२५ लाख बढीको सिमी, फापर किन्दै खाद्य संस्थान

शुक्रबार, ०७ माघ २०७३

नेपाल खाद्य संस्थान मुगु शाखाले २५ लाख बढी मुल्यको जिल्ला भित्रबाट उत्पादित अर्गानिक खाद्य बस्तु सिमी र फापर खरिद गर्ने भएको छ।

मापदण्ड पूरा नगर्ने पेट्रोल पम्प बन्द गर्ने

मापदण्ड पूरा नगर्ने पेट्रोल पम्प बन्द गर्ने

शुक्रबार, ०७ माघ २०७३

मुलुकभर सञ्चालनमा रहेका पेट्रोल पम्पले पूर्वाधार निर्माणको मापदण्ड पूरा नगरे नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आपूर्ति बन्द गर्ने भएको छ। निगमले तयार गरेको 'पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको छैठौं संशोधन २०७३' मा पम्पस्थलमा पूर्वाधारका नयाँ सर्त र मापदण्ड तयार गर्दै कार्यान्वयन नगर्नेलाई चार महिनामा कारबाही अघि बढाउने जनाएको छ।

उर्जा व्यापारले नेपालको अर्थतन्त्र ३९ प्रतिशत बढ्ने

उर्जा व्यापारले नेपालको अर्थतन्त्र ३९ प्रतिशत बढ्ने

शुक्रबार, ०७ माघ २०७३

नेपाल र भारतबीचको बढ्दो ऊर्जा व्यापारले गर्दा अबको २८ वर्षपछि (सन् २०४५ सालसम्म) मा नेपालको कुल ग्रार्हस्थ उत्पादन  १३ हजार १ सय अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। नेपाल र भारतबीचको विद्युत व्यापारबाट हुने आर्थिक लाभसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन अनुसार उक्त प्रक्षेपण हाल भइरहेको व्यापारभन्दा ३९ प्रतिशत बढी हो।

वाणिज्य बैंक भारत र चीनमा विस्तार गरिने

वाणिज्य बैंक भारत र चीनमा विस्तार गरिने

शुक्रबार, ०७ माघ २०७३

राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा पनि बैंकिङ सेवा विस्तार गर्ने तयारी सुरु गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष रविन्द्रप्रसाद पाण्डेले भारतमा शाखा खोल्ने निर्णय भइसकेकाले छिटोभन्दा छिटो शाखा विस्तारमा लागेको बताए। राजधानीमा बिहीबार आयोजित बैंकको ५२औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष पाण्डेले उक्त जानकारी दिएका हुन्।

दुई वाइड बडी बेच्न एएआर टोली नेपालमा

दुई वाइड बडी बेच्न एएआर टोली नेपालमा

शुक्रबार, ०७ माघ २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुईथान ठूला (वाइड बडी) जहाज बिक्री गर्न अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसनका दुई उच्च अधिकारी नेपाल आएका छन्।

भन्सार राजश्व असुली लक्ष्यभन्दा बढी

भन्सार राजश्व असुली लक्ष्यभन्दा बढी

बिहिबार, ०६ माघ २०७३

आयात निर्यात ब्यपारको हिसाबले देशको प्रमुख भन्सार नाकाबाट चालु आर्थिक बर्ष २०७३-०७४ को पहिलो ६ महिनामा निर्धारित लक्ष्यभन्दा ५.८८ प्रतिशतले बढी राजश्व संकलन भएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः ट्रयाक खोल्ने जिम्मा सेनालाई दिने तयारी

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः ट्रयाक खोल्ने जिम्मा सेनालाई दिने तयारी

बिहिबार, ०६ माघ २०७३

बारा जिल्लाको निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थल(एसआईए)का लागि आवश्यक पहूँच मार्ग तथा परिधीय मार्गको ट्रयाक खोल्नेलगायत प्रारम्भिक कामको जिम्ममा नेपाली सेनालाई दिन सरकारले तयारी अघि बढाएको छ।

फागुनसम्म खर्च नगरे पुँजीगत बजेट खोसिने

फागुनसम्म खर्च नगरे पुँजीगत बजेट खोसिने

बिहिबार, ०६ माघ २०७३

आधा आर्थिक वर्षसम्ममा ११.३० प्रतिशतमात्र खर्च गरेको सरकारको विकास खर्च वर्षान्तसम्ममा ८० प्रतिशत बनाउन अर्थ मन्त्रालयले समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालीन कार्यान्वयन कार्ययोजना जारी गरेको छ।

फोर–जी चलाउने ४० हजार पुगे

फोर–जी चलाउने ४० हजार पुगे

बिहिबार, ०६ माघ २०७३

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा चौथो पुस्ताको मोबाइल प्रविधि (फोर–जी) चलाउने ग्राहक संख्या ४० हजार पुगेका छ। टेलिकमले जिएसएम पोस्टपेडमा फोर–जी सञ्चालन गरेको झन्डै १५ दिनमा ४० हजार ग्राहकले उक्त सेवा लिएका छन्।

