एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

बिहिबार, १० जेठ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियताको संरक्षण, हिन्दू राष्ट्रको पूनर्स्थापना, प्रजातन्त्रको सुदृढिकरणका लागि प्रजातान्त्रिक शक्तिबीच एकता अनिवार्य आवश्यक रहेको बताएका छन्।

‘मालिकको सुरक्षाका लागि भरिया समात्ने नाटकको अन्त्य, अब नाइके नै फन्दामा’

‘मालिकको सुरक्षाका लागि भरिया समात्ने नाटकको अन्त्य, अब नाइके नै फन्दामा’

बिहिबार, १० जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त छिट्टै पत्ता लाग्ने बताएका छन्।

नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा सांसदहरुको जोड

बिहिबार, १० जेठ २०७५

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ।

प्रधानमन्त्रीद्वारा राष्ट्रियसभामा नीति तथा कार्यक्रम छलफल गर्न आग्रह

बिहिबार, १० जेठ २०७५

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गरे।

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : स्वास्थ्य राज्यमन्त्री

बिहिबार, १० जेठ २०७५

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताएकी छिन्।

कर्णाली प्रदेशकाे संसद् बैठक शुक्रबारदेखि

बिहिबार, १० जेठ २०७५

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । दोस्रो अधिवेशन अगावै संसद्मा सात वटा विधेयक दर्ता भएका छन् । संसद् सचिवालयले तीमध्ये दुईवटा विधेयक शुक्रबार बस्ने बैठकमा पेस गर्ने तयारी गरिरहेको छ । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपछि प्राथमिकतामा आधारमा विधेयक निर्धारण गछौं’ सभामुख राजबहादुर शाहीले भने, ‘त्यहाँबाट पारित भएकामध्ये दुई विधेयक छलफलका लागि संसद्मा टेबुल गर्ने तयारी गरेका छौं ।’ पहिलो अधिवेशनकै क्रममा संसद्मा यी विधेयक दर्ता भएका थिए । सातमध्ये कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ संसद्मा टेबुल भइसकेको छ।

अपराध र भ्रष्टाचार अन्त्य नभएसम्म विकास हुँदैन : गृहमन्त्री

अपराध र भ्रष्टाचार अन्त्य नभएसम्म विकास हुँदैन : गृहमन्त्री

बिहिबार, १० जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अपराध, तस्करी, अनियमितताका कारण देशको विकास हुन नसकेको उल्लेख गर्दै सुरक्षाअधिकारीलाई बदलिँदो परिवेसमा देशको विकास र समृद्धिका लागि कडाइका साथ काम गर्न निर्देशन दिएका छन् । बुधवार प्रदेश ७ को प्रदेश स्तरीय गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले गलत गर्ने कोहीलाई पनि छुट नदिने भन्दै परिणाम देखिनेगरी काम गर्न जोड दिए ।

फोरमसँग सम्बन्ध चिसिएपछि राजपा फकाउँदै ओली

फोरमसँग सम्बन्ध चिसिएपछि राजपा फकाउँदै ओली

बिहिबार, १० जेठ २०७५

संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध चिसिएको छ।

नीति तथा कार्यक्रम हावादारी : कांग्रेस

नीति तथा कार्यक्रम हावादारी : कांग्रेस

बिहिबार, १० जेठ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम हल्का र हावादारी भएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आय दोब्बर बनाउने भनिएको छ । तर कार्यशैली हेर्दा हल्का र हावादारी लाग्छन् ।’

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

बुधबार, ०९ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भेटवार्ता भएको छ।

विना मगरको सम्पत्ति : नगद एक रुपैयाँ पनि छैन् !

विना मगरको सम्पत्ति : नगद एक रुपैयाँ पनि छैन् !

