सत्ता गठबन्धन अझ शक्तिशाली

बुधबार, ०८ मङि्सर २०७३

राप्रपा नेपाल र राप्रपाबीच एकीकरणसँगै सत्तारुढ गठबन्धन अझ शक्तिशाली बनेको छ। संविधान संशोधन तयारी भइरहँदा यसले आगामी राजनीतिक दिशासमेत प्रभावित गर्नेछ।

गम्भीर अपराधीलाई उन्मुक्ति दिने व्यवस्था विधेयकमा

बुधबार, ०८ मङि्सर २०७३

दातृ निकाय र सरकोकारवाला पक्षको आपत्तिपछि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन संशोधन मस्यौदा शान्ति मन्त्रालयमा रोकिएको छ। द्वन्द्वकालीन मुद्दाहरूको सम्बोधन गर्न यी दुई आयोग गठन भएका हुन्।

दुई नम्बर प्रदेशको काम आयोग केन्द्रबाटै

बुधबार, ०८ मङि्सर २०७३

सरकारलाई प्रतिवेदन बुझाउने समय नजिकिँदै जाँदा स्थानीय तह पुनःसंरचना आयोगले बल्ल दुई नम्बर प्रदेशको काम थाल्ने भएको छ।

माअाेवादी नेता कांग्रेस प्रवेश गराएपछि देउवाले के भने?

माअाेवादी नेता कांग्रेस प्रवेश गराएपछि देउवाले के भने?

बुधबार, ०८ मङि्सर २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनले मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन्।

एमालेबिना कसरी संविधान संशोधन?

बुधबार, ०८ मङि्सर २०७३

संविधान संशोधनमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्दै संविधानले तोकेको अवधिमै निर्वाचन गराउन कम्तीमा ठूला तीन दल एकमत हुनुपर्ने राजनीतिक विश्लेषकले औंल्याएका छन्।

मोर्चासँग वार्ता गर्दै दाहाल

बुधबार, ०८ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान मधेसी मोर्चाका नेतासँग संविधान संशोधन विधेयकबारे छलफल गर्दैछन्।

‘मधेशबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग मोर्चाको होइनः कर्ण

‘मधेशबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग मोर्चाको होइनः कर्ण

मङ्गलबार, ०७ मङि्सर २०७३

मधेशी मोर्चाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले ‘मधेसबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग आफूहरुको नभएको बताएका छन्।

‘एमालेलाई बाहिर राखेर संविधान संशोधन गरे हालत के होला ?’

‘एमालेलाई बाहिर राखेर संविधान संशोधन गरे हालत के होला ?’

मङ्गलबार, ०७ मङि्सर २०७३

सत्तारुढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संघीयताको नाममा राष्ट्रलाई बन्धक बनाउन नहुने भन्दै विवादित ठाउँमा जनता र जनप्रतिनिधिको निर्णयअनुसार अघि बढ्नुपर्ने बताएका छन्।

नेपालको हित विपरीत संविधान संशोधन नगर्न आग्रह

मङ्गलबार, ०७ मङि्सर २०७३

युवा सङ्घ नेपाल र अनेरास्ववियुले नेपाली जनताको इच्छा र भावना विपरीत संविधान संशोधन नगर्न आग्रह गरेका छन्।

'दशगजा'बाट संविधान संशोधन हुँदैनः लालबाबु पण्डित

'दशगजा'बाट संविधान संशोधन हुँदैनः लालबाबु पण्डित

मङ्गलबार, ०७ मङि्सर २०७३

रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले म्याद तामेलीको हिसावले संविधान संशोधन गर्न चाहेको हो भने एमालेले सहयोग नगर्ने कडा चेतावनी दिएका छन्।

५ नम्बर प्रदेशबाट छुट्टिनु परे कडा आन्दोलनकाे चेतावनी

मङ्गलबार, ०७ मङि्सर २०७३

सरकारले ५ नंं. प्रदेशका पहाडी जिल्लालाई टुक्राएर ४ नं. प्रदेश र ६ नं. प्रदेशमा लैजाने गरी संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने तयारी गरेको भन्दै ५ नं. प्रदेशका पहाडी जिल्लाका नागरिक आन्दोलित बनेका छन्।

'संविधान संशोधनकै लागि यो सरकार गठन भएकाे हाे'

'संविधान संशोधनकै लागि यो सरकार गठन भएकाे हाे'