समस्यामा परेका कामदारलाई सहयोग बढाइँदै

बिहिबार, ०६ माघ २०७३

रोजगारीमा विदेश पुगेका कामदार समस्यामा पर्ने क्रम बढेपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहयोगको रकम बढाउँदै लगेको छ। करार अवधिमा ज्यान गुमाएका व्यक्तिका परिवार तथा अंगभंग भएका व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको बोर्डले कामदारलाई खानाको रकम पनि बढाउँदै लगेको हो।

जलविद्युत् आयोजनाको काम तीव्र

जलविद्युत् आयोजनाको काम तीव्र

बिहिबार, ०६ माघ २०७३

सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु भएपछि म्याग्दीमा जलविद्युत् आयोजनाको कामले गति लिएको छ। नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरेपछि लामो समयदेखि रोकिएको जलविद्युत् आयोजना निर्माणको काम अघि बढेको हो ।

१० दिनमै २ अर्ब ३५ करोड लगानी प्रतिबद्धता

१० दिनमै २ अर्ब ३५ करोड लगानी प्रतिबद्धता

बुधबार, ०५ माघ २०७३

ऊर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी, जनताको लगानी कार्यक्रममा जनसहभागिता उत्साहजनक देखिएको छ।

महिलाले खोले गाउँमै सेनेटरी प्याड उद्योग

महिलाले खोले गाउँमै सेनेटरी प्याड उद्योग

बुधबार, ०५ माघ २०७३

धादिङको धादिङ गाविसका महिलाहरुले महिनावारी हँदा प्रयोग गरिने सेनेटरी प्याड उद्योग सञ्चालनमा ल्याएका छन्।

२ वर्षमा ५० विषयगत कानुनको मस्यौदा संशोधन आवश्यक

बुधबार, ०५ माघ २०७३

नेपालले कालो धन ओसारपसार तथा सम्पत्ति शुद्धीकरण निवारणका विभिन्न विश्वस्तरीय मञ्चमा गरेका वाचा पूरा गर्न अनुमानित ५० वटा विषयगत कानुनको मस्यौदा स्वःमूल्यांकनले औंल्याए बमोजिम आगामी २ वर्षभित्र संशोधन गर्नु आवश्यक रहेको छ ।

माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर

माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर

बुधबार, ०५ माघ २०७३

नेपाल टेलिकमले माघ २२ गतेदेखि जिएसएम प्रिपेड मोबाइलमा समेत फोरजी सेवा उपलब्ध गराउने भएकाे छ।

मकै खेतीमा किसानको आकर्षण

मकै खेतीमा किसानको आकर्षण

बुधबार, ०५ माघ २०७३

नुदान पाइने भएपछि मोरङका किसान मकै खेतिमा आकर्षित हुन थालेका छन्। उन्नत बीउ र कृषि यन्त्रमा अनुदानले किसानलाई मकै खेतिमा आकर्षित गरेको हो। मोरङको दक्षिणी भारतस“ग सीमा जोडिएका गाविसमा केही बर्ष यता मकै खेती गर्ने किसान बढेका छन्।

मागेजति दिएन भारतले भारु

मागेजति दिएन भारतले भारु

बुधबार, ०५ माघ २०७३

रत सरकारले पाँच सय र हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले मागेजति भारु नोट दिन छाडेको छ । उसले ठूला नोटमा लगाएको प्रतिबन्धपछि भारतमै साना दर (सय, पचास) का नोट अभाव भएको भन्दै नेपालले मागजति नदिएको हो ।

चिनियाँ जहाज र पाइलट तयार, यात्रु छैनन्

चिनियाँ जहाज र पाइलट तयार, यात्रु छैनन्

बुधबार, ०५ माघ २०७३

प्राविधिक समस्याका कारण डेढ महिना थन्किएको नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज मर्मतपछि बल्ल उड्न तयार भयो । त्यहीअनुसार निगम व्यवस्थापनले दुई गन्तव्यका लागि उडान तालिका सार्वजनिक ग¥यो ।

नेपाल टेलिकमका ‘७० लाख ग्राहक !’

नेपाल टेलिकमका ‘७० लाख ग्राहक !’

बुधबार, ०५ माघ २०७३

संसद्को सार्वजनिक लेखा समितिको बैठकमा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दीगम्भर झा बोल्दै थिए। उनले भने, ‘म हजुरहरूसमक्ष एक वास्तविकता देखाउन चाहन्छु।’

हिमालय माघ २८ देखि मलेसिया उड्ने, दुईतर्फी भाडादर २५ हजार

हिमालय माघ २८ देखि मलेसिया उड्ने, दुईतर्फी भाडादर २५ हजार

मङ्गलबार, ०४ माघ २०७३

हिमालय एअरलाइन्स्ले जनवरीभित्र दुई नयाँ गन्तब्यहरुमा उडान सेवा विस्तार गर्ने भएको छ। काठमाडौं केन्द्र बनाएर दोहा र कोलम्बो उडान गर्दै आएको कम्पनीले आफ्नो दोस्रो नयाँ एअरबस ३२०–२१४ बाट मलेसियाको क्वाललाम्पुर तथा म्यानमारको याङ्गुन उडान गर्ने जनाएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।