किन बारम्बार धकेलिन्छ मेलम्ची ?

किन बारम्बार धकेलिन्छ मेलम्ची ?

शुक्रबार, ०७ पुष २०७४

सुरुङ खनिसकेपछि सुरुङको इन्भर्ट अर्थात् भुइँको ढलान, ‘फिनिसिङ’, ‘गेट भेन्टिलेटर’ निर्माण, ‘अप्टिकल फाइबर’ बिछ्याउने, ‘क्लोज सर्किट क्यामेरा’ अर्थात् सिसिटिभी क्यामेरा राख्ने र ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउने काम बाँकी नै रहन्छन् । यी सबै काम सकेपछि मात्र सुरुङमा पानी हाल्न सकिन्छ ।

सडक कालोपत्रे रोकिएको रोकियै

शुक्रबार, ०७ पुष २०७४

सर्वोच्च अदालतले गत असोज २ गते उचित क्षतिपूर्ति दिएर मात्रै सडक विस्तार गर्नुपर्ने फैसला गरेको छ । सडक विभागका महानिर्देशक गोपाल सिग्देलका अनुसार अदालतले उचित मुआब्जा दिएर सडक विस्तार गर्नुपर्ने भने पनि त्यसको पूर्ण पाठ नआउँदा विस्तारको काम अघि बढ्न नसकेको हो।

‘रानीपोखरीको ठेक्का तोडिँदै’

‘रानीपोखरीको ठेक्का तोडिँदै’

शुक्रबार, ०७ पुष २०७४

महानगरपालिकाले ‘वल्र्ड वाइड कँडेल केएन जेभी’सँगको ठेक्का रद्द गर्ने भएको हो । सन्तोषजनक काम नगरेको भन्दैे कम्पनीसँगको ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाले जनाएको छ । कम्पनीले रानीपोखरीको पुनर्निर्माण र सौन्दर्यकरणको जिम्मा पाएको थियो ।

जहाँ जल्नका निम्ति लासलाई एकरात छाडिन्छ

जहाँ जल्नका निम्ति लासलाई एकरात छाडिन्छ

सोमबार, ०३ पुष २०७४

काठमाडौंमा एउटा यस्तो मसानघाट छ, जहाँ लासमा आगो सल्काई मलामी घर फर्कन्छन् । र, भोलिपल्ट मात्र खरानी सेलाउन पुग्छन् ।

किन बनाइन्छ नेवार समुदायको बलेनीमा मण्डला ?

किन बनाइन्छ नेवार समुदायको बलेनीमा मण्डला ?

शुक्रबार, २९ मङि्सर २०७४

उपत्यकाका नेवार समुदायका हरेक घरको मूलढोका अगाडि बलेनी (आँगन) मा मण्डला कुँदिएको ढुंगा राखिएको हुन्छ । ढुंगामा हरेक दिन पूजा गरिन्छ । सूर्य उदाउनुपूर्व र सूर्यास्त हुनासाथ ढुंगामा फूल, अक्षता, जल, रातो तथा पहेलो टीका चढाउने र दियो बाल्ने प्रचलन छ ।

उपत्यकामा अझै पनि राणाकालीन ढल !

उपत्यकामा अझै पनि राणाकालीन ढल !

शुक्रबार, २९ मङि्सर २०७४

काठमाडौं महानगरपालिका वडा– २६ को वडाध्यक्षभएदेखि नै ख्यामराजतिवारीलाई ठमेलवासीको सदावहार गुनासो आउने गर्छ–ढल फुट्यो बनाइदिनुपर्यो । दुई दशकपछि जनप्रतिनिधिपाएका सर्वसाधारण उनलाई बिहानदेखि रातिसम्मढल फुटेको गुनासो गरिरहेका हुन्छन् । ‘कहिलेकाहीँ त ढल जामभयो भनेर राति सुतिरहेकाबेलाफोन गर्छन्,’ उनले भने, ‘हामीमन्त्री, सांसदजस्तो नभएकाले सान्त्वनादिनभएपनि राति नै दौडनुपर्छ ।’

राजाबाट छोरीचेली जोगाउन होचो ढोका

राजाबाट छोरीचेली जोगाउन होचो ढोका

मङ्गलबार, २६ मङि्सर २०७४

‘घर र टोलमा चोर प्रवेश नगरोस्, राजाहरू स्थानीयको टोलमा प्रवेश नगरून् र बाहिरको हल्ला घरभित्र नछिरोस् भन्नका निम्ति यसो गरिएको हो।’ - संस्कृतिविद्, सत्यमोहन जोशी

