प्रतिनिधिसभामा अाेलीकाे सम्बाेधन (लाइभ)

प्रतिनिधिसभामा अाेलीकाे सम्बाेधन (लाइभ)

आइतबार, १३ जेठ २०७५

गत साेमबार प्रस्तुत गरिएकाे अागामी अार्थिक वर्ष २०७५/०७६ काे नीति तथा कार्यक्रममाथिकाे छलफल जारी छ । बुधबारदेखि शुरू भएकाे उक्त छलफलपश्चात अाएका टिका टिप्पणी तथा प्रश्नहरूकाे उत्तर दिनका लागि प्रधानमन्त्रि केपी शर्मा अाेलीले सम्बाेधन गरिररहेका छन् ।

न्यायिक पहुँचका लागि 'समुदायमा अदालत'

आइतबार, १३ जेठ २०७५

न्यायिक पक्रियामा नागरिकको पहुँच वृद्धिका लागि खोटाङमा ‘समुदायमा अदालत’ कार्यक्रम सञ्चालन गरिएको छ। गाउँ–गाउँ र जनजनसम्म न्यायिक पहुँच वृद्धिका लागि जिल्ला अदालत खोटाङसँगको सहकार्यमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले शनिबार समुदायमा अदालत कार्यक्रम गरेको हो।

चुनावको रिस विकास निर्माणमा

चुनावको रिस विकास निर्माणमा

आइतबार, १३ जेठ २०७५

स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएको महिनौं भए पनि त्यही चुनावका बेला भएको रिसइबी साँध्न खोज्दा बारामा विकास निर्माणमा अवरोध देखिएको छ।

उपप्रमुख अझै घुम्टोमा

उपप्रमुख अझै घुम्टोमा

आइतबार, १३ जेठ २०७५

‘दक्षिणी क्षेत्रका स्थानीय तहका उपमेयर एवं उपाध्यक्षज्यूहरू आफै भर्खर पर्दा (घुम्टो) बाहिर आउने प्रयासमा हुनुहुन्छ’, शनिबार दिउँसो उत्तरी क्षेत्रस्थित मिलनचोकमा आयोजित एक कार्यक्रममा बोल्दै बलरा नगरपालिकाका मेयर अभय सिंहले भने, ‘भर्खर घरबाट बाहिर निस्कनु भएको छ, त्यसैले उहाँहरूको क्षमता अभिवृद्धिका लागि विशेष ध्यान दिन जरुरी छ।’

आयोगको सुझाव अटेरी गर्नेको नाम सार्वजनिक गरिने

आइतबार, १३ जेठ २०७५

राष्ट्रिय मानवअधिकार आयोगले सुझाव कार्यान्वयन नगर्ने सरकारी निकाय तथा कर्मचारीको नाम सार्वजनिक गर्ने भएको छ। मानवअधिकारको सम्मान र कार्यान्वयन गर्न विभिन्न निकायलाई दिइने गरेको सुझाव कार्यान्वयन नहुने देखिएपछि आयोगले त्यस्ता निकाय तथा त्यहाँ कार्यरत कर्मचारीको नाम सार्वजनिक गर्ने तयारी गरिरहेको आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए।

‘राज्यले न्याय खोस्दैछ कहाँ जाऊँ’

आइतबार, १३ जेठ २०७५

‘तपाईंको भाइको हत्याका दोषीलाई सरकारले माफी दिँदैछ रे नि!’ क्षणक्षणमा यो शब्द सुनेपछि सावित्री श्रेष्ठको मन भक्कानिन्छ। हत्या अभियोगमा दोषी ठहर भई जेल सजाय भोगिरहेका नेता बालकृष्ण ढुंगेललाई सरकारले माफी दिन लागेको सुनेपछि उनलाई भोक न निद्रा भएको छ । उनीमात्र होइन श्रेष्ठ परिवार निराश बनेको छ।

चेपुवामा प्रदेश सरकार

चेपुवामा प्रदेश सरकार

आइतबार, १३ जेठ २०७५

प्रदेश–४ सरकार गठन भएको एक सय दिन पुगेको छ। निकै उत्साह र तामझामपूर्ण तरिकाले सुरु भएको प्रदेश सरकार सञ्चालनमा आउँदा नागरिकमा अपेक्षा र उत्साह धेरै थिए। तर, सय दिन पुगिसक्दा सरकारको कामप्रति नागरिकहरू अपेक्षाकृत विश्वस्त हुन सकेका छैनन्।

सरकारले पूर्णता अझै पाएन

सरकारले पूर्णता अझै पाएन

आइतबार, १३ जेठ २०७५

प्रदेश ५ मा सरकार गठनको सय दिन पूरा गरेको छ। यो अवधिमा सरकार आफैंले पूर्णता भने पाउन सकेन। सुरुदेखि नै मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाउने संकेत गरेका मुख्यमन्त्री शंकर पोखरेलले अहिलेसम्म मन्त्री थपेका छैनन्। बरु थप एउटा मन्त्रालयको जिम्मेबारी आफंैले लिएर ६ मन्त्रालय गठन गरे। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाखरेलसँगै छ।

कामभन्दा कुरा धेरै

कामभन्दा कुरा धेरै

आइतबार, १३ जेठ २०७५

भूगोलका हिसाबले ठूलो र जनसंख्याका हिसाबले सानो कर्णाली प्रदेश सरकारले मधुमास पूरा गरेको छ। यो अवधिमा प्रदेश सरकारले धेरै महत्वपूर्ण निर्णय गरेको छ। निर्णयअनुसार कार्यान्वयन भने अत्यन्तै फितलो छ। संघीयता कार्यान्वयनसँगै ६ नम्वर क्रमाङ्कमा रहेको यो प्रदेशले सबैभन्दा पहिले न्वारन ग-यो। प्रदेश राजधानी पनि सबैभन्दा पहिले तोक्यो।

