गृहले माग्यो ढिलासुस्ती गर्ने ठेकेदारको सूची

गृहले माग्यो ढिलासुस्ती गर्ने ठेकेदारको सूची

शुक्रबार, ०४ जेठ २०७५

गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमै काम नगर्र्नेे ठेकेदारको सूची एक साताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। ठेकेदारले समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढेपछि मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।

‘कमजोर संगठन र जनतासँगको सम्बन्ध टुट्दा कांग्रेसको हार’

‘कमजोर संगठन र जनतासँगको सम्बन्ध टुट्दा कांग्रेसको हार’

शुक्रबार, ०४ जेठ २०७५

नेपाली कांग्रेसको कमजोर संगठन र जनतासँगको सम्वाद टुट्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजीत हुनपुगेको राजनीतिक विश्लेषकहरूले बताएका छन्। प्रजातान्त्रिक विचार समाजले बिहीबार राजधानीमा आयोजना गरेको साधरणसभामा प्राध्यापक कृष्ण खनाल, विश्लेषक निलाम्बर आचार्य, डा. देवेन्द्रराजा पाण्डेले जनतासँगको सम्वादलाई बढाउन सुझाव दिएका हुन्।

प्रदेश ३ को पाश्र्वचित्र सार्वजनिक

शुक्रबार, ०४ जेठ २०७५

नेपालका ७ प्रदेशमध्ये पहिलो पटक प्रदेश ३ ले पाश्र्वचित्र सार्वजनिक गरिएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा बिहीबार प्रदेशको प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेका हुन्। सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको पाश्र्वचित्रमा प्रदेशको परिचय, भौगोलिक अवस्थिति, जनसंख्या, भाषा, धर्म, सडक तथा यातायात, ऐतिहासिक तथा धार्मिक स्थल, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा महिला विकासलगायतका विवरण समावेश गरिएको छ।

अझै फेरिएन कार्यशैली

अझै फेरिएन कार्यशैली

शुक्रबार, ०४ जेठ २०७५

स्थानीय सरकारका रूपमा रहेका काभ्रेका १३ वटा स्थानीय तह (६ नगर र ७ गाउँपालिका) ले वर्षभरिमा दिएका सेवा–सुविधाप्रति स्थानीय नागरिकले मिश्रित प्रतिक्रिया दिएका छन्।

आधा शताब्दीपछिको मिलन

आधा शताब्दीपछिको मिलन

शुक्रबार, ०४ जेठ २०७५

एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिस्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ । एकतासँगै स्थापित नेपाल कम्युनिस्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिस्ट दल बनेको छ।

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

बिहिबार, ०३ जेठ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ।

‘हिजो युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा’

‘हिजो युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा’

बिहिबार, ०३ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरु विचार, दर्शन र सिद्धान्तबाट स्खलित हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

ओलीको बोलीः शैली ठट्यौली

ओलीको बोलीः शैली ठट्यौली

बिहिबार, ०३ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आज पार्टी एकीकरण घोषणा सभामा निकै प्रफुल्लित मुद्रामा सम्बोधन गरे । केही नीतिगत कुरा बाहेकमा ओलीको बोल्नै शैली ठट्यौली नै थियो, व्यङ्ग्यमिश्रित पनि।

वैद्य र विप्लवलाई ओलीको प्रश्न– अब कति स-साना पसल थापेर बस्ने ?

वैद्य र विप्लवलाई ओलीको प्रश्न– अब कति स-साना पसल थापेर बस्ने ?

बिहिबार, ०३ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता अभियानमा आउन आह्वान गरेका छन्।

माके–एमाले एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश : दाहाल

माके–एमाले एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश : दाहाल

बिहिबार, ०३ जेठ २०७५

नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र र एमालेको एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश भएको बताएका छन्।

केपी ओलीले भने– कम्युनिष्टका लागि दुईतिहाई समान्य जोडघटाउ

केपी ओलीले भने– कम्युनिष्टका लागि दुईतिहाई समान्य जोडघटाउ

बिहिबार, ०३ जेठ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टका लागि दुईतिहाई समान्य जोडघटाउ मात्र भएको बताएका छन्।

नेकपा घोषणाका झलक (फोटो फिचर)

नेकपा घोषणाका झलक (फोटो फिचर)

बिहिबार, ०३ जेठ २०७५

दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकृत भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा काठमाडौंको सभागृहमा भएको छ । यसअघि बालुवाटारमा संयुक्त केन्द्रीय समितिको बैठक बसेको थियो । सबै सदस्यले नयाँ पार्टीको सपथ लिएका थिए ।

एमाले–माके एकीकरण समारोहमा माधव नेपालले सम्झिए पृथ्वीनारायण शाहलाई

एमाले–माके एकीकरण समारोहमा माधव नेपालले सम्झिए पृथ्वीनारायण शाहलाई

बिहिबार, ०३ जेठ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिएका छन्।

एकीकृत पार्टीको घोषणा सभा सुरु

एकीकृत पार्टीको घोषणा सभा सुरु

बिहिबार, ०३ जेठ २०७५

दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकृत भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा काठमाडौंको सभागृहमा सुरु भएको छ ।

एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

बिहिबार, ०३ जेठ २०७५

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमाले–माओवादी केन्द्र एकता जनताको बलिदानको अवमूल्यन भएको टिप्पणी गरेको छ।

एकीकृत पार्टीको केस गठनः संयुक्त बैठक जारी

एकीकृत पार्टीको केस गठनः संयुक्त बैठक जारी

बिहिबार, ०३ जेठ २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा छनौट गरिएका सदस्यहरुलाई आजै सपथ खुवाइएको छ। अहिले बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक बसेको छ । यो बैठक पछि पार्टीका नेताहरु घोषणा सभामा सहभागी हुनेछन् ।

'माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के?’

बिहिबार, ०३ जेठ २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।  माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औँ स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन आजैका दिन एमाले माओवादी केन्द्र विलयको घोषणाको कुनै सांकेतिक अर्थ ?

एकीकरण अघि दुवै पार्टी विघटन: ९ सदस्यीय हाइकमान्डमा को को छन्?

बिहिबार, ०३ जेठ २०७५

पार्टी एकीकरणको जानकारी निर्वाचन आयोगलाई दिनुअघि दुवै पार्टीले आ–आफ्ना केन्द्रीय कमिटीको बैठक गरि पार्टी विघटनको निर्णय गरेका छन् ।

पार्टी एकता अनुमोदन: आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुने

बिहिबार, ०३ जेठ २०७५

नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटमा बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो ।

प्रदेश सभा सञ्चालन कार्यविधि नियमावली पारित गर्दै सकियाे पहिलो अधिवेशन

प्रदेश सभा सञ्चालन कार्यविधि नियमावली पारित गर्दै सकियाे पहिलो अधिवेशन

बिहिबार, ०३ जेठ २०७५

प्रदेश नम्बर २ को पहिलो अधिवेशन अन्त्य भएको छ । बिहीबार २५औं बैठक सञ्चालन गर्दै सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखको पत्र वाचन गर्दै जेठ ४ गते राति १२ बजेदेखि लागू हुनेगरी चालू अधिवेशन अन्त्य भएको जानकारी गराए ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।