प्रदेश नम्बर ५ मा  १ लाख ६० हजार मत बदर

प्रदेश नम्बर ५ मा १ लाख ६० हजार मत बदर

शुक्रबार, २९ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच नम्बर प्रदेशमा प्रत्यक्षतर्फ डेढ लाखभन्दा बढी मत बदर भएका छन् । यो प्रदेशका १२ जिल्लामा खसेका कुल १७ लाखभन्दा बढी मतमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १ लाख ६० हजार ४ सय ४४ मत बदर भएको सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ । कुल बदर मतमध्ये प्रतिनिधिसभा र प्रदेशसभाको बदर मत झन्डै पचास÷पचास प्रतिशतको हाराहारीमा छ ।

हो, म नै हो मुख्यमन्त्री : शेरधन राई

हो, म नै हो मुख्यमन्त्री : शेरधन राई

शुक्रबार, २९ मङि्सर २०७४

सप्तकोशी नदीको प्रदेश भन्नेबित्तिकै ठूला नदीनालाहरू यहीँ पर्छन् र कुल जलविद्युत् उत्पादन क्षमताको एक तिहाइभन्दा बढी क्षमता हामीसँग छ । उत्तर चीन र दक्षिण भारतसँगको सिधा नाका सम्बन्ध प्रदेश नं १ ले राख्छ । हामी सडक सञ्जालको माध्यमबाट एकै दिनमा चीन, भारत, बंगलादेश र भुटान लगायतका देशहरूसँग जोडिन सक्छौँ ।

प्रदेश ७ मा प्रत्यक्षतर्फ थारु समुदायबाट ७ जना निर्वाचित

बिहिबार, २८ मङि्सर २०७४

प्रदेश नम्बर ७ मा थारु समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष तर्फ ७ जना निर्वाचित भएका छन्। कंचनपुरबाट १ र कैलालीबाट ६ जना गरी ७ जना निर्वाचित भएका हुन्। प्रतिनिधि सभा सदस्यमा ३ र प्रदेश सभामा ४ जना विजयी भएका हुन्। करिब ४० प्रतिशत थारु रहेको कैलालीमा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ चुनाव जित्नेमा थारु उम्मेवारको वाहुल्यता रहेको छ।

इलामको समानुपातिकमा एमाले पहिलो

बिहिबार, २८ मङि्सर २०७४

समानुपातिकतर्फ इलामका दुवै प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सकिएको छ। अन्तिम नतिजा अनुसार नेकपा एमाले सबै क्षेत्रमा सबैभन्दा ठूलो दल भएको छ।

समानुपातिक तर्फ डोटीमा नेपाली कांग्रेस पहिलो

बिहिबार, २८ मङि्सर २०७४

प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत डोटीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार दुबै निर्वाचनमा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ। नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।

चितवनमा समानुपातिकमा एमाले, काँग्रेस, माओवादीपछि विवेकशिल

बिहिबार, २८ मङि्सर २०७४

चितवनमा समानुपातिक तर्फको मत गणना जारी छ। मत गणना आज साँझसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काभ्रेमा आठ हजारभन्दा बढी मत बदर

बिहिबार, २८ मङि्सर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोकमा आठ हजार २९९ (४.३०) प्रतिशत मत बदर भएको छ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा ४ हजार २०० र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार ९९ मत बदर भएको हो।

शक्तिले तोडे ५९ वर्षको चुनावी इतिहास

शक्तिले तोडे ५९ वर्षको चुनावी इतिहास

बिहिबार, २८ मङि्सर २०७४

५९ वर्षको  संसदीय चुनावी यात्रामा कोही पनि व्यक्तिले दोहार्‍याएर चुनाव नजितेको  जाजरकोटको इतिहास माओवादी केन्द्रका नेता शक्तिवहादुर बस्नेतले तोडेका छन्।

समानुपातिकमा एमाले पहिलो

बिहिबार, २८ मङि्सर २०७४

प्रत्यक्षतर्फ एक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य जितेर सिन्धुपाल्चोकमा पहिलो भएको एमाले समानुपातिकमा पनि पहिलो भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई क्षेत्र रहेको जिल्लाबाट एमालेले ३६ दशमलव ८० प्रतिशत मत प्राप्त गरेको छ ।

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

बिहिबार, २८ मङि्सर २०७४

प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ। सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत भएको छ।

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

बिहिबार, २८ मङि्सर २०७४

महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो।

पूर्वसांसदकै जमानत जफत

बिहिबार, २८ मङि्सर २०७४

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोटाङका १३ उम्मेद्वारको जमानत जफत भएको छ । खसेकामध्ये कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा प्रतिनिधिसभातर्फ ८ जना र प्रदेशसभातर्फ ५ उम्मेद्वारको जमानत जफत भएको हो । चुनावी मैदानमा उत्रिएका १९ उम्मेद्वारमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएका वाम गठबन्धनका तीन उम्मेद्वार र निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिकका तीन उम्मेद्वारको मात्र जमानत जोगिएको छ। मंसिर १० गतेको निर्वाचनमा प्रतिनिधिसमातर्फ १० र प्रदेशसभातर्फ ९ उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए ।

