घोडेपानीका होटलमा चिनियाँ पर्यटक खचाखच

घोडेपानीका होटलमा चिनियाँ पर्यटक खचाखच

आइतबार, १६ माघ २०७३

म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन्। पर्यटन व्यवसायका हिसाबले अफ सिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन्।

६.१ मेगावाटको अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा

आइतबार, १६ माघ २०७३

मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ।

सुबिसु क्यान इन्फोटेकमा अफरको बहार

सुबिसु क्यान इन्फोटेकमा अफरको बहार

आइतबार, १६ माघ २०७३

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ मेलामा शनिबार व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहार लगायत विभिन्न अफर ल्याएका छन् । यस्ता अफरले मेला अवलोकनकर्तालाई थप सहुलियत मिलेको छ ।

‘कर्जाको ब्याज बढ्दा संकट’

आइतबार, १६ माघ २०७३

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाउँदा लगानीकर्ता मारमा परेको व्यवसायीले गुनासो गरेका छन् । कर्जाको ब्याजदर बढ्दा चलिरहेको व्यवसाय आर्थिक संकटमा पर्न थालेको उनीहरुको भनाइ छ ।

सम्पत्ति शुद्धीकरण आजको आवस्यकताः गभर्नर

आइतबार, १६ माघ २०७३

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विश्वव्यापी ऐन तथा नियम मान्नु बैंक तथा वित्तीय संस्थाका लागि आवस्यक रहेको बताएका छन् ।

किसान परिचयपत्र वितरण अलपत्र

आइतबार, १६ माघ २०७३

सरकारले दुई वर्षअघि सुरु गरेकोकिसान परिचयपत्र वितरण कार्यक्रम अलपत्र भएको छ । आर्थिक वर्ष ०७१÷७२मा सुरु भएको ‘किसान परिचयपत्र’ वितरण कार्यक्रम १० जिल्लामा पुगे पनि किसान वर्गीकरणको कार्यविधिनै अपूर्ण भएपछि सफल हुन नसकेको हो ।

दैनिक २ लाख लिटर दूध अपुग

आइतबार, १६ माघ २०७३

देशभरअचेलदैनिक२ लाख लिटर दूधअपुग देखिएको छ । दूधको मागअनुसार उत्पादनहुननसक्दाअपुग देखिएको हो ।गाउँमाउत्पादनभएको दूधको बिक्रीहुने केन्द्र सहर नै हो । सहरमादूधबिक्री गरी गाउँमा दैनिक ३ करोड ५० लाख रुपैयाँपुग्ने गरेको केन्द्रीयदुग्ध सहकारी संघले जनाएको छ ।

थोरै बजेटले योजनाअलपत्र

आइतबार, १६ माघ २०७३

शान्तितथापुनःनिर्माण मन्त्रालयले ‘शान्तिकालागिविकास कार्यक्रम’ अन्र्तगत यस वर्ष गोरखामा१ सय २२ वटा योजनासिफारिस गरेको छ । यीयोजनाविद्यालय, गाविस भवन र सामुदायिकभवननिर्माणका छन् । तर यसको बजेट भवनको पिलर उठाउन पनिनपुग्ने १ लाख रुपैयाँ छ।

क्षेत्रीय कार्यालयमा कृषि वैज्ञानिक अभाव

आइतबार, १६ माघ २०७३

मध्यपश्चिमका जिल्ला कृषि कार्यालय र कृषकका लागि तालिमदेखि कृषि बालीको अनुसन्धान, प्रयोगशाला, परीक्षण गर्ने जिम्मा पाएका खजुरास्थित क्षेत्रीय कार्यालयहरुमा कृषि वैज्ञानिकर प्राविधिक कर्मचारीको अभाव चुलिएको छ । खजुरामा रहेका सातवटा क्षेत्रीय कृषि अनुसन्धान, प्रयोगशाला, परीक्षण र तालिम केन्द्रमा वर्षौंदेखि दरबन्दी अनुसार कृषि वैज्ञानिक र प्राविधिक कर्मचारी छैनन् ।

लक्ष्यमा चुके सबै गौरवका आयोजना

आइतबार, १६ माघ २०७३

सरकारले निकै महत्व दिएर प्रचार गर्दै निर्माण कार्य सुरु गरेका राष्ट्रिय गौरवका सबै आयोजना तोकिएको लक्ष्य प्राप्तिमा असफल देखिएका छन् ।