‘विकासको नाममा प्रकृति दोहन गर्‍यौँ’

‘विकासको नाममा प्रकृति दोहन गर्‍यौँ’

शुक्रबार, १५ मङि्सर २०७४

विदेशी सहर सुन्दर छन् । त्यहाँ विकास छ तर प्रकृति दोहन गरिएको छैन । हाम्रोमा सहरको विकासका नाममा हरियाली मासिन्छ । रूख–बिरुवा काटिन्छ । तर, विदेशमा एउटा बिरुवा काट्दा दुईटा बिरुवा रोपिन्छ ।

आयो योमरीको पर्व

आयो योमरीको पर्व

शुक्रबार, १५ मङि्सर २०७४

इन्द्रचोकमा रहेको आकाश भैरवको चुरा पसलको गल्लीभित्र छ, सुरेश महर्जनको नेवारी खाजाघर । उनको पुरानो घरको तल्लो तलामा रहेको साधारण खालको खाजाघर बारा, समयबजी र योमरीका लागि प्रसिद्ध छ । नेवारी खाजा खाने धेरैको गन्तव्य बनेको छ, उनको पसल।

‘हेविवेट’को भिडन्तले प्रतिष्पर्धा रोचक

शुक्रबार, १५ मङि्सर २०७४

काडमाडौं क्षेत्र नम्बर ५ मा ‘हेविवेट’ उम्मेदवारको भिडन्तले प्रतिष्पर्धा रोचक बनेको छ ।  यस क्षेत्रबाट कांग्रेसबाट नेता प्रकाशशरण महत, वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल चुनावी मैदानमा छन् । महत विगतमा कांग्रेसको विजयीयात्रालाई निरन्तरता दिने दाबी गर्छन् । ०६४ र ०७० को चुनावमा कांग्रेस जितेकाले यस पटक पनि यो क्षेत्र आफूले जित्नेमा उनी ढुक्क भएका हुन् । यता नेकपा एमालेका महासचिव पोखरेल वाम गठबन्धनपछि स्थिति बलियो भएको दावा गर्छन् । उनी यो क्षेत्रबाट विजययात्रा सुरुवात गर्न आतुर छन् ।

‘चुनावपछि घोषणापत्रै बिर्सन्छन् नेता’

शुक्रबार, १५ मङि्सर २०७४

काठमाडौंको जैशीदेवलका सुरेन्द्रकुमार क्षेत्रीलाई चुनावका बेला नेताले बाँड्ने ठुल्ठूला आश्वासनको मतलब छैन । उनलाई आफ्नो टोलको जैशीदेवल मन्दिर चाँडै पुनर्निर्माण भइदिए हुन्थ्यो भन्ने चिन्ता छ । अरू आश्वासन बाँड्नुको साटो साढे दुई वर्षअघिको भूकम्पले भत्काएको मन्दिर पुनर्निर्माण गर्नेलाई भोट दिने सुरुमा छन् उनी।

‘पञ्च आउँथे घोडामा, कांग्रेस–कम्युनिस्ट लुकिलुकी’

‘पञ्च आउँथे घोडामा, कांग्रेस–कम्युनिस्ट लुकिलुकी’

शुक्रबार, १५ मङि्सर २०७४

काभ्रेको धुलिखेल खर्पु स्थायी घर भएका राधाकृष्ण श्रेष्ठ हाल कोटेश्वरमा बस्छन् । ८२ वर्षीय उनी एकाबिहानै कोटेश्वर महादेवस्थान मन्दिर वरपर ‘मोर्निङ वाक’का लागि निस्कन्छन्।  ‘मर्निङ वाक’मा उनकै उमेर समूहका अरू वृद्ध पनि भेट हुन्छन् । कसरतका लागि निस्केका उनीहरू मन्दिरलाई दुई–चार फन्को लगाएपछि आफ्ना दौतरीसँग राजनीतिक गफमा मस्त हुन्छन्।

ऊ बेलाको भोट

ऊ बेलाको भोट

शुक्रबार, १५ मङि्सर २०७४

भक्तपुर कमलविनायकका खड्गप्रसाद काफ्ले (८४) नेपालको पहिलो संसदीय निर्वाचन (वि.सं. २०१५) मै भोट हाल्न पाउने मतदाता हुन् ।  पहिलो भोट खसाल्दा उनी २५ वर्षका थिए । उमेर परिपक्व भए पनि उनी त्यति राजनीतिक कुरा बुझ्दैनथे । उनलाई सम्झना भएअनुसार, त्यसबेला नेपाली कांग्रेस, किसान संघ, प्रजापरिषद् र नेपाल राष्ट्रवादी गोर्खा परिषद् नाम गरेको पार्टीका कार्यकर्ता भोट माग्न आएका थिए।

‘नेताले नै सहरको विकास गर्न सकेनन्’

‘नेताले नै सहरको विकास गर्न सकेनन्’

सोमबार, ११ मङि्सर २०७४

अधिकांस मानिसलाई जहाँ आफू जन्मे–हुर्केको छ त्यही ठाउँ नै प्यारो लाग्छ । मेरो जन्म काठमाडौंमै भएको हो । सानैदेखि मैले उपत्यकालाई चिन्न पाएँ । यहाँको हावापानी र प्रकृतिसँग वाल्यकालदेखि नै रमाउन सिकें । काठमाडौंको ऐतिहासिक क्षेत्र पशुपति मलाई ज्यादै मनपर्छ । यहाँ नेपालकै नभएर सारा भुगोलका मानिसहरु आउँछन् । सहरभित्रको एक भिन्न धार्मिक क्षेत्र हो पशुपति ।

उपत्यकाका उम्मेदवारले कसरी जुटाउँदै छन् चुनावखर्च ?

उपत्यकाका उम्मेदवारले कसरी जुटाउँदै छन् चुनावखर्च ?

सोमबार, ११ मङि्सर २०७४

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि उम्मेदवारले निश्चित रकम खर्च गर्न पाउने सीमा तोकेको छ । आयोगले प्रतिनिधिसभा उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिदिएको छ भने प्रदेशसभा उम्मेदवारका लागि १५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ ।

टोली खटाएरै सामाजिक सञ्जालमा प्रचार

सोमबार, ११ मङि्सर २०७४

पुराना पार्टीले पनि सामाजिक सञ्जाललाई चुनावी प्रचारको माध्यम बनाएका छन् । नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल, नेकपा एमाले र माओवादी केन्द्रसहित वाम गठबन्धनमा आबद्ध दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टीलगायतले पनि अहिले सामाजिक सञ्जालमार्फत प्रचार तीव्र पारेका छन् ।

‘जेब्राक्रसिङ खुइलिसक्यो, सडक बनाउने गफ गर्छन्’

‘जेब्राक्रसिङ खुइलिसक्यो, सडक बनाउने गफ गर्छन्’

सोमबार, ११ मङि्सर २०७४

बालाजुको भाटभोटेनीनजिकै विमला भण्डारीको खाजा पसल छ । विभिन्न पार्टीका उम्मेदवार उनको पसलमा भोट माग्न आइसकेका छन् ।

‘नेपाललाई प्रकृतिले सिँगारेको छ’

‘नेपाललाई प्रकृतिले सिँगारेको छ’

शुक्रबार, ०८ मङि्सर २०७४

मलाई हाम्रै देशका सहर प्यारो लाग्छ । यहाँको जस्तो प्राकृतिक सौन्दर्य अन्तका सहरमा पाइँदैन । नेपालका सहरमध्ये पोखरा धेरै राम्रो लाग्छ । त्यस्तै, झापा र इलाम पनि मलाई मनपर्ने ठाउँ हुन् । यी सहरको बेग्लैखाले विशेषताले धेरैको ध्यान तान्छ।

इन्द्रेणी मःमः

इन्द्रेणी मःमः

शुक्रबार, ०८ मङि्सर २०७४

पिठोमा थोरै खाद्य रङ हालेर रेन्बो मःमः बनाइन्छ । अहिले त उनको यो रेस्टुरेन्ट रेन्बो मःमःका लागि चर्चित भइसकेको छ । मःमःका कुनै पनि भेराइटीलाई रेन्बो स्टाइलमा बनाइन्छ ।

‘महिला मुद्दा उठाउनेलाई भोट’

शुक्रबार, ०८ मङि्सर २०७४

उपत्यकाका महिला मतदाता उम्मेदवारका खोक्रा आश्वासन र अजेन्डाका भरमा भोट नहाल्ने बताउँछन् । उम्मेदवारले पहिले वाचा गरेका प्रतिबद्धता पूरा गरे÷नगरेको सोध्ने बेला आइसकेको उनीहरूको तर्क छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।