जुवाखालबाट एक महिलासहित १४ पक्राउ

शुक्रबार, ११ जेठ २०७५

म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्।

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

शुक्रबार, ११ जेठ २०७५

आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

शुक्रबार, ११ जेठ २०७५

मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ।

डडेल्धुरामा  चट्याङ लागेर १३ जना घाइते

डडेल्धुरामा चट्याङ लागेर १३ जना घाइते

शुक्रबार, ११ जेठ २०७५

बिहीबार वेलुका हावाहुरीसँगै परेको चट्याङ लगोर डडेल्धुराको जोगबुढामा १३ जना घाइते भएका छन्। भित्रि मधेश जोगबुढा क्षेत्रमा पर्ने परशुराम नगरपालीका–६ छेलामा मात्रै १० जना र सोही नगरपालिका वडा नं.–७ सादनीमा तीन जना घाइते भएका प्रहरीले जनाएको छ।

संगीतकर्मी संघको महाधिवेशन शनिबार

शुक्रबार, ११ जेठ २०७५

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ ।दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ ।

कालीगण्डकीमा नुहाउँदा दुई युवा बेपत्ता

शुक्रबार, ११ जेठ २०७५

कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन्।

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

शुक्रबार, ११ जेठ २०७५

मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

शुक्रबार, ११ जेठ २०७५

जलेश्वर जनकपुर सडक खण्डअन्तर्गत पिपरा गाउँपालिका–३ शिव चौक नजिक रहेको वन टोलवामा शुक्रबार विहानै बस पल्टेर दुर्घटनाग्रस्त हुदा २५ जना यात्रु घाइते भएका छन्।

भालुको आक्रमणबाट एक घाइते

भालुको आक्रमणबाट एक घाइते

शुक्रबार, ११ जेठ २०७५

रसुवाको नौकुण्ड गाउँपालिका–३ पारच्याङमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। घाँस काट्नका लागि पाखामा पुगेका ६० वर्षीया कर्मा घलेलाई शुक्रबार बिहान ८ बजे भालुले आक्रमण गरेको हो।

नगरमा प्रशोधित पानी आपूर्ति गरिने

नगरमा प्रशोधित पानी आपूर्ति गरिने

शुक्रबार, ११ जेठ २०७५

खोटाङको दिक्तेल साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सालन हुने दिक्तेल बजार साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाको विस्तृत प्राविधिक तथा सामाजिक अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको हो।

खुकुरी प्रहार गरी पत्नीको हत्या

शुक्रबार, ११ जेठ २०७५

जिल्लाको माइजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूले आफ्नै पत्नीको हत्या गरेका छन्। इलाम नगरपालिका–९ गोलाखर्क भञ्ज्याङमा बस्दै आएका ३८ वर्षीया लिम्बूले बिहीबार राति २६ वर्षीया पत्नी विमला लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

गाई चराउन गएकी महिला मृत फेला

शुक्रबार, ११ जेठ २०७५

गाई चराउन गएकी एक महिला मृत भेटिएकी छन्। माथागढी–७, रहबास मौलाथरकी ४१ वर्षीया मधुमाया ठाडा मृत अवस्थामा भेटिएकी माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए।

पुल निर्माणमा ठेकेदारको अटेरी

शुक्रबार, ११ जेठ २०७५

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत कैलालीको कान्द्रा नदीमा ३० महिनामा पुल बनाउनेगरी लामा शेर्पा शाल्पा बिरुवा जेभीले ठेक्का लिएको सात वर्ष भयो। पुलको निर्माण २० प्रतिशत पनि पूरा भएको छैन। २०६८ जेठ ३१ गते उक्त कम्पनीले ६ करोड ३४ लाख रुपैयाँमा २०७० मंसिर ३० मा सिध्याउनेगरी ठेक्का लिएको थियो। हुलाकी राजमार्ग योजना धनगढीका प्रमुख मनीशकुमार शाहका अनुसार ठेकेदारको लापरबाहीले अहिलेसम्म पुल निर्माण मुस्किलले २० प्रतिशत मात्र भएको छ।

जोखिम उच्च, तयारी छैन

जोखिम उच्च, तयारी छैन

शुक्रबार, ११ जेठ २०७५

छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ। नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन।

दार्चुलामा भूकम्प

बिहिबार, १० जेठ २०७५

दार्चुला सदरमुकाम तथा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएकाे छ। विहीबार साँझ ८ बजेर १० मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।

दुई पानी उद्योगमा सिल

बिहिबार, १० जेठ २०७५

खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालयबाट पानीको गुणस्तर जाँचपास नगरिकनै पानी उत्पादन तथा बिक्रीवितरण गर्ने दुईवटा उद्योगमा सिलबन्दी गरिएको छ।

क्रिश्चियन धर्म प्रचारकबीच झडप, दुई महिला घाइते

बिहिबार, १० जेठ २०७५

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड–३ जीउँ गाउँमा एउटै धर्मका प्रचारकबीच बिवाद हुँदा भएको झडपमा बाइवल धर्म प्रचारक एक महिला घाइते भएकी छिन्।

दुर्गममा चार्टर उडान बन्द, नयाँ हवाइ भाडादर तोकियो

दुर्गममा चार्टर उडान बन्द, नयाँ हवाइ भाडादर तोकियो

बिहिबार, १० जेठ २०७५

नेपाल सरकारले चार्टर उडान बन्द गर्दै दुर्गम क्षेत्रको नयाँ हवाइ भाडादर तोकेको छ। मन्त्रीस्तरको निर्णयले बिहीबारदेखि दुर्गम तथा कर्णाली क्षेत्रमा संचालन हुने चार्टर उडान खारेजी गरेको नेपालगन्जस्थित नागरिक उडडयन प्राधिकरणले बताएको छ।

स्थानीय तहमा निगरानी बढाउँदै अख्तियार

बिहिबार, १० जेठ २०७५

स्थानीय तहमा व्यापक मात्रामा भ्रष्टाचार बढेको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली रौतहटमा सक्रिय भएको देखिएको छ। अख्तियारको हेटौँडा कार्यालयको टोली रौतहटमा तीन दिनदेखि छानबिनमा सक्रिय रहेको देखिएको छ।

प्रमुख र उपप्रमुखको विवादले न्यायिक समिति ओझेलमा

बिहिबार, १० जेठ २०७५

संविधानले स्थानीय तहको सरकार गठन भएको लामो समय बित्दा पनि प्रमुख तथा उपप्रमुखबीचको विवादले जिल्लाको अधिकांश पालिकामा इजलाश संचालन हुन सकेको छैन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।