शेयरमा लगानी गर्न ऋण दिँदै बैंक

मङ्गलबार, २० भदौ २०७४

शेयरमा लगानी गर्ने मन छ, पैसा नभएर लगानी गर्ने सोच भएर पनि चुपचाप बस्नु भएको छ। त्यसो हो भने अब चिन्ता नगर्नुपर्ने भएको छ।

बुद्ध एयरको भरतपुर–पोखरा उडान भदौ ३० देखि

बुद्ध एयरको भरतपुर–पोखरा उडान भदौ ३० देखि

मङ्गलबार, २० भदौ २०७४

काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ। नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो।

युनिलिभरका प्रमुख कार्यकारी अधिकृत पउल पौलम्यान नेपालमा

युनिलिभरका प्रमुख कार्यकारी अधिकृत पउल पौलम्यान नेपालमा

मङ्गलबार, २० भदौ २०७४

युनिलिभर नेपाल सञ्चालनको २५औं वार्षिक उत्सव मनाउन युनिलिभरका प्रमुख कार्यकारी अधिकृत पौल पोलम्यान बेलायतबाट सोमबार नेपाल आएका छन्।

निःशुल्क भिसा र टिकटको, असुली लाख बढी

मङ्गलबार, २० भदौ २०७४

सरकारले दुई वर्षअघि रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो।

दसैंका नयाँ नोट २८ गतेदेखि साटिँदै

दसैंका नयाँ नोट २८ गतेदेखि साटिँदै

मङ्गलबार, २० भदौ २०७४

दसैंलाई लक्ष्य गर्दै नेपाल राष्ट्र बैंकले भदौ २८ देखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । उपत्याकाभित्र करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सोमबार नागरिकलाई बताए ।

ऊर्जाका गुनासा सुन्न ११५१ टोल फ्री नम्बर

मङ्गलबार, २० भदौ २०७४

सरकारले ऊर्जासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न टोल फ्री नम्बर ११५१ सञ्चालनमा ल्याएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा ऊर्जासँग सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले उक्त टोल फ्री नम्बरको थालनी गरे ।

गुणस्तरहीन हवाई इन्धन बेचेको आरोप

गुणस्तरहीन हवाई इन्धन बेचेको आरोप

मङ्गलबार, २० भदौ २०७४

नेपालमा उडान गर्दै आएका फ्लाई दुबई,  एयर अरेबिया, इतिहाद एयरवेज र कतार एयरवेजले नेपाल आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् ।

सडक मर्मत नहुँदा महँगीको मारमा स्थानीय

सोमबार, १९ भदौ २०७४

मार्तडी कोल्टी ट्याक्टर सेवा बन्द भएको तीन महिना बित्यो । समान ढुवानीका लागि खच्चड सेवा समेत नियमित छैन् । अधिकांश समान विमानबाट र मान्छेले बोकेर कोल्टी पुर्याउनु पर्ने बाध्यता छ । जसका कारण त्यस क्षेत्रका सबैजसो बजार पसलमा दैनिक उपभोेग्य समानको अभाव देखिएको छ।

हुम्लाको ४४ करोड बजेट फ्रिज

सोमबार, १९ भदौ २०७४

हुम्लाको ४४ करोड ३६ लाख २४ हजार रुपैयाँ फ्रिज भएको छ । जिल्लाको लागि आएको रकम फिर्ता भएसँगै विकास निर्माणका कार्यहरू अलपत्र भएका छन । आर्थिक वर्ष २०७३/०७४ का लागि बिनियोजित ३ अर्ब १५ करोड ३८ लाख २५ हजार रकमको अख्तियारी आइ निकासा आएको भए पनि असार मसान्तसम्म २ अर्ब ७१ करोड २ लाख मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजन रेग्मीले बताए।

एलजीको सामान खरिदमा निःशुल्क उपहार देखि ३० प्रतिशतसम्मको छुट

एलजीको सामान खरिदमा निःशुल्क उपहार देखि ३० प्रतिशतसम्मको छुट

सोमबार, १९ भदौ २०७४

एलजी कम्पनीले दशै तिहार तथा छठको अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने नारासहित विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एलजीको हरेक सामाग्री खरिमा निःशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट लगायत रहेको छ ।

बाढीले माछा व्यवसायमा करोडौंको क्षति

बाढीले माछा व्यवसायमा करोडौंको क्षति

सोमबार, १९ भदौ २०७४

यस पटकको बर्षातले ल्याएको बाढीका क्षतिको यकिन आँकडा बिस्तारै खुल्न थालेको छ। मानवीय राहत तथा उद्धारको चटारोमा ओझेलमा परेको किसानहरुको क्षतिको कुरा बिस्तारै खुल्न थालेको क्रममा पर्सामा ३ सय हेक्टर क्षेत्रफल अगोटेको सयौं पोखरीका माछा बाढीले बगाएको खुलेको छ।

