महिलामैत्री शौचालय निर्माण अभियान सुरु गराैं : मन्त्री मगर

महिलामैत्री शौचालय निर्माण अभियान सुरु गराैं : मन्त्री मगर

खानेपानी मन्त्री बिना मगरले सार्वजनिक शौचालयलाई महिलामैत्री बनाउन अभियान सुरु गर्नुपर्ने बताएकी छन्। ...

गगनको प्रश्न– ‘प्रधानमन्त्रीज्यू समृद्धि र विकास कसका लागि ?’

गगनको प्रश्न– ‘प्रधानमन्त्रीज्यू समृद्धि र विकास कसका लागि ?’

नेपाली कांग्रेस नेता गगनकुमार थापाले समृद्धि र विकास सबैभन्दा तल्ला वर्गका जनताका लागि लक्षित हुनुपर्ने बताएका छन्। ...

नविनाले विहे खर्च मृगौला पीडितलाई दिइन

नविनाले विहे खर्च मृगौला पीडितलाई दिइन

अनेरास्ववियुकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य नविना लामाले विहे खर्च कटाएर मृगौला पीडितलाई सहयोग गरेकी छन्। ...

नेपाली युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा

नेपाली युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा

उत्तरी छिमेकी चीनले नेपाली युवालाई तालिम दिने घोषणा गरेको छ। विहीबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि चिनियाँ...

‘एमाले-माओवादीका नेता कार्यकर्ताबीच विश्वासको वातावरण हुनुपर्छ’

‘एमाले-माओवादीका नेता कार्यकर्ताबीच विश्वासको वातावरण हुनुपर्छ’

बिहिबार, १३ बैशाख २०७५

वाम गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी पार्टी चाँडै एकीकरण हुने ठोकुवा गरेका छन्। मुलुकमा आर्थिक समृद्धि, सुशासन, स्थिरता र विकास पथमा अघि बढाउने वाम गठबन्धनमा आबद्ध दुवै दल एक हुन जरुरी रहेकोले अब चाँडै एकता हुने विश्वास व्यक्त गरे।

सांसदले मागे ५० लाख

सांसदले मागे ५० लाख

बिहिबार, १३ बैशाख २०७५

संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणको लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ माग गरेका छन्। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको लागि भन्दै प्रदेशसभा सदस्यहरुले चालु आर्थिक वर्षको लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट नै रकम छुट्याउनुपर्ने माग राखेका हुन्।

'मनमोहन अधिकारी कुष्ठरोगी थिए'

'मनमोहन अधिकारी कुष्ठरोगी थिए'

बिहिबार, १३ बैशाख २०७५

मनमोहन अधिकारी कहिलेदेखि विरामी थिए भन्ने आधिकारीक तिथिमिति पाइदैन । तथापि उनी लामो समयदेखि बिरामी थिए । अधिकारीले आफूलाई लागेको रोग लुकाउने प्रयास गरेको देखिन्छ । बाहिरी रूपमा रोगलाई लुकाए पनि त्यसले स्वयम्लाई पार्ने प्रभावलाई रोक्न सक्ने स्थिति थिएन । उनी बेला बेलामा उपचारका लागि भारत जाने गरेका भए पनि रोगले क्रमशः कमजोर बनाउदै लगेको थियो ।

चिकित्सा शिक्षासहित राष्ट्रपतिबाट ४ अध्यादेश जारी

चिकित्सा शिक्षासहित राष्ट्रपतिबाट ४ अध्यादेश जारी

बिहिबार, १३ बैशाख २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार विभिन्न चारवटा अध्यादेश जारी गरेकी छिन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उनले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्।

दिल्लीबाट १६ दिनपछि महन्थ फर्के

दिल्लीबाट १६ दिनपछि महन्थ फर्के

बिहिबार, १३ बैशाख २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि नयाँ दिल्लीबाट काठमाडौ फर्केका छन्।