नेपाली अलैंची उत्कृष्टः विज्ञ

नेपाली अलैंची उत्कृष्टः विज्ञ

आइतबार, १६ माघ २०७३

छिमेकी भारतले विभिन्न खोट देखाउँदै आयात नै रोकेको नेपाली अदुवा र अलैंचीलाई विदेशी अनुसन्धाताले भने ‘उत्कृष्ट’ भन्दै प्रशंसा गरेका छन् । नेपालका निर्यातजन्य प्रमुख दुई कृषि उत्पादन अदुवा र अलैंची गुणस्तरीय रहेकै कारण विभिन्न पाँच मुलुकका अनुसन्धाताले लामो समय लगाएर अध्ययन समेत गरेका छन् ।

निगमले सञ्चय कोषसँगै २५ अर्ब ऋण लिने

निगमले सञ्चय कोषसँगै २५ अर्ब ऋण लिने

आइतबार, १६ माघ २०७३

नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) जहाज खरिदका लागि आवश्यक २५ अर्ब रुपैयाँबराबरको ऋण सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषबाटै लिने भएको छ ।

सेयर बजारको पैसा बैंकतिर

आइतबार, १६ माघ २०७३

ब्याज उच्च दरले बढेपछि ठूला लगानीकर्ताले सेयर बेचेर बैंकमा पैसा राख्न थालेका छन् । बैंकले मुद्दती खातामा वार्षिक १२ प्रतिशतसम्म ब्याज दिन थालेपछि सेयर बिक्री गरेर बैंकमा पैसा राख्न थालेका हुन् । सेयरमा लगानी गर्नुभन्दा बैंकमा जम्मा गर्दा जोखिम कम हुन्छ ।

नुनको मूल्य बढाउन प्रस्ताव

नुनको मूल्य बढाउन प्रस्ताव

आइतबार, १६ माघ २०७३

आम्दानीको तुलनामा अधिकांश उपभोग्य वस्तुको भाउ बढेर सर्वसाधारण आजित भइरहेको बेला दैनिक जीवनमा नभई नहुने नुनको मूल्य वृद्धि गर्ने प्रस्ताव गरिएको छ ।

गणतन्त्र स्मारक अन्तिम चरणमा

आइतबार, १६ माघ २०७३

सरकारले नारायणहिटी दरबार परिसरमा बनाउन लागेको गणतन्त्र स्मारक अन्तिम चरणमा पुगेको छ । स्मारकको अधिकांश भौतिक संरचना निर्माण भएको र आगामी वैशाख मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गरिने लक्ष्य राखिएको सहरी विकास तथा भवन निर्माण विभाग इन्जिनियर कृष्णकुमार कार्कीले जानकारी दिए । ०६९ चैतबाट सुरु भएको स्मारक झन्डै डेढ वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको हो ।

‘मिलेमतो’ मा वन फँडानी तीव्र

‘मिलेमतो’ मा वन फँडानी तीव्र

आइतबार, १६ माघ २०७३

जिल्लाको दक्षिणी जोरायल क्षेत्रमा ठूलो मात्रामा सल्लाको वन फडानी भइरहेको छ । फडानीमा उपभोक्ता, ठेकेदार र वन कर्मचारीको मिलेमतो देखिएको छ ।

थपिँदै २५ मेगावाट बिजुलीे, वीरगन्ज पनि लाेडसेडिङ मुक्त हुने

थपिँदै २५ मेगावाट बिजुलीे, वीरगन्ज पनि लाेडसेडिङ मुक्त हुने

आइतबार, १६ माघ २०७३

केन्द्रीय प्रसारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगावाट बिजुली ल्याउन लागेको हो ।

चितवन निकुञ्जमा अर्को अर्ना थपियो

चितवन निकुञ्जमा अर्को अर्ना थपियो

शनिबार, १५ माघ २०७३

कोसीटप्पु वन्यजन्तु आरक्षबाट आज थप एउटा अर्ना चितवन निकुञ्ज ल्याइएको छ। शुक्रबार दुईवटा अर्ना ल्याएर चितवन निकुञ्जमा सार्वजनिक गरिएकोमा शनिबार बिहान थप अर्काे पोथी अर्ना चितवन निकुञ्जमा थपिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालनमा

हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालनमा

शनिबार, १५ माघ २०७३

लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन शनिबारदेखि सञ्चालनमा आएको छ।

रुद्राक्ष व्यापार खस्कियो

रुद्राक्ष व्यापार खस्कियो

शनिबार, १५ माघ २०७३

चीनका उपभोक्ताले गुणस्तरीय रुद्राक्ष मात्र खरिद गर्न थालेपछि दुई वर्षयता व्यापार खस्किएको छ। यसले व्यापारीभन्दा बढी रुद्राक्षखेती गरिरहेका पहाडी क्षेत्रका किसान मारमा परेका छन्। नेपालमा उत्पादन हुने रुद्राक्षको सबैभन्दा ठूलो बजार चीन हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।