इलाम क्षेत्र २ मा एमाले नै पहिलो

बिहिबार, २८ मङि्सर २०७४

इलाम क्षेत्र नम्बर २ को समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको मतगणना सकिएको छ।  नतिजाअनुसार प्रतिनिधिसभातर्फ नेकपा एमाले ३० हजार ६ सय ८१ मतसहित पहिलो भएको छ भने नेपाली कांग्रेसले २४ हजार ६ सय ८६ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रको ४ हजार २२ मत छ । क्षेत्र २ को प्रतिनिधिसभाको समानुपातिकमा ६६ हजार ५ सय मत सदर भएको छ।

यसपटक साँच्चै चुनाव लडेजस्तो भयो : दाहाल (भिडियो)

बिहिबार, २८ मङि्सर २०७४

त्यसकारण मलाई व्यक्तिगत रुपले चुनावको तितो मिठो, त्यसको मर्म भावना मलाई थाहा रहेनछ भन्ने कुरा बल्ल चितवनको लडेपछि बुझेको छु ।रोल्पाको चुनाव लड्दा एउटा सभा गरेर जितियो । काठमाडौमा पनि पहिलो चोटी चुनाव लड्दा एक दुईटा सभा गरेर चुनाव जितियो । सिराहामा पनि मैले त्यस्तो गर्न परेको होइन ।

चुनाव हारेपछि पनि फेरि गाउँमा

बिहिबार, २८ मङि्सर २०७४

थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन्। त्यसो त चुनाव जितेपछि फेरि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप चुनाव जितेका नेतालाई सबैतिर नै हुन्छ। तर यहाँको प्रदेशसभा (ख) क्षेत्रमा प्रत्यक्षतर्फ पराजित बनेका एक नेता हारे पनि फेरि गाउँमा मतदातामाझ पुगेका छन्।

विकसित खोटाङ बनाउने छु : विशाल भट्टराई

विकसित खोटाङ बनाउने छु : विशाल भट्टराई

बिहिबार, २८ मङि्सर २०७४

२०७० सालमा सभाषदमा निर्वाचित भएको चार वर्षपछि जनताले फेरि भारी मतका साथ मलाई अनुमोदन गरेकोमा खुशी छु । खुसीसँगै गम्भीर दायित्वबोध र चुनौती थपिएको महसुस भएको छ । यसबेला जनताले लामो समयपछि प्राप्त गरेको बहुमतको सरकारको सदुपयोग गर्दै मुलुकको सम्ृद्धि र विकासमा ध्यान दिनुपर्ने टड्कारो आवश्यकता छ ।

पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी

पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी

बिहिबार, २८ मङि्सर २०७४

एकदमै खुशी महसुस भइरहेको छ । यसअघि पनि यहाँका जनताले मलाई अवसर दिएका थिए । अझै पनि मलाई जनताले सेवा गर्ने अवसर दिएका छन् । विगतका दिनमा यहाँका जनताको लागि गरेको कामलाई निरन्तरता दिने र आगामी दिनमा अझै जिल्लाको समग्र विकासको लागि कदम चाल्नेछु ।

गोपालमानले आफैँले बनाएको किल्ला गुमाए

गोपालमानले आफैँले बनाएको किल्ला गुमाए

बिहिबार, २८ मङि्सर २०७४

बिपीले कुनैबेला भनेका थिए, ‘कांग्रेस खोज्न स्याङ्जा जानु, संगठन हेर्न र सिक्न पनि ।’ यो भनाइले स्याङजामा कांगे्रसको पकड बलियो, चुस्त र दुरुस्त रहेको धेरैको अनुमान थियो । तर, यो पटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणामले बिपीको त्यो भनाइलाई गलत साबित गरिदियो ।

छानबिन गर्न भगवतीको माग

छानबिन गर्न भगवतीको माग

बिहिबार, २८ मङि्सर २०७४

सुनसरी क्षेत्र नं. ३ मा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित वाम गठबन्धनकी भगवती चौधरीले उच्चस्तरीय समिति गठन गरी निर्वाचनका सम्बन्धमा छानबिन गर्न माग गरेकी छिन् ।

प्रदेश ३ मा मुख्यमन्त्रीका सात आकांक्षी

प्रदेश ३ मा मुख्यमन्त्रीका सात आकांक्षी

बिहिबार, २८ मङि्सर २०७४

प्रदेश नम्बर ३ को प्रदेशसभामा वाम गठबन्धनको दुईतिहाइ बढी स्थानमा जितसँग प्रदेशको पहिलो मुख्यमन्त्री को हुन्छ भन्ने विषयमा चर्चा सुरु भएको छ ।