फरार अभियुक्त पक्राउ

शुक्रबार, ११ जेठ २०७५

करणी गरी फरार भएको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई शुक्रबार पक्राउ गरेको छ ।  भक्तपुरकी एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले ललितपुर महालक्ष्मी नपा–७ बस्ने विक्रम बस्नेतलाई शुक्रबार भक्तपुरबाटै नियन्त्रणमा लिएको हो।

नगरवासीको घर बनाउने महानगरले बनाएन् आफ्नै घर

नगरवासीको घर बनाउने महानगरले बनाएन् आफ्नै घर

शुक्रबार, ११ जेठ २०७५

महानगरपालिकाबाट दैनिक सरदर १५ वटा भवनको नक्सा स्वीकृत हुन्छन् । यसरी प्रत्येक दिन जनताको घर तथा सार्वजनिक भवनको नक्सा स्वीकृत गर्ने कार्यालय महानगरको भने आफ्नै भवन छैन।

आँधीखोलामा डुबेर एकको मृत्यु

शुक्रबार, ११ जेठ २०७५

आँधीखोलामा डुबेर शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको भिरकोट– ३ रिजुका ६५ वर्षीय खोंचबहादुर खत्री रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।

विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग

शुक्रबार, ११ जेठ २०७५

नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन्।  विश्व थाइराइड दिवसका अवसरमा शुक्रबार चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे।

जिल्ला अस्पतालमै पानीको समस्या

शुक्रबार, ११ जेठ २०७५

जिल्ला अस्पताल सल्लेमा पानीको समस्या भएको छ। नजिकै मुहान नहुनु र गर्मी समयमा पानीको मुहान सुक्दै जाँदा कार्यालयमा पानीको समस्या भएको हो।

आमाको कुटाइले छोरीको मृत्यु

शुक्रबार, ११ जेठ २०७५

बर्दियामा एक महिलाले आफ्नै छोरीको कुटेर हत्या गरेकी छिन्। ठाकुरबाबा नगरपालिका –५ बस्ने ६५ वर्षीया आमा लोकमाया रानाको कुटाइबाट  शुक्रबार ३० वर्षीया छोरी ललिता रानाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

शुक्रबार, ११ जेठ २०७५

शुक्रबार राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर जोडेर पोष्ट गरेपछि निरौला पक्राउ

शुक्रबार, ११ जेठ २०७५

विद्युतीय सञ्जाल अपराध (साईबर क्राईम) को आरोपमा उदयपुरका एक पत्रकार पक्राउ परेका छन्। नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा प्रस्तावित उपहार एमएमका निर्देशक सरोज निरौला बिहीबार राति पक्राउ परेका हुन्।

डडेल्धुरा सदरमुकाममा खानेपानीको चरम अभाव

डडेल्धुरा सदरमुकाममा खानेपानीको चरम अभाव

शुक्रबार, ११ जेठ २०७५

बढ्दै गएको गर्मिसँगै एक साता यता डडेल्धुरा सदरमुकाम क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ। सदरमुकाम क्षेत्रमा बढ्दै गएको जनसंख्या एवम् लामो समयदेखीको खडेरीका कारण खानेपानीका मुहानमा पानीको सतह घट्दै गएपछि पानीको अभाव हुन थालेको हो।

रेडपाण्डा संरक्षणमा जुटे शिक्षक, विद्यार्थी

रेडपाण्डा संरक्षणमा जुटे शिक्षक, विद्यार्थी

शुक्रबार, ११ जेठ २०७५

सिजा गाउँपालिका–२ आधारभुत विद्यालयका छात्र विनोद शर्मा पछिल्लो समयमा रेडपाण्डाको बढ्दो चोरी तस्करीले निकै चिन्तित छन्। गाउँ नजिकैको निगाली जंगलमा देखिदै आएको रेडपाण्डा देखिन छोडेपछि उनी रेडपाण्डाको संरक्षणमा जुटेका हुन्। उनले विद्यार्थी र शिक्षकहरुलाई विश्वको दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षण अभियानमा जुट्नको लागि आह्वान गरे।

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

शुक्रबार, ११ जेठ २०७५

म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्।

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

शुक्रबार, ११ जेठ २०७५

आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

शुक्रबार, ११ जेठ २०७५

मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ।

डडेल्धुरामा  चट्याङ लागेर १३ जना घाइते

डडेल्धुरामा चट्याङ लागेर १३ जना घाइते

शुक्रबार, ११ जेठ २०७५

बिहीबार वेलुका हावाहुरीसँगै परेको चट्याङ लगोर डडेल्धुराको जोगबुढामा १३ जना घाइते भएका छन्। भित्रि मधेश जोगबुढा क्षेत्रमा पर्ने परशुराम नगरपालीका–६ छेलामा मात्रै १० जना र सोही नगरपालिका वडा नं.–७ सादनीमा तीन जना घाइते भएका प्रहरीले जनाएको छ।

संगीतकर्मी संघको महाधिवेशन शनिबार

शुक्रबार, ११ जेठ २०७५

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ ।दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ ।

कालीगण्डकीमा नुहाउँदा दुई युवा बेपत्ता

शुक्रबार, ११ जेठ २०७५

कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन्।

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

शुक्रबार, ११ जेठ २०७५

मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

शुक्रबार, ११ जेठ २०७५

जलेश्वर जनकपुर सडक खण्डअन्तर्गत पिपरा गाउँपालिका–३ शिव चौक नजिक रहेको वन टोलवामा शुक्रबार विहानै बस पल्टेर दुर्घटनाग्रस्त हुदा २५ जना यात्रु घाइते भएका छन्।

भालुको आक्रमणबाट एक घाइते

भालुको आक्रमणबाट एक घाइते

शुक्रबार, ११ जेठ २०७५

रसुवाको नौकुण्ड गाउँपालिका–३ पारच्याङमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। घाँस काट्नका लागि पाखामा पुगेका ६० वर्षीया कर्मा घलेलाई शुक्रबार बिहान ८ बजे भालुले आक्रमण गरेको हो।

नगरमा प्रशोधित पानी आपूर्ति गरिने

नगरमा प्रशोधित पानी आपूर्ति गरिने

शुक्रबार, ११ जेठ २०७५

खोटाङको दिक्तेल साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सालन हुने दिक्तेल बजार साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाको विस्तृत प्राविधिक तथा सामाजिक अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको हो।