बुधबार, ०९ जेठ २०७५

खानेपानी तथा सरसफाईमन्त्री विना मगरको सम्पत्ति विवरणमा स्कुटर र ३ कठ्ठा जमिन देखिएको छ। विवरणअनुसार यो सम्पत्ति दिवंगत श्रीमान प्रकाश दाहाल (स्कुटर र २ कठ्ठा जमिन) र सासु सीता दाहाल (१ कठ्ठा)को नाममा छ।

मन्त्रीका स्वकीय सचिवद्वारा कर्मचारीमाथि हातपात प्रयास

बुधबार, ०९ जेठ २०७५

कार्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्वर बुढासहितका व्यक्तिहरुले मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात प्रयास गरेका छन्। बुधबार कार्यकक्षमै स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीलगायतले सचिवमाथि हातपात प्रयास गरेका हुन्। प्रहरीले तीनै जनालाई पक्राउ गरेर केही समयपछि छोडेको थियो।

गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छ : मन्त्री अधिकारी

बुधबार, ०९ जेठ २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन्।

पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियो : प्रधानमन्त्री अाेली

बुधबार, ०९ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताएका छन्।

प्रशासनमन्त्री पण्डितकाे सम्पति  पुरानो साइकल र एउटा घर

प्रशासनमन्त्री पण्डितकाे सम्पति पुरानो साइकल र एउटा घर

बुधबार, ०९ जेठ २०७५

सरकारले प्रधानमन्त्री लगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सम्पत्तिमध्ये सवारी साधनमा एउटा पुरानो साइकल रहेको छ।

सबैभन्दा धनी मन्त्री महासेठकाे सम्पत्ति कति ?

सबैभन्दा धनी मन्त्री महासेठकाे सम्पत्ति कति ?

बुधबार, ०९ जेठ २०७५

सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएका छन् । मन्त्री महासेठले उपलब्ध गराएको विवरणअनुसार चल अचल सम्पत्ति जोड्दा उनीसँग अर्ब बढीको सम्पत्ति रहेको देखिन्छ ।

प्रधानमन्त्रीको सम्पत्ति विवरण: बयालिस लाख बैंक ब्यालेन्स,१८ तोला सुन र दुइटा घर

प्रधानमन्त्रीको सम्पत्ति विवरण: बयालिस लाख बैंक ब्यालेन्स,१८ तोला सुन र दुइटा घर

बुधबार, ०९ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीकाेको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । विवरण अनुसार ओलीको  २ वटा घर १८ तोला सुन, बैंकमा ४२ लाख लगायतको सम्पत्ति रहेको छ।

नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन प्रस्ताव दर्ता

बुधबार, ०९ जेठ २०७५

सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५÷७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको छ।

जनप्रतिनिधि साझा हुन नसकेको गुनासो

बुधबार, ०९ जेठ २०७५

एक वर्षअघि स्थानीय चुनावको चहलपहल हुँदा तिलोत्तमा ८ की जमुना गौतम जती उत्साहित थिइन् अहिले त्यती नै निरास । १९ वर्षपछि चुनेका जनप्रतिनिधिसँग उनका ठूला अपेक्षा भने थिएनन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडक मर्मतको माग चुनावकै बेला उनी र उनका छिमेकीले गरेका हुन । तर जनप्रतिनिधि आएको एक वर्ष बित्नै लाग्दासमेत सडक मर्मत भएन।

सेवासुविधा नतोक्दा असन्तुष्टि

बुधबार, ०९ जेठ २०७५

जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश १ ले स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रम अनुसार सेवा सुविधा नतोकिएको भन्दै असन्तुष्टि जनाएको छ। महासंघको मंगलबार बिराटनगरमा भएको बैठकले प्रदेश १ सरकारले वडा सदस्यदेखि जिल्ला समन्वय समितिका प्रमुखमा चुनिएका जनप्रतिनिधिको मर्यादाअनुसार तलब तथा सेवासुविधा निर्धारण नगरेको भन्दै असन्तुष्टि पोखेका हुन्।