फालेलुङको पहिरोले लाखौँको क्षति

सोमबार, १९ भदौ २०७४

फालेलुङमा गाउँपालिका–३ स्थित माङ्लेबुङ, ताङ्लेपा र विकेट क्षेत्रमा गत साउन २७ गते गएको पहिरोका कारण रु एक करोड छ लाख बराबरको कृषिबालीमा क्षति पुगेको छ।

सडक विस्तारले दोलखाको पर्यटन व्यवसाय ठप्प

सडक विस्तारले दोलखाको पर्यटन व्यवसाय ठप्प

सोमबार, १९ भदौ २०७४

जिल्ला भित्रिने प्रमुख मार्गमा भईरहेको विस्तारको कामका कारण आउजाउमा समस्ती भोग्नुपर्ने चिन्ताले पर्यटकहरु दोलखा नआउँदा जिल्लाको पर्यटन व्यवसाय ठप्प प्राय बनेको छ।

६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर: गभर्नर

६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर: गभर्नर

सोमबार, १९ भदौ २०७४

नेपालका ६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बताएका छन्। उनले बैंक तथा वित्तिय संस्था कर्जा लगानी गर्न आतुर रहेकोले रकमको अभाव व्यापार व्यवसाय गर्न समस्या भयो भन्ने अवस्था नरहेको बताएका हुन्।

श्री एयरलायन्सको थप अर्को उडान शुरु

श्री एयरलायन्सको थप अर्को उडान शुरु

सोमबार, १९ भदौ २०७४

साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ। श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक छवटा उडान हुने भएका छन्।

लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्टबीच लगानी सम्झौता

लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्टबीच लगानी सम्झौता

सोमबार, १९ भदौ २०७४

देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग स्थापना गर्न नेपाल सरकार र होङ्सी शिवम् सिमेन्टबीच परियोजना लगानी सम्झौतामा हस्ताक्षर (पिआइए) भएको छ । सन् २०१८ भित्र उत्पादन सुरु गर्ने लक्ष्यसहित आइतबार ३६ अर्ब ७५ करोड (करिब ३५ करोड ९१ लाख डलर) को सम्झौता भएको हो ।

मेनपावर दर्ता गर्दै, रकम असुल्दै

सोमबार, १९ भदौ २०७४

२०७३ चैत १६ गते शालिकराम दाहालको नाममा वैदेशिक रोजगार विभागमा पुकार, इलाम, जुम्ला, सल्यान, रोयल, मकवानपुर, एसके लगायत दर्जनभन्दा बढी मेनपावर दर्ता भए । ती दर्ता भएका मेनपावर एक साता बित्न नपाउँदै विभिन्न व्यक्तिका नाममा नामसारी भए । एउटै व्यक्तिको नाममा धेरै मेनपावर दर्ता किन भए भन्ने टुंगो लाग्न नपाउँदै दाहालको नाममा दर्ता भएका ती मेनपावर विभिन्न व्यक्तिको नाममा नामसारी गरिएपछि अचेल विभागकै कर्मचारीले भन्ने गरेका छन्– ती मेनपावर दर्ता गर्नुको उद्देश्य कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सहयोग गर्नु नभई व्यापार गर्नु रहेछ ।

८९ विकास बैंक ३८ मा झरे

सोमबार, १९ भदौ २०७४

वित्तीय बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि विकास बैंकले मर्जर वा एक्विजिसनको सुरक्षित बाटो अपनाएका छन् । राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकले दुई अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले एक अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएकाले ५० करोड रुपैयाँ पु¥याउन दिएको निर्देशन पालना गर्न नसकेर पनि विकास बैंकहरु यो बाटो लागेका हुन् ।

अब विकास बैंकबाट पनि एलसी

सोमबार, १९ भदौ २०७४

विकास बैंकहरुले लामो समयदेखि गर्दै आएको एलसी खोल्न पाउनुपर्ने माग पूरा भएको छ । केन्द्रीय बैंकले सोको लागि बाटो खुला गरिदिएको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो कदमसँगै राष्ट्रिय स्तरका एक दर्जन (१२ वटा) विकास बैंकबाट एलसी (प्रतितपत्र) खोल्न पाइने भएको छ ।

कमिसन राज्यकोषमा फिर्ता गराउन जग्गाधनीको माग

कमिसन राज्यकोषमा फिर्ता गराउन जग्गाधनीको माग

सोमबार, १९ भदौ २०७४

नेपाल आयल निगमलाई जग्गा बिक्री गरेका जग्गाधनी तथा जनप्रतिनिधिले निगम नेतृत्वको हातमा परेको कमिसनबापतको सम्पूर्ण रकम राज्यकोषमा फिर्ता गराउन सरकार र संसद्सँग माग गरेका छन् ।