निर्वाचन आयोग पारदर्शी भएनः इयू

निर्वाचन आयोग पारदर्शी भएनः इयू

युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले निर्वाचन आयोग पारदर्शी नभएको आरोप लगाएको छ। ३.५ मिलियन युरो खर्च गरिएको झन्डै पाँच महिना...

फागुन ५ गतेसम्म अन्तिम परिणाम

निर्वाचन आयोगले आगामी फागुन ५ गतेभित्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने तयारी गरेको छ । राष्ट्रियसभाको बुधबार भएको निर्वाचनको...

प्रदेश २ का विजयी सांसदलाई प्रमाणपत्र वितरण

प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका सदस्यहरुलाई बुधवार प्रमाणपत्र वितरण गरियो।प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय...

राष्ट्रियसभा निर्वाचन : प्रदेश ७ मा मतगणना शुरु

राष्ट्रियसभा निर्वाचन : प्रदेश ७ मा मतगणना शुरु

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा मतगणना शुरु भएको छ। डोटी जिल्ला अदालतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना शुरु...

प्रदेश ४ मा किरियापुत्रीले गरे मतदान

प्रदेश ४ मा किरियापुत्रीले गरे मतदान

बुधबार, २४ माघ २०७४

प्रदेश ४ मा भइरहेको राष्ट्रियसभा निर्वाचनमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न किरियापुत्रीकै भेषमा पोखरा आएका थिए । आमाको निधनपछि उनी हिन्दु संस्कार बमोजिम किरिया बसेका थिए।

राष्ट्रिय सभा उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

राष्ट्रिय सभा उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

आइतबार, १४ माघ २०७४

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली अाइतवार अपरान्ह प्रकाशन गर्दैछ ।

स्थानीय तहका उम्मेदवारले बुझाएनन् खर्च विवरण

बिहिबार, ११ माघ २०७४

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले निर्वाचन खर्च विवरण अझै पनि बुझाएका छैनन्।  निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरूले अझै खर्च विवरण नबुझाएका हुन् । स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले खर्च विवरण बुझाएका छैनन्।

गुल्मीमा जित्नेको भन्दा हार्नेकोे निर्वाचन खर्च बढी

बिहिबार, ११ माघ २०७४

गुल्मीमा २१ मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जित्नेको भन्दा हार्ने उम्मेदवारको निर्वाचन खर्च बढी देखिएको छ । गुल्मीमा दुई प्रतिनिधि तथा चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५२ जनाको उम्मेदवारी परेको थियो । उनीहरूले निर्वाचन सकिएको मितिले ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था रहेको छ।

कोमल वलीलाई समेट्दै एमालेले छान्यो राष्ट्रिय सभाका १३ उम्मेदवार

सोमबार, ०८ माघ २०७४

नेकपा एमालेको स्थायी समिति बैठकले प्रदेश ५, ६ र ७ बाट राष्ट्रिय सभाका उम्मेदवार छानेको छ । माओवादी केन्द्रसँग साझेदारी गरेको एमालेले यी तीन प्रदेशबाट १३ जना उम्मेदवार छनौट गरेको छ । बाँकी प्रदेशका उम्मेदवार एमालेले सार्वजनिक गरेको छैन ।

२ हजार ५६ मतदाता

सोमबार, ०८ माघ २०७४

आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत राष्ट्रियसभामा मतदान गर्न पाउने प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ५६ मतदाताको नामावली सार्वजनिक गरेको हो।

चिनौ प्रदेश प्रमुखलाई, को के थिए?

चिनौ प्रदेश प्रमुखलाई, को के थिए?

बुधबार, ०३ माघ २०७४

सात प्रदेश प्रमुख मध्ये नेपाली कांग्रेसको सिफारिसमा पाँच जना र मधेसी दलको सिफारिसमा दुई जना परेका छन् । कांग्रेसको सिफारिसमा पर्नेहरुमा प्रदेश १ का गोविन्द सुब्बा, ३ का अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ६ का दुर्गा खनाल र ७ का मोहनराज मल्ल हुन् । संघीय समाजवादी फोरमको सिफारिसमा प्रदेश २ का रत्नेश्वरलाल कायस्थ र राष्ट्रिय जनता पार्टीको सिफारिसमा उमाकान्त झा प्रदेश प्रमुख तोकिएका हुन् ।