मौलिक हकसम्बन्धी विधेयक निर्माण तीव्र

आइतबार, १३ जेठ २०७५

सार्वजनिक विद्यालयमा बालबालिकालाई चाहिने पुस्तक, पोसाक, दिउँसोको खाजा, कापीकलम सबै स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न लागिएको छ। सम्बन्धित गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक विद्यालयका विद्यार्थीलाई पठनपाठनका लागि आवश्यक सामग्री निःशुल्क उपलब्ध गराउनुपर्नेछ । विद्यार्थीले यी सबै मौलिक हकअन्तर्गत पाउनेछन्।

मन्त्रीकै गाडीले ट्राफिक नियम मिच्यो

मन्त्रीकै गाडीले ट्राफिक नियम मिच्यो

आइतबार, १३ जेठ २०७५

कानुन कार्यान्वयन गर्ने तहमा रहेका व्यक्ति र सुरक्षा निकाय नै नियम मिचक भएको शनिबार दिउँसो देखिएको छ। एक मन्त्री चढेको गाडी ललितपुरको धोबीघाटस्थित एक कार्यक्रममा जाँदा एकतर्फी सडकमा प्रवेश गरेपछि तनाव उत्पन्न भयो। सिदार्थ कटेजमा पुस्तक विमोचन कार्यक्रममा पुग्दा उनको गाडीले एकतर्फी सडक प्रयोग गरेको थियो। त्यसक्रममा ट्राफिक नियमसंगत चलिरहेका गाडीधनी र त्यसमा सवारलाई मन्त्रीका सुरक्षाकर्मीले दुव्र्यवहारसमेत गरे।

गणतन्त्र स्थापनाको एघारौं वर्षः जनअपेक्षाका काम अझै बाँकी

शनिबार, १२ जेठ २०७५

नेपालमा एघारौं गणतन्त्र दिवस मनाउने तयारी भइरहेका अवस्थामा गणतन्त्र स्थापनापछि के कस्ता उपलब्धि हासिल भए, अहिले यो सबैको चासो र चर्चाका विषय बनेका छन्।

नेपाल तरुण दलका सभापति पक्राउ

शनिबार, १२ जेठ २०७५

नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दी गरेको आरोपमा गुरुङ शुक्रबार राति नौ बजे पक्राउ परेका हुन्।

अन्यौलमा न्यायिक समिति

शनिबार, १२ जेठ २०७५

तिला गाउँपालिकाकी न्यायिक समितिका संयोजक उपाध्यक्ष बिष्णु बुढाको टेबुलमा ६ वटा उजुरी परेका छन् । उनले उजुरीको प्रकृति अनुसार छलफल र मेलमिलापलाई अघि त बढाएकी छिन तर न्यायिक नै अन्यौलतामा अघि बढेकोले अकमक्काउछिन ।

मोनोरेलको सम्भाव्यता अध्ययन गर्न समझदारी

शनिबार, १२ जेठ २०७५

उपत्यकामा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिने भएको छ। उपत्यकाको चक्रपथमा मोनोरेलको सम्भावना अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरसन (सिआरसिसी) र काठमाडौं महानगरपालिकाबीच समझदारी भएको छ। समझदारीपत्रमा शुक्रबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीका महाप्रबन्धक लि होङ्कीले हस्ताक्षर गरे।

मुलुकको मुहार ५ वर्षमा फेरिने सत्तापक्षीय सांसदको दाबी

मुलुकको मुहार ५ वर्षमा फेरिने सत्तापक्षीय सांसदको दाबी

शनिबार, १२ जेठ २०७५

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले पाँच वर्षभित्र मुलुकको मुहार फेरिने गरी विकास र समृद्धिका मुख्य कार्य सम्पन्न हुने दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका दलले नीति तथा कार्यक्रमलाई हावादारी, सपनामात्रै बाँड्ने र नयाँ कार्यक्रमविहीन भनेर चर्को आलोचना गरिरहेका बेला सत्तारुढ दलका सांसदहरूले शुक्रबार यस्तो दाबी गरेका हुन्।

विकास र समृद्धि यात्रामा शुभ संकेत

विकास र समृद्धि यात्रामा शुभ संकेत

शनिबार, १२ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन अर्थात् मधुमास पूरा गरेको छ । यस अवधिमा सरकारले गरेका काम हेर्दा राजनीतिक स्थायित्व, विकास र समृद्धितर्फको प्रारम्भिक यात्रामा शुभ संकेत देखिएको छ ।

कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छ : सभापति देउवा

कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छ : सभापति देउवा

शुक्रबार, ११ जेठ २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन्। काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको शुक्रबार स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र एकता आवश्यक रहेको बताए। “अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी एक भएर अघि बढौँ, आउने चुनावमा जितिन्छ,” उनले भने।

प्रदेश १ को वर्षे अधिवेशन  जेठ १७ देखि

शुक्रबार, ११ जेठ २०७५

प्रदेश १को वर्षे अधिवेशन जेठ १७ गते देखि सुरू हुने भएको छ । मन्त्री परिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहाङले जेठ १७ गते बिहीबार अपराह्न ३ बजे प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन्।

कर्मचारीको व्यवस्थापन छिटो हुन्छः मुख्यमन्त्री पोखरेल

शुक्रबार, ११ जेठ २०७५

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी लामो समयसम्म केन्द्रीय प्रशासनमा रहन नसक्ने भएकाले यसको व्यवस्थापन छिटो हुने बताएका छन्।