फर्म कम्पनीमा आगलागी

मङ्गलबार, २१ मङि्सर २०७३

सुनसरीको दुहवी भलुवा नगरपालिका वाड नं ४ मा रहेको हनुमन्त ओली इन्ड्रस्ट्रिजमा आगलागी भएको छ। फर्म उत्पादन गर्दै आएको उक्त कम्पनीमा साँझ ६ बजे देखि लागेको हो।

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

मङ्गलबार, २१ मङि्सर २०७३

लागूऔषध नियन्त्रण ब्युरोका अधिकारी सोमबार अपरान्हदेखि ठमेलमा चरेश बेच्ने प्रहरीको खोजीमा सक्रिय छन्। ब्युरोले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका टर्कीस नागरिकको बयानको आधार आफुलाई प्रहरी बताउने चरेश विक्रेताको खोजी तिब्र पारेको हो।

आमाको किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

मङ्गलबार, २१ मङि्सर २०७३

आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ।

प्रदेश सीमाना हेरफेरको विरोधमा गुल्मीमा उल्टो हिडेंर प्रदर्शन

मङ्गलबार, २१ मङि्सर २०७३

सरकारले ५ नं. प्रदेश विखण्डन गरि पहाडी जिल्लालाई तराइबाट अलग गराइएको बिरुद्धमा एकहप्ता देखि आन्दोलित बनेका गुल्मीबासीले तम्घासमा उल्टो जुलुस प्रदर्शन भएको छ।

चरेससहित टर्किस नागरिक पक्राउ

मङ्गलबार, २१ मङि्सर २०७३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो चरेससहित टर्किस नागरिक पक्राउ परेका छन्।

बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

मङ्गलबार, २१ मङि्सर २०७३

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।

सवारी दुर्घटनामा तीनको मृत्यु

मङ्गलबार, २१ मङि्सर २०७३

बेग्लाबेग्लै दुर्घटनामा मंगलबार तीनजनाकाे मृत्यु भएकाे छ। चितवन रत्ननगर नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार पर्सा मटिहानी–५ बस्ने ३५ बर्षीय रामेश्वर मुखिया बिनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा उनको मृत्यु भएको छ।

नापी सर्वेक्षक पाँच हजार घुससहित पक्राउ

मङ्गलबार, २१ मङि्सर २०७३

अख्तिार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले नापी कार्यालय कलैया, बारामा कार्यरत एक नापी सर्वेक्षकलाई सेवा ग्राहीबाट घुस लिँदालिँदै मंगलबार पक्राउ गरेको छ।

क्यान्सरपीडित चौधरीबाट सहयोगको लागि आग्रह

मङ्गलबार, २१ मङि्सर २०७३

क्यान्सर रोगले पीडित पथरैया, कैलालीका ३२ वर्षीय नारायण चौधरीले आर्थिक सहयोगका लागि आग्रह गरेका छन्।

कक्षा ११ आंशिक परीक्षामा ३९.६३ प्रतिशत उत्तीर्ण

मङ्गलबार, २१ मङि्सर २०७३

राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो ।

दोस्रो विहे गर्नेलाई १ वर्ष कैद

दोस्रो विहे गर्नेलाई १ वर्ष कैद

मङ्गलबार, २१ मङि्सर २०७३

दोस्रो बिहे गरेको आरोपमा अदालती कारबाहीमा परेका यहाँका एक युवकलाई १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएको छ । बहुविबाह गरेको आरोपमा पुर्पक्षका लागि थुनमा रहेका त्रियुगा नगरपालिका १३ सुक्लाहीका मेघबहादुर मगरलाई उदयपुर जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो ।

कलंकीमा बन्दैछ नेपालकै पहिलो ‘अन्डर पास’ रोड

कलंकीमा बन्दैछ नेपालकै पहिलो ‘अन्डर पास’ रोड

मङ्गलबार, २१ मङि्सर २०७३

कलंकी चोकमा रोड क्रