जवाहरलाल नेहरुसँग जब गच्छदारले गरे आफ्नो तुलना [भिडियो]

जवाहरलाल नेहरुसँग जब गच्छदारले गरे आफ्नो तुलना [भिडियो]

मङ्गलबार, ०४ पुष २०७४

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग तुलना गरेका छन्। हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हुँदै गच्छदारले अपराजित यात्रा जारी राखेका छन्। सोही सन्दर्भमा उनले भारतीय नेता जवाहरलाल नेहरु र राम मनोहर लोहियासँग तुलना गरेका हुन्।

लालबाबुको चुनाव खर्च १३ लाख १६ हजार

लालबाबुको चुनाव खर्च १३ लाख १६ हजार

मङ्गलबार, ०४ पुष २०७४

मोरङ निर्वाचन क्षेत्र ६ बाट कांग्रेस उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका एमाले नेता लालबाबु पण्डितले चुनाव प्रचारका क्रममा जहिल्यै पनि ‘अभावपूर्ण’ खानपिन र हिँडडुल गरे ।

माओवादी केन्द्रीय समिति बैठक जारी, पार्टी एकता र चुनाब समीक्षा मुख्य एजेन्डा

माओवादी केन्द्रीय समिति बैठक जारी, पार्टी एकता र चुनाब समीक्षा मुख्य एजेन्डा

सोमबार, ०३ पुष २०७४

माओवादी केन्द्र केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी एकता र चुनाब समीक्षा हुने स्रोतले जनायो।

प्रदेश–६ : एमालेबिना सरकार गठन ‘गाह्रो’

सोमबार, ०३ पुष २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक नतिजा सार्वजनिक भएसँगै ६ नम्बर प्रदेशमा सरकार गठनको रस्साकस्सी सुरु भएको छ । प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरेर ४० सदस्यीय प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नहुने भएको छ ।

दल बदल्दै निर्वाचन जित्दै

सोमबार, ०३ पुष २०७४

कपिलवस्तु–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका बृजेश गुप्ताको यो चौथो विजय हो । तर यी सबै विजय एउटै दलको उम्मेदवारका रुपमा भने भएका होइनन् । २०५६ सालमा विद्युत् प्राधिकरणको इन्जिनियरबाट राजीनामा दिएर राजनीतिमा होमिएका गुप्ताले चुनावी नतिजालाई आफ्नो पक्षमा पार्न पार्टी बदल्दै मैदानमा उत्रेका छन् । पार्टी फेर्दै चुनावमा भिडेका उनका लागि सधैं जित हात लागेको छ ।

समानुपातिकमा १० लाख मत खेर गयो

समानुपातिकमा १० लाख मत खेर गयो

सोमबार, ०३ पुष २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ करिब १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त मत खेर गएको हो ।

सर्लाहीमा राजपा पहिलो, कांग्रेस दोस्रो

आइतबार, ०२ पुष २०७४

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत सर्लाहीमा समानुपातिकतर्फ सबैभन्दा बढी मत राजपाले प्राप्त गरेको छ। आईतबार दिउँसो सम्पन्न गणना अनुसार सर्लाहीमा प्रतिनिधि सभा र पदेश सभा दुवै तर्फ राजपाले अग्रस्थान हाँसिल गरेको हो।

पदमा भन्दा देशका समस्यामा ध्यान छ: अध्यक्ष ओली

पदमा भन्दा देशका समस्यामा ध्यान छ: अध्यक्ष ओली

आइतबार, ०२ पुष २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान पदमा भन्दा देशमा रहेका समस्यमा रहेको बताएका छन्। वाम गठवन्धनले राजधानीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले यतिबेला निर्वाचन पछिको परिणाममा भएको समयमा पनि सरकारले विभिन्न गतिविधि गरेकोमा आपत्ति जनाए।

सकियो समानुपातिकको मतगणना

आइतबार, ०२ पुष २०७४

प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएको छ । मत गणना सकिएसँगै समानुपातक तर्फ पनि एमाले नै पहिलो पार्टी बन्न सफल भएको छ । निर्वाचन आयोगको अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत  प्राप्त गरेको छ।