सबैलाई सन्तुलन हुने बजेट आउँछः अर्थमन्त्री खतिवडा

सबैलाई सन्तुलन हुने बजेट आउँछः अर्थमन्त्री खतिवडा

बिहिबार, १३ बैशाख २०७५

मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्।

आतंक फैलाउन खोज्नेको जरै उखेल्छौँ :  गृहमन्त्री बादल

आतंक फैलाउन खोज्नेको जरै उखेल्छौँ : गृहमन्त्री बादल

बिहिबार, १३ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताएका छन्।

शौचालय जान्छु भनेर बेपत्ता भएका डिएसपी आफैँ सम्पर्कमा

शौचालय जान्छु भनेर बेपत्ता भएका डिएसपी आफैँ सम्पर्कमा

बिहिबार, १३ बैशाख २०७५

३३ किलो सुन तस्करी प्रकरणमा बयान लिँदा लिँदै शौचालय जान्छु भनेर बेपत्ता भएका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन् ।

नालायकहरूले गरेको काम संगठनको हुँदैन : महानिरीक्षक खनाल

नालायकहरूले गरेको काम संगठनको हुँदैन : महानिरीक्षक खनाल

बिहिबार, १३ बैशाख २०७५

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन्।विहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताए।

संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फर्छ्याैट

बिहिबार, १३ बैशाख २०७५

सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फर्छ्याैट भएको छ। सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फर्छ्याैट भएको बताए।

हाम्रा सैनिक बलात्कारमा संलग्न छैनन् : नेपाली सेना

हाम्रा सैनिक बलात्कारमा संलग्न छैनन् : नेपाली सेना

बिहिबार, १३ बैशाख २०७५

नेपाली सेनाले दक्षिण सुडानमा नेपाली शान्ति सैनिकमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेको छ। विहीबार सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै बाहिर खबर आएजस्तो नेपाली शान्ति सैनिक बलात्कारमा संलग्न नभएको स्पष्ट पारेको हो।

गृहमन्त्रालयले ६० सिडिओको सरुवा गर्‍यो (सूचीसहित)

गृहमन्त्रालयले ६० सिडिओको सरुवा गर्‍यो (सूचीसहित)

बिहिबार, १३ बैशाख २०७५

गृहमन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले विहीबार सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको हो।

मनमोहनको बाटाेमा नहिड्ने  कम्युनिष्ट हुनै सक्दैन  :  प्रधानमन्त्री ओली

मनमोहनको बाटाेमा नहिड्ने कम्युनिष्ट हुनै सक्दैन : प्रधानमन्त्री ओली

बिहिबार, १३ बैशाख २०७५

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन, र मदन मण्डारीको पथलाई नअंगाली कम्युनिष्ट बन्न नसकिने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले मनमोहनको योग्दान नेपाली राजनीतिमा अतुलनीय रहेको बताए।

दुई वर्षपछि पनि ओलीको भाषण उस्तै

दुई वर्षपछि पनि ओलीको भाषण उस्तै

बिहिबार, १३ बैशाख २०७५

भूकम्पले धरहरा ढालेका ठिक तीन वर्ष पुगेका दिन बुधबार ठुटे धरहराको फेद नजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउछु मेरो धरहरा, हरेक नेपालीको नारा।’

सार्वजनिक महत्वका बिषयमा सरकारको ध्यानाकर्षण

सार्वजनिक महत्वका बिषयमा सरकारको ध्यानाकर्षण

बिहिबार, १३ बैशाख २०७५

प्रदेश ५ का सांसदहले प्रदेश सभाको वुधवारको बैठकमा आ आफना क्षेत्रका जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराए। बैठकको शून्य समयमा बोल्दै सभासदहरुले सार्वजनिक महत्वका विषयमासरकारको ध्यानाकर्षण गराएका हुन्।

दुई नम्बर प्रदेश बढी संवेदनशील : गृहमन्त्री थापा

दुई नम्बर प्रदेश बढी संवेदनशील : गृहमन्त्री थापा

बुधबार, १२ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापाले २ नम्बर प्रदेश बढी संवेदनशिल रहेको बताएका छन्। सिमराको होटेल इच्छामा बुधबार आयोजना गरीएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा खुल्ला सीमाको कारणले हुने–गरिने तस्करी, भूमिगत संगठनको गतिबिधि लगायत कारणले गर्दा २ नम्बर प्रदेश बढी संवेदनशिल रहेको उनले बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।