मन्त्रीको घरमा बम विष्फोट

मन्त्रीको घरमा बम विष्फोट

शनिबार, ०९ मङि्सर २०७४

पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ । शनिबार बिहान ५ बजे सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगञ्जस्थित मन्त्री श्रेष्ठको घरलाई लक्षित गर्दै प्रेसर कुकर बम विष्फोट गराइएको हो ।

बस दुर्घटनामा एकको मृत्यु, चार जना गम्भीर घाइते

शनिबार, ०९ मङि्सर २०७४

शुक्रबार राति तनहुँको म्याग्दे ६ अकलामा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ४ जना यात्रु गम्भीर घाइते भएका छन् ।

जीप दुर्घटनामा नवदम्पती प्रहरी निरीक्षकसहित सातको मृत्यु

जीप दुर्घटनामा नवदम्पती प्रहरी निरीक्षकसहित सातको मृत्यु

शनिबार, ०९ मङि्सर २०७४

पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुम सदरमुकाम मुसीकोट खलंगा आउँदै गरेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । ग१ज ४२६० नं. को जीप मुसीकोट नगरपालिका वडा नं. ६ कालिमाटिमा दुर्घटना भएको हो ।

अनुकूलन कोषलाई वैधता प्रदान

अनुकूलन कोषलाई वैधता प्रदान

शनिबार, ०९ मङि्सर २०७४

जलवायु परिवर्तनसम्बन्धी २३औं बोन सम्मेलनले अतिकम र विकासशील मुलुकहरूलाई प्रत्यक्ष रुपमा फाइदा हुने एउटामात्र निर्णय गरेको छ।  कात्तिक २० देखि मंसिर २ सम्म जर्मनीको बोनमा भएको सम्मेलनले दुई वर्षअघि जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले रोकेको ‘अनुकूलन कोष’ लाई वैधानिकता दिएर अतिकम र विकासशील मुलुकहरूलाई फाइदा पुग्ने निर्णय गरेको छ।

एमाले पार्टी कार्यालय नजिकै बम विस्फोट

शुक्रबार, ०८ मङि्सर २०७४

पोखरा लेखनाथ ९ नयाँ बजार स्थित एमाले पार्टी कार्यालय नजिकै प्रेसर कुकर बम विस्फोट भएको छ। बम विस्फोट हुँदा आसपासका घरहरुको सटर कुच्चिएका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले घटनाको पुष्टि गर्दै कुनै मानवीय क्षति नभएको जानकारी दिए ।

दलाई लामाले भ्रमको खेती गरे

दलाई लामाले भ्रमको खेती गरे

शुक्रबार, ०८ मङि्सर २०७४

धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ।

वाम गठवन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट

शुक्रबार, ०८ मङि्सर २०७४

सिरहाको मिर्चैया ५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा कुकर बम बिष्फोट भएको छ। विष्फोटबाट भवनमा सामान्य क्षती भएको छ।

घरेलु हतियार प्रहारबाट काँग्रेसका छ  कार्यकर्ता घाइते

शुक्रबार, ०८ मङि्सर २०७४

बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन रहेका छन्।  घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

निर्वाचन विरोधी गतिविधि गर्ने १६ जना पक्राउ

शुक्रबार, ०८ मङि्सर २०७४

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

पितृसत्तात्मक सोच अन्त्य गर्दै महिलाले शव बोके

शुक्रबार, ०८ मङि्सर २०७४

पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पुर्‍याएका छन्।  व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर आज विहान अन्त्येष्टिका लागि घाटसम्म पुर्‍याएका हुन्। बस्यालको गए राति मृत्यु भएको हो।

खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडियो

खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडियो

शुक्रबार, ०८ मङि्सर २०७४

पूर्वी पहाडी जिल्ला खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। बाटोमा पार गर्नुपर्ने दुधकोसीमा निर्माण सुरु गरिएको मोटरेबल पुल सम्पन्न भएपछि खोटाङ स्थायीरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसीमा निर्माण गरिएको पुल शुक्रबार बिहानदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ।

बल्दैनन् ट्राफिक बत्ती

बल्दैनन् ट्राफिक बत्ती

शुक्रबार, ०८ मङि्सर २०७४

व्यवस्थापिका संसद्को विकास समितिले गत जेठ २६ गते उपत्यकामा पाँच महिनाभित्रै ट्राफिक बत्ती जडान कार्य अघि बढाउन निर्देशन दियो ।

करेन्ट लागेर ट्रिपर चालक र सहचालकको मृत्यु

शुक्रबार, ०८ मङि्सर २०७४

दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ।

ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

शुक्रबार, ०८ मङि्सर २०७४

मोरङको बूढीगंगा गाउँपालिका– ३ स्थित कोशी राजमार्गमा ट्यांकरको ठक्करबाट बिहीबार साँझ स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन्।

दक्षिण एसियाली पत्रकार महिलाका समान समस्या

शुक्रबार, ०८ मङि्सर २०७४

दक्षिण एशियाली राष्ट्रका पत्रकार महिलाका समस्या समान रहेको सम्बद्ध महिला पत्रकारहरूले जनाएका छन् । ‘दक्षिण एशियाली महिला सञ्जाल’को ९ औं सम्मेलनमा सहभागी प्रतिनिधि पत्रकार महिलाहरूले सो कुरा बताएका हुन् ।

साझाले तिरेन घरभाडा

शुक्रबार, ०८ मङि्सर २०७४

सरकारी स्वामित्वको साझा प्रकाशनले प्रदर्शनीमार्गमा भाडामा लिएको घरको भाडा २८ महिनादेखि तिरेको छैन । साझाले विश्व भाषा क्याम्पसको भवन भाडामा लिएर आफ्ना प्रकाशन बिक्री गर्दै आएको छ ।

रसुवामा मध्यरातमा आक्रमण, प्रहरीद्वारा १३ राउण्ड हवाइफायर

शुक्रबार, ०८ मङि्सर २०७४

निर्वाचन आउन २ दिन बाँकी रहँदा रसुवामा आक्रमणको घटना बढेको छ । बिहीबार राति जिल्लाको दुई स्थानमा आक्रमण तथा झडप भएको छ ।

त्रिविले रोक्यो आइओएमको सिफारिस

शुक्रबार, ०८ मङि्सर २०७४

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट खोसिएको अधिकार फिर्ता गर्न भएका सम्झौताविपरीत त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेडिकल कलेजका सिट निर्धारण गर्ने आइओएम फ्याकल्टी बोर्डको सिफारिस लामो समयदेखि अड्काइदिएको छ ।

धनकुटामा बम विष्फोट, एक पैदालयात्री घाइते

शुक्रबार, ०८ मङि्सर २०७४

धनकुटाको फुङसुवा खोलामा बम विष्फोट भएको छ । धनकुटा नगरपालिकाको वढा नं. ९ र खाल्सा छिन्ताङ शहीदभूमी गाउँपालिका वडा नं. ७ को सीमानामा पर्ने फुङसुवा खोलामा अज्ञात समुहले बम विष्फोट गरेको छ ।

कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी

कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी

शुक्रबार, ०८ मङि्सर २०७४

मुुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्थ अर्कै छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शड्ढया छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।