Sunday 18 Magh, 2071 |
Menu

विश्व

HUB

कोरोनाभाइरस मानवबीच सर्नसक्ने

(0 votes)
न्युयोर्क - विश्व स्वास्थ संगठनले मध्यपूर्वमा देखिएको सार्सजस्तै नोभेल कोरोनाभाइरस निकट संसर्गबाट मानव–मानवमा सर्नसक्ने चेतावनी दिएको छ। फ्रान्सको स्वास्थ मन्त्रालयले एकजना रोगीबाट निकट संसर्गको अर्को मानिसमा कोरोनाभाइरसको संक्रमण भएको जनाएपछि विश्व स्वास्थ संगठनले आइतबार भाइरस सर्नसक्ने चेतावनी दिएको हो।


अहिले कोरोनाभाइरसका बिरामी देखिएका मध्यपूर्वी देश साउदी अरेबियामा दुईजना बिरामीको मृत्यु भएको छ। कोरोनाभाइरसग्रस्त बिरामीको मृत्यु भएको साउदीका स्वास्थ अधिकारीले जनाएका छन्। कोरोनाभाइरसका कारण निमोनिया र कहिलेकाहीं मिर्गौला समेत बिग्रने गर्छ।

संगठनका अधिकारीले कोरोनाभाइरसका रोगी बढेको र महामारी फैलनसक्ने चिन्ता व्यक्त गरेका छन्। सन् २०१२ यता युरोपेली र मध्यपूर्वी देशमा ३४ जनामा कोरोनाभाइरसको संक्रमण भइसकेको छ। तीमध्ये १८ जना बिरामीको मृत्यु भएको संगठनले जनाएको छ। साउदी अरेयिबा, जोर्डन, जर्मनी, बेलायत र फ्रान्समा कोरोनाभाइरसको संक्रमण भएको थियो।

संगठनद्वारा आइतबार जारी विज्ञप्तीमा निकट सम्पर्कमा रहेका व्यक्तिबीच कोरोनाभाइरस सरेको देखिए पनि सामान्य अवस्थामा भाइरस फैलिएको फेला नपरेको उल्लेख छ। अनुसन्धानरत वैज्ञानिकले कोरोनाभाइरस कसरी एक जनाबाट अर्कोमा सरिरहेको छ थाहा पाउन सकेका छैनन्।

फ्रान्समा फेला परेको कोरोनाभाइरस संक्रमित दोस्रो रोगी एकजना ५० वर्षे थिए। उत्तरी फ्रान्सको भ्यालेन्सिएनस्थित अस्पतालमा ६५ वर्षे कोरोनाभाइरस संक्रमित वृद्धसँग एउटै कोठामा बसेपछि उनमा पनि भाइरसको संक्रमण भएको थियो। ती ६५ वर्षे वृद्धलाई भने दुबईमा भाइरस संक्रमण भएको थियो।

फ्रान्सेली स्वास्थ मन्त्रालयले भाइरस संक्रमितसँगै बसेका अर्का वृद्धमा पनि भाइरसको संक्रमण भएको जनाएको छ। उता साउदीका उपस्वास्थमन्त्रीले भाइरसका कारण थप दुईको मृत्यु भएको आइतबार बताएका छन्। साउदीको अल–अहसा प्रान्तमा ती दुईसमेत गरी अहिलेसम्म कोरोनाभाइरसबाट नौ जनाको मृत्यु भइसकेको छ।

नोभेल कोरोनाभाइरस पनि सार्स(सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) भाइरस परिवारकै मानिन्छ। सन् २००३ मा सार्स एसियाली देशमा फैलिएको थियो। एउटै परिवारका भए पनि सार्स र नोभेल कोरोनाभाइरस फरकफरक रहेको विश्व स्वास्थ संगठनको आइतबार जारी विज्ञप्तीमा उल्लेख छ। कोरोनाभाइरसले मानव र जनावरको स्वासप्रस्वासमा संक्रमण गर्छ। तर अध्ययनकर्ताले अहिले अस्तिŒवमा रहेका भाइरसबाटै कोरोनाभाइरस उत्पत्ति भएको हो वा जनावरमा भएको संक्रमणबाट मानवमा सरेको हो पत्ता लगाउन सकेका छैनन्।

यो महिनामा मात्रै साउदी अरेबियामा कोरोनाभाइरस संक्रमणबाट मर्नेको संख्या १५ पुगेको छ। तीमध्ये पछिल्लो संक्रमणबाट नौ जनाको मृत्यु भएको छ। जोर्डन, कतार, बेलायत, फ्रान्समा दुई–दुई जना र संयुक्त अरब इमिरेट्समा एक जनामा कोरोनाभाइरस संक्रमण भएको छ। भाइरस संक्रमितमध्ये अधिकांस पुरुष रहेका र २४ देखि ९४ वर्षबीचका छन्।
भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...

मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षौं लम्बिएका इराक र अफगानिस्तान युद्ध र आर्थिक कठिनाइबाट अमेरिका बाहिर निस्केको दाबी गरेका छन्। ओबामाले मंगलबार अमेरिकी संसदको संयुक्त सभामा आफ्नो वार्षिक 'स्टेट अफ युनियन'...

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ। साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ...

किन भयो राजापाक्षेको पराजय?

किन भयो राजापाक्षेको पराजय?

कोलम्बो– पृथक्तावादी तमिल टाइगर्स लडाकु संगठन लिट्टेलाई पराजित गरी २५ वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेका श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको एक दशक लामो शासन समाप्त भएको छ। पदावधि सकिनुअघि नै तेस्रोपल्ट...

पाक संसद सैनिक अदालतको पक्षमा

पाक संसद सैनिक अदालतको पक्षमा

इस्लामाबाद– पाकिस्तानको संसदले संदिग्ध उग्रवादी लडाकुमाथि मुद्दा चलाउन मंगलबार सैनिक अदालत गठनको पक्षमा मतदान गरेको छ। संसदका दुवै सदन तल्लो र माथिल्लोबाट सैनिक अदालत गठनसम्बन्धी विधेयक दुई तिहाई मतबाट पारित...

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

गुआङ्गजोउ- दक्षिणी चीनको गुआङ्गडोङ्ग प्रान्तमा बुधबार बिहान एक कारखानामा भएको ग्यास विस्फोटमा परी १७ व्यक्तिको मृत्यु भएको छ। सो घटनामा अन्य ३३ जना कामदार घाइते भएका स्थानीय अधिकारीले जनाए।

जहाज समुद्रमा खसेको आशंका

जहाज समुद्रमा खसेको आशंका

जकार्ता– इन्डोनेसियाली अधिकारीले एयर एसियाको आइतबार बेपत्ता जहाज समुद्रमा खसेको आशंका गरेका छन्। उडान क्युजेड८५०१ को बेपत्ता जहाजको खोजीमा संलग्न वरिष्ठ अधिकारी बेमबेङ सोलिस्तियोले सोमबार प्रारम्भिक जानकारीका आधारमा जहाज समुद्रमा खसेको...