नौ महिनादेखि तलब नपाएको गुनासो

सोमबार, ०७ जेठ २०७५

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत नगर्दा उनीहरुले तलब नपाएको गाउँपालिकाले जनाएको छ।

अर्थाभावले थन्कियो एम्बुलेन्स

अर्थाभावले थन्कियो एम्बुलेन्स

सोमबार, ०७ जेठ २०७५

अर्थाभावका कारण गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालको एम्बुलेन्स थन्किएको छ।

दुर्गम गाउँमा अफिम खेती मौलायाे

सोमबार, ०७ जेठ २०७५

नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ। कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन्। पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन्।

आगलागीबाट २५ लाखको क्षति

आगलागीबाट २५ लाखको क्षति

सोमबार, ०७ जेठ २०७५

रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा रु २५ लाखबराबरको धनमालको क्षति भएको छ ।भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ ।

विदेश त्यागेर स्वदेशमा व्यवसाय

विदेश त्यागेर स्वदेशमा व्यवसाय

सोमबार, ०७ जेठ २०७५

बराहताल गाउँपालिका–७, सुर्खेतका रोहित गरंजाले वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ३० महिना बिताए । पाँच वर्षअघि विदामा घर आएका उनी फर्केनन् । बरु स्वदेशमै व्यवसाय गर्न थाले । ‘दैनिक १६ घण्टासम्म काम गर्नु पर्दथ्यो, आम्दानी पनि सोचेजस्तो थिएन्’ उनले भने, ‘अर्काको देशमा धेरै दुःख गर्नुभन्दा स्वदेशमै केही गरौं भन्ने लागेर फेरि फर्किन् ।’

गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि...

सोमबार, ०७ जेठ २०७५

प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाए।

धरहरा दोहनमा महानगर माैन

धरहरा दोहनमा महानगर माैन

सोमबार, ०७ जेठ २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारास्थित धरहरा क्षेत्रमा रहेका संरचना हटाउन निर्देशन दिए पनि काठमाडौं महानगरपालिका चुपचाप बसेको छ । प्राधिकरणले वैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सरोकारवालाको बैठक राख्दै १५ दिनभित्र धरहरा क्षेत्रका संरचना हटाउन महानगरलाई निर्देशन दिएको थियो । प्राधिकरणले निर्देशन दिएको आइतबार ११ दिन पुग्छ । यतिका दिनसम्म धरहरा क्षेत्रका संरचना हटाउने जिम्मा पाएको महानगरपालिकाले कुनै प्रक्रिया थालेको छैन । महानगरका मेयर विद्यासुन्दर शाक्यले नै यो विषयमा चासो नदेखाएको महानगरकै कर्मचारी बताउँछन् ।

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

सोमबार, ०७ जेठ २०७५

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ। लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो। यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो

कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो

सोमबार, ०७ जेठ २०७५

अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ।  सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ।

कर्मचारी नियुक्तिमा विवादित बन्दै कर्णाली प्रतिष्ठान

कर्मचारी नियुक्तिमा विवादित बन्दै कर्णाली प्रतिष्ठान

सोमबार, ०७ जेठ २०७५

पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्मचारी नियुक्ति प्रक्रियामा विवादित बन्दै गएको छ । कर्मचारी नियुक्तिमा आफन्तलाई प्राथमकिता दिने गरेको र प्रक्रिया पूरा नगरी मनपरी नियुक्ति गरेको आरोप प्रतिष्ठानमाथि लागेको छ ।

सरकारी सवारी साधन सदुपयोगसम्बन्धी कार्यविधि निर्माण

सरकारी सवारी साधन सदुपयोगसम्बन्धी कार्यविधि निर्माण

सोमबार, ०७ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय रसुवाले ‘सरकारी सवारी साधनहरुको सदुपयोग सम्बन्धी कार्यविधि २०७५’ निर्माण गरेको छ ।

भिटामिन ‘डी’ कमीको समस्या बढ्दै

सोमबार, ०७ जेठ २०७५

जीउ दुखेर या हातखुट्टा सुन्नियो भन्दै उपचारमा पुगेका धेरै बिरामीलाई भिटामिन ‘डी’को कमी भएको पाइएको छ । जीउ दुखेर अस्पताल पुग्ने धेरैलाई भिटामिन ‘डी’को कमी भएको देखिएको छ।

सामुदायिक स्कुलमा विद्यार्थीको चाप

सामुदायिक स्कुलमा विद्यार्थीको चाप

सोमबार, ०७ जेठ २०७५

देशभरिका सामुदायिक स्कुलले विद्यार्थी नपाएर विद्यालय बन्द गर्नुपर्ने वा गाभ्नुपर्ने बाध्यता आइरहेका बेला भक्तपुरको सामुदायिक विद्यायलमा भने विद्यार्थीको चाप थेगिनसक्नु भएको छ । भक्तपुरको वागीश्वरी मावि च्याम्हासिंगले क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि भर्ना कार्य रोकेको छ।

प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन सुरु

सोमबार, ०७ जेठ २०७५

जिल्लास्थित तामाकोसी नदीबाट फेरि बालुवा तस्करी सुरु भएको छ । स्थानीय प्रशासनले रोक लगाएको एक महिना नहुँदै प्रहरीकै संरक्षणमा फेरि बालुवा तस्करी सुरु भएको स्थानीयको आरोप छ ।पुनर्निमाणका बेला बालुवा, गिटी अभावको फाइदा उठाउँदै यसअघि प्रशासनकै मिलेमतोमा जथाभाबी तामाकोसी नदी दोहन हुने गरेको थियो । त्यसको सर्वत्र आलोचना भएपछि संघ तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रशासनले नदी दोहनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

तुइनमुक्त हुँदै धादिङ

तुइनमुक्त हुँदै धादिङ

सोमबार, ०७ जेठ २०७५

तुइन र खिरखिरेमार्फत् जोखिमपूर्ण तरिकाले त्रिशुली नदी वारपार गर्दै आएका धादिङबासी झोलुंगे पुल बनेपछि हर्षित भएका छन्।

गैरकानुनी रकम उठाउने पक्राउ

सोमबार, ०७ जेठ २०७५

मलेसिया जाने कामदारबाट गैरकानुनी रुपमा पैसा असुलेको आरोपमा भिएलएन नेपाल हार्बेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठ पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

बढी रकम लिने म्यानपावर व्यवसायी पक्राउ

आइतबार, ०६ जेठ २०७५

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन्।

देखिन थाले गिद्ध

देखिन थाले गिद्ध

आइतबार, ०६ जेठ २०७५

केही वर्ष हराए पनि लोपोन्मुख अवस्थामा रहेको गिद्ध फेरि बथानमै देखिन थालेका छन् । बाजुराका विभिन्न जंगल र गाउँको छेउमा गिद्ध फेरि देखिन थालेका हुन् । वातावरण र मौसमको प्रतिकूलताले हराएको गिद्ध गाउँतिर फेरि देखिन थालेको पाण्डूसैनका दीपक बोहराले बताए ।

‘पानी नपाएर थुक निल्यौँ तर साइकललाई ब्रेक लगाएका छैनौँ’

‘पानी नपाएर थुक निल्यौँ तर साइकललाई ब्रेक लगाएका छैनौँ’

आइतबार, ०६ जेठ २०७५

दुई वर्ष भयो, पर्वतका भेषबहादुर कँडेल र झापाका युवराज मैनालीको साइकल यात्रा। पर्वतको फलेवास नगरपालिका ११ पाङराङका कँडेल र झापाको कन्काईका मैनाली, प्रदेश नं. ४ र १ का यी दुई युवाहरु अहिले अमेरिकामा छन्। ४२ औँ

पाँच लाख ठग्ने गिरी जेल चलान

आइतबार, ०६ जेठ २०७५

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।