मङ्गलबार, ०७ मङि्सर २०७३

शान्ति तथा पूर्ननिर्माण मन्त्री सीतादेवी यादवले संविधान संशोधनकै लागि यो सरकार गठन भएको स्वीकार गरेकी छन्। आफ्नो पार्टी नेपाली कांग्रेसको प्रमुख एजेन्डा नै संविधान संशोधन रहेको भन्दै त्यसैका लागि सरकारको गठन भएको बताएकी हुन्।

माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

मङ्गलबार, ०७ मङि्सर २०७३

कांग्रेस सभापति देउवाले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यद्वय जगदीश पाल र परमानन्द भट्ट तथा एमाले युवा संघ डोटीका अध्यक्ष निलम साउँदलाई पार्टी सदस्यता प्रदान गरेर कांग्रेस प्रवेश गराएका छन्।

नयाँ शक्ति पार्टीका केन्द्रीय नेता पूर्वएआईजी भट्टराई भ्रष्टाचार आरोपमा पक्राउ

नयाँ शक्ति पार्टीका केन्द्रीय नेता पूर्वएआईजी भट्टराई भ्रष्टाचार आरोपमा पक्राउ

मङ्गलबार, ०७ मङि्सर २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (पूर्व एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार आरोपमा हिरासतमा लिएको छ।

मन्त्री थापाद्वारा पहिलाे महिनाकाे तलब कान्ति बाल अस्पताल प्रदान

मन्त्री थापाद्वारा पहिलाे महिनाकाे तलब कान्ति बाल अस्पताल प्रदान

मङ्गलबार, ०७ मङि्सर २०७३

स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तवल कान्ति अस्पतालमा रहेको अंकोलोजी कोषलाई दिएका छन्। मन्त्री भएपछि अस्पतालहरुको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने त्यति बेला नै घोषणा गरेका थिए।

‘संविधान संशोधन भए चुनावमा, नभए आन्दोलनमा’

‘संविधान संशोधन भए चुनावमा, नभए आन्दोलनमा’

मङ्गलबार, ०७ मङि्सर २०७३

आउँदो चैतमा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा सरकार र मुख्य तीन दल सक्रिय देखिएका छन्। यसका लागि सथानीय निकायको संरचना निर्धारण, हालको प्रादेशिक संरचनाअनुरुप प्रशासनिक व्यवस्थापनलगायत काममा सरकारी संयन्त्र सक्रिय भएका छन्। यसका साथै संविधान संशोधनको मुद्दासमेत राष्ट्रिय राजनीतिमा चर्को रुपमा उठिरहेको छ।

एमाले सहमतिबाट भाग्न सक्दैन : पौडेल

एमाले सहमतिबाट भाग्न सक्दैन : पौडेल

मङ्गलबार, ०७ मङि्सर २०७३

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अहिले भइरहेको संविधान संशोधन प्रक्रियामा सहभागी हुने दाबी गरेका छन्। तत्काल एमालेले संविधान संशोधनको विरोध गरेपनि अन्ततः सहमतिमा आउने पौडेलको दाबी छ।

स्थानीय पुनःसंरचनाले समाजमा द्वन्द्व निम्त्याउँदै

मङ्गलबार, ०७ मङि्सर २०७३

स्थानीय निकायको पुर्नसंरचनाले समाजमा अशान्ति पैदा गरेको छ। प्राविधिक समितिले २ नगरपालिका र ६ गाँउपालिका बनाउने प्रस्ताव गरेपछि त्यसको विरोध हुन थालेको छ। त्यसविरुद्ध कडा आन्दोलन गर्ने भन्दै दैनिक जिल्ला विकास समितिको कार्यालयमा धर्ना र नाराजुलुस पनि हुन थालेको छ।

हिरक महोत्सव उद्‍घाटन गर्न प्रधानमन्त्री ताप्लेजुङ आउँदै

हिरक महोत्सव उद्‍घाटन गर्न प्रधानमन्त्री ताप्लेजुङ आउँदै

मङ्गलबार, ०७ मङि्सर २०७३

कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार अपरान्ह ताप्लेजुङ आउने भएका छन्।

संविधान संशोधनको विरोधमा युवा संघ र अनेरास्ववियु

मङ्गलबार, ०७ मङि्सर २०७३

संविधान संशोधनको विरोध गर्दै नेकपा एमालेका भातृ संगठनले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन्। अनेरास्ववियू र युवा संघले संयुक्तरुपमा विरोधका कार्यक्रम घोषणा गरेका हुन्।