काभ्रेमा ४६ जनाको जमानत जफत

आइतबार, ०२ पुष २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ।  प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा पाँच जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा आठ जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा नौ जना, प्रतिनिधिसभा क्षेत्र नं २(क) मा पाँच जना र प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा छ जनाको जमानत जफत भएको हो।

प्रदेश सरकारको संरचना तयार

आइतबार, ०२ पुष २०७४

६ नम्बर प्रदेशको प्रस्तावित राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका संसद्का लागि आवश्यक तयारी सुरु भएको छ । क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश व्यवस्थापिका संसद्, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका लागि आवश्यक संरचनाको व्यवस्थापन सुरु गरेको हो ।

प्रदेश ७ : थारू समुदायका ७ निर्वाचित

आइतबार, ०२ पुष २०७४

प्रदेश ७ मा प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ थारू समुदायका ७ जना निर्वाचित भएका छन् । कञ्चनपुरबाट १ र कैलालीबाट ६ जना चुनिएका हुन् । निर्वाचित हुनेमा प्रतिनिधिसभा सदस्यमा ३ र प्रदेशसभा सदस्यमा ४ जना छन् ।

सिटौलामाथि अपजसको भारी

सिटौलामाथि अपजसको भारी

शुक्रबार, २९ मङि्सर २०७४

झापाबाट उदाएर कांग्रेसभित्र प्रभावशाली छवि र स्थान बनाएका नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको निर्वाचन बिर्सनलायक रह्यो। उनी आफै त हारे नै, गृहजिल्लाका अन्य उम्मेदवारको हारको अपजस पनि उनकै थाप्लोमा आइलागेको छ।

सिन्धुपाल्चोकमा ४३ उम्मेदवारको जमानत जफत

शुक्रबार, २९ मङि्सर २०७४

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाहेक अरु कसैले जमानत जोगाउन सकेनन् । ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएकोमा ४३ जनाको जमानत नै जफत भएको छ।

प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी

शुक्रबार, २९ मङि्सर २०७४

सिन्धुपाल्चोकमा प्रत्यक्षको तुलनामा समानुपातिक चुनावमा तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा ७ दशमलव ३३ प्रतिशत मत बदर भएकोमा समानुपातिकमा भने १० दशमलव ९६ प्रतिशत भोट बदर भएको पाइएको हो ।

मतपत्रमा ल्याप्चे र धेरै छाप

मतपत्रमा ल्याप्चे र धेरै छाप

शुक्रबार, २९ मङि्सर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचनप्रणाली दुवैतर्फ गरी ३१ हजार १ सय ६९ मत बदर भएको छ। सबैभन्दा बढी प्रदेशको समानुपातिकमा १३ हजार ४ सय ६८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ताप्लेजुङमा १७ जनाको जमानत जफत

शुक्रबार, २९ मङि्सर २०७४

ताप्लेजुङमा प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार रहेका २३ मध्ये १७ जनाको जनामत जफत भएको छ। बिजयी र निकटतम् प्रतिद्धन्दी बाहेक सबै अरु सबैको जनामत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बाँकेमा समानुपातिकतर्फ काँग्रेस पहिलो

शुक्रबार, २९ मङि्सर २०७४

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा कमजोर बनेको नेपाली काँग्रेस समानुपातिकतर्फ भने बाँकेमा पहिलो भएको छ । हालै सम्पन्न समानुपातिक मत परिणाम अनुसार नेपाली काँग्रेस पहिलो भएको हो।

कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत

शुक्रबार, २९ मङि्सर २०७४

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ।  कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिए।

बैतडीमा छ उम्मेदवारको धरौटी जफत

शुक्रबार, २९ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका बैतडीका छजनाको धरौटी जफत भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजेता र उपविजेता उम्मेदवारबाहेकका अन्य सबै छजना उम्मेदवारको धरौटी जफत भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।