पाँच ठूला दलसँग आयोगले परामर्श गर्दै

पाँच ठूला दलसँग आयोगले परामर्श गर्दै

मङ्गलबार, ०२ माघ २०७४

निर्वाचन आयोगले मंगलवार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच शीर्ष दलका नेताहरुसँग छलफल गर्दैछ । आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा पाँच दलका नेताहरुसँग छलफल गर्न लागेको हो ।

पौडेलको मुद्दामा कागजपत्र पेश गर्न सर्वोच्चको आदेश

पौडेलको मुद्दामा कागजपत्र पेश गर्न सर्वोच्चको आदेश

बुधबार, १९ पुष २०७४

नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले पुनः मतदानको माग गर्दै दर्ता गरेको रिटको विषयमा सर्वोच्चले मतपत्र तथा मुचुल्कासहितका कागजपत्र इजलाशमा पेश गर्न निर्देशन दिएको छ।

तीन उम्मेदवारले मात्रै बुझाए खर्च विवरण

सोमबार, १७ पुष २०७४

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ उम्मेदवारमध्ये तीनजनाले मात्रै खर्च विवरण पेश गरेका छन्।  निर्वाचनको मतपरिणाम प्रकाशन भएको तीन साताभन्दा पनि बढी बितिसक्दासमेत अझै नौ उम्मेदवारले खर्च विवरण पेश गर्न बाँकी छ।

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

आइतबार, १६ पुष २०७४

निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

बिहिबार, १३ पुष २०७४

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आज आह्वान गरेको छ ।

रेशम चौधरीले वारेस मार्फत प्रमाणपत्र नपाउने

रेशम चौधरीले वारेस मार्फत प्रमाणपत्र नपाउने

आइतबार, ०९ पुष २०७४

प्रतिनिधिसभा सदस्य विजयी रेशम चौधरीले वारेसमार्फत जितेको प्रमाणपत्र नपाउने भएका छन् । सर्वोच्च अदालतले अभियोग लागेको व्यक्तिले सफाई नलिएकाले प्रमाणपत्र लिन नपाउने निर्णय गरेको छ । वारेसमार्फत जितेको प्रमाणपत्र पाउनुपर्ने रिट दरपीठ गर्ने यसअघिको निर्णयलाई पनि अदालतले सदर गरेको छ । चौधरी २०७२ भदौ ७ गतेको टिकापुर घटनाको मुख्य अभियुक्त हुन् ।

प्रदेश सभामा समानुपातिक तर्फको सिट बाँडफाँट सार्वजनिक

प्रदेश सभामा समानुपातिक तर्फको सिट बाँडफाँट सार्वजनिक

शुक्रबार, ०७ पुष २०७४

निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको परिणाम अनुसार प्रदेश नम्बर १ मा एमालेले १५, कांग्रेस १३ र माओवादीले ५ सिट ल्याएका छन्। यस्तै संघीय समाजवादी फोरमले २, राप्रपाले १ र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गरेका छन्।

पूर्वी पहाडमा पहिचानवादी दलको जोगिएन जमानत

पूर्वी पहाडमा पहिचानवादी दलको जोगिएन जमानत

शुक्रबार, ०७ पुष २०७४

पूर्वीपहाडमा जातीय स्वायत्तता र पहिचानका लागि भन्दै आन्दोलन चर्काएका दल चुनावैपिच्छे झन्–झन् सानो आकारमा खुम्चिँदै गएका छन् । संघीयता र जातीय पहिचान मुख्य एजेन्डा बनाएका दलहरूले देशमा संघीयता कार्यान्वयनकै लागि भएको प्रदेशसभा निर्वाचनमा चाहिँ जमानतसमेत गुमाएका छन् ।

‘म समानुपातिकमा पर्छु ?’

‘म समानुपातिकमा पर्छु ?’

बिहिबार, ०६ पुष २०७४

विभिन्न दलका समानुपातिकतर्फका ९ जना उम्मेदवार सोमबार निर्वाचन आयोगको समानुपातिक एकाइमा पुगे । उनीहरू आफू सांसद बन्न पाइन्छ या पाइँदैन भन्ने जिज्ञासा लिएर त्यहाँ पुगेका थिए । एकाइका कर्मचारीसँग उनीहरूले एकएक गरी सोधे, ‘समानुपातिकमा म पर्छु कि पर्दिनँ ? महिला नै चाहिने हो र ? क्रमसंख्या तलमाथि गर्न पाइन्छ कि पाइँदैन ?’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।