‘वैशाख ३१ मै निर्वाचन निश्चित’

‘वैशाख ३१ मै निर्वाचन निश्चित’

बुधबार, ०६ बैशाख २०७४

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन गन्तव्य (डेस्टिनेसन) मा पुग्ने बेलामा मिति पछि नसर्ने प्रस्ट पारेका छन् ।

मेयर र उपमेयरमा दावी गर्न कार्ययोजना अनिवार्य

सोमबार, ०४ बैशाख २०७४

आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङका दलले योग्य र प्रभाव राख्न सक्ने उम्मेदवार छानिरहेका छन् । योग्य उम्मेद्वारमार्फत आफ्नो जीत सुनिश्चितताका लागि अधिकांश दलहरू आन्तरिक अभ्यासमा रहेका समय नेकपा एमाले खोटाङले भने रुपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरमा दावी गर्ने उम्मेद्वारले अनिवार्य भिजन’ पेश गर्नुपर्ने मापदण्ड बनाएको छ ।

भक्तपुरमा उम्मेद्वार छान्दै दलहरू

सोमबार, ०४ बैशाख २०७४

स्थानीय निकायको निर्वाचन नजिकिएसँगै भक्तपुरका राजनीतिक दललाई उम्मेदवार छान्न भ्याइनभ्याई भएको छ । दलहरु वडा वडाबाट उम्मेदवारको नामावली सङ्कलन गर्दै जिल्लामा पठाउने काम व्यस्त छन् ।

बुढेसकालमा भोट हाल्ने रहर

बुढेसकालमा भोट हाल्ने रहर

सोमबार, ०४ बैशाख २०७४

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाकी ८२ वर्षीय वृद्धा गोमा दाहालले भोट नहालेको १९ वर्ष नाघिसक्यो । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा भोट हाल्न जाँदा उनी ६३ वर्षकी थिइन् । उसबेला उनलाई हिँडडुल गर्न लट्ठीको साहरा लिनु पर्दैनथ्यो । तर, त्यसपछिको निर्वाचन कुर्दा कुर्दै दाहाल वृद्धावस्था र लट्ठी टेक्ने अवस्थामा पुगिसकिन् । २०५४ सालमा सँगै भोट हालेका उनका कतिपय दौंतरीहरू बितिसकेका छन् ।

तोकिएकै मितिमा निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

तोकिएकै मितिमा निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

सोमबार, ०४ बैशाख २०७४

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् ।

कास्कीमा प्रमुख तीन दलबीच नै कडा प्रतिस्पर्धा

शुक्रबार, ०१ बैशाख २०७४

आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीका तीन प्रमुख राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दलित महिला उम्मेदवार खोज्दै दलहरु

शुक्रबार, ०१ बैशाख २०७४

स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनुपर्ने प्रावधान भए पनि केही राजनीतिक दललाई दलित उम्मेदवार भेट्टाउनै मुस्किल परेको छ । १० वटा स्थानीय तहमा रहेको इलाममा ८१ वडा छन् ।

गोरखामा छ दलले चुनाव लड्न नपाउने

गोरखामा छ दलले चुनाव लड्न नपाउने

शुक्रबार, ०१ बैशाख २०७४

जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् ।

निर्वाचनको पर्खाइमा धादिङवासी

बिहिबार, ३१ चैत २०७३

गाउँ, टोल, बस्ती र बजारमा अहिले स्थानीयवासीको दिन स्थानीय तहको निर्वाचनको चर्चा परिचर्चामा नै बित्ने गरेको छ ।

निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

बिहिबार, ३१ चैत २०७३

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु

बिहिबार, ३१ चैत २०७३

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धादिङले कार्यकर्ता र मतदाता स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु गरेको छ ।

महिला आंकाक्षीलाई  विस्थापित गर्दै सिनियर उम्मेद्वार

बुधबार, ३० चैत २०७३

वारबर्दिया नगरपालिकामा माओवादी केन्द्रकी मेयर आकांक्षी महिला अञ्जु दहित चुनावको मिति नजिकिदै गर्दा पाका उम्मेद्वार पनि एकाएक आकांक्षी भइदिँदा दुखित भएकी छिन्।

मेयर र अध्यक्षमा महिलाको कम, युवाको चर्चा बढी

मेयर र अध्यक्षमा महिलाको कम, युवाको चर्चा बढी

सोमबार, २८ चैत २०७३

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा पाल्पाका विभिन्न गाउँमा स्थानीय नेताकार्यकर्ताको भिड लाग्न थालेको  छ । चुनाव नजिकिएसँगै युवाहरूलाई विभिन्न पार्टीमा प्रवेश गराउने  होड नै चल्न थालेको छ ।

पाल्पामा ६३ हजार मतदाता थपिए

आइतबार, २७ चैत २०७३

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पाल्पामा ६३ हजार मतदाता थपिएका छन्।

निर्वाचन सामान्य परिघटना होइन : सभामुख घर्ती

निर्वाचन सामान्य परिघटना होइन : सभामुख घर्ती

आइतबार, २७ चैत २०७३

सभामुख ओनसरी घर्तीमगरले तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताएकी छिन् । संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष भनेकै निर्वाचन हो, नेपाल रेडक्रस केन्द्रीय सभाको ४६ आैँ महाधिवेशनलाई सम्बोधन गर्दै सभामुख घर्ती भनिन्, ‘स्थानीय तहको निर्वाचनले मात्र उत्पीडित पिछडिएको वर्ग मधेसी थारु लगायतका समुदायलाई न्याय दिलाउँछ ।

‘प्रमुखमा उठ्ने मन छ तर पार्टीले उपप्रमुखमा उठ् भन्छ’

आइतबार, २७ चैत २०७३

झापाको मेचीनगरका महिला नेतृले नगरप्रमुखमा उम्मेदवारी दिने पवल इच्छा जनाए पनि आफू सम्बद्ध राजनीतिक दलले भने उपप्रमुखमा मात्र उम्मेदवार बन्न दबाब दिएको गुनासो गरेका छन् ।

तोकिएकै मितिमा निर्वाचन हुन्छ : नेता सिंह

शनिबार, २६ चैत २०७३

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

सरकारबाट 'असहयोग', प्रदेश २ मा निर्वाचन आयोग आफैंले तयारी बढाउने

सरकारबाट 'असहयोग', प्रदेश २ मा निर्वाचन आयोग आफैंले तयारी बढाउने

शनिबार, २६ चैत २०७३

स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा अनुकूल वातावरण बनाउन सरकारले नै असहयोग गरेको ठहर गर्दै निर्वाचन आयोगले आफ्नै हिसाबले तयारी अघि बढाउने भएको छ।

निर्वाचनमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको माग

शुक्रबार, २५ चैत २०७३

अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । तर महिला प्रतिनिधित्वका सवालमा भने खासै चर्चा भएको पाइएको छैन ।

प्रदेश-१ को नगर 'आकांक्षी' मा हानथाप

प्रदेश-१ को नगर 'आकांक्षी' मा हानथाप

बिहिबार, २४ चैत २०७३

प्रदेश–१ अन्तर्गत कोसीका पहाडी र तराईका जिल्लामा नगरपालिका निर्वाचनका लागि उम्मेदवार बन्न मुख्य दलभित्रै हानथाप सुरु भएको छ। धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, सुनसरी, मोरङ र सुनसरीमा कांग्रेस, एमाले र माओवादी केन्द्रका तर्फबाट मुख्य पदमै दर्जनौं आकांक्षी देखिएका छन्।