरकारलाई जुलाई १९९३ सम्म बहाल गर्यो ।

सन् १९९७ मा भएको आम चुनावबाट सरिफको पार्टी फेरि सत्तामा आयो र उनी दोस्रोपल्ट प्रधानमन्त्री बने। उनको दोस्रो कार्यकालमा नै भारत–पाकिस्तानबीच कारगिल युद्ध भयो। तर कारगिल युद्ध हुनुमा सरिफको कुनै भूमिका नभएको बरु तत्कालिन सेना प्रमुख परवेज मुसर्रफ जिम्मेवार रहेको अनुमान राजनीतिक विश्लेषक गर्छन्।

सरिफले जुलाई १९९९ मा देशका नाममा गरेको सम्बोधनमा युद्धको सम्भावना अन्त्य गर्न भारतका तत्कालिन प्रधानमन्त्री अटलबिहारी बाजपेयीसँग भेटवार्ता गर्न इच्छुक रहेको उल्लेख गरेका थिए।

सरिफ प्रधानमन्त्री रहेका बेला सेनासँग उनको बारम्बार टकराव भयो। यसैबीच तत्कालिन सेनाध्यक्ष जनरल परवेज मुसर्रफले १२ अक्टोबर १९९९ मा सैनिक कु गरी सरिफलाई सत्ताच्युत गरे। श्रीलंकाबाट फर्किंदै गरेको मुसर्रफ चढेको हवाइजहाज अपहरण गर्ने आरोप लगाएर मुसर्रफले सरिफलाई सत्ताच्युत मात्र गरेनन्, उनलाई जेलमा समेत हाले। फाँसीको सजाय सुनाइएका सरिफ र मुसर्रफ सरकारबीच सम्झौतापछि उनी परिवारका ४० सदस्यसहित साउदी अरेयिबा निर्वासित भए। सन् २००७ मा सरिफ फेरि स्वदेश फर्किए।

सन् २००८ को आम चुनावमा उनको पार्टी पिएमएल(एन)को स्थिति राम्रो हुँदाहुँदै पनि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्यापछि उत्पन्न सहानुभूतिका कारण पिपिपीले धेरै सिट जितेर सरकार बनायो। तर पाँच वर्षसम्म सरिफले पिपिपीको सरकार ढाल्ने कुनै प्रयास गरेनन्। सरिफले चाहेको भए कुनै पनि बेला पिपिपीको सरकार ढाल्न सक्थे। धैर्यपूर्वक प्रतिक्षा गरेका सरिफलाई सन् २०१३ को आम चुनावले फेरि सत्तारुढ गराउने भएको छ।
युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।

गोरखपुरबाट छुटेको रेल दुर्घटना, कम्‍तिमा ३० को मृत्यु

गोरखपुरबाट छुटेको रेल दुर्घटना, कम्‍तिमा ३० को मृत्यु

लखनउ - भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ। सोमबार बिहान उत्तर प्रदेशको कविर नगरस्थित चुरेव रेलवे स्टेसनमा गोरखधाम एक्सप्रेस दुर्घटनामा परेको हो।

मनमोहन सिंहले दिए राजीनामा

मनमोहन सिंहले दिए राजीनामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विपक्षी दलको ऐतिहासिक जितपछि शनिबार दिउसो पदबाट राजीनामा दिएका छन्। १० वर्षसम्म प्रधानमन्त्री रहेका उनले राष्ट्रपति प्रणव मुखर्जीसमक्ष राजीनामा बुझाएका हुन्।

भाजपाको बहुमत, मोदीले बुधबार प्रधानमन्त्रीको शपथ लिने

भाजपाको बहुमत, मोदीले बुधबार प्रधानमन्त्रीको शपथ लिने

नयाँदिल्ली (एजेन्सी)– ‘भारतको जित! अब राम्रो दिन आउनेवाला छ।' भारतीय जनता पार्टी (भाजपा) का प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले शुक्रबार दिउँसो १२ बजेर २४ मिनेटमा टि्वट गरे।

सोनिया र राहुलले लिए हारको जिम्मेवारी

सोनिया र राहुलले लिए हारको जिम्मेवारी

नयाँ दिल्ली– कांग्रेस अध्यक्ष सोनिया गान्धी र उपाध्यक्ष राहुल गान्धीले भारतीय संसदको तल्लोसभाका लागि भएको आमनिर्वाचनमा पार्टीको हारको जिम्मेवारी लिएका छन्।

मोदी दुवै स्थानमा विजयी

मोदी दुवै स्थानमा विजयी

नयाँ दिल्ली– भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी भारतीय संसदको तल्लो सभाका लागि भएको आमनिर्वाचनमा उम्मेदवारी दिएको दुवै स्थानबाट विजयी भएका छन्।

भियतनामी–चिनियाँ जहाजबीच पानीको फोहरा हानाहान

भियतनामी–चिनियाँ जहाजबीच पानीको फोहरा हानाहान

हनोई– दक्षिण चीन समुद्रको विवादित जलसीमा क्षेत्रमा भियतनामी र चिनियाँ पानीजहाजबीच सोमबार पानीको फोहरा हानाहान भएको छ। भियतनामको सरकारी सञ्चारमाध्यमका अनुसार विवादित क्षेत्रमा अड्याइएको चीनको तेल उत्खनन संयन्त्रनजिक पानीको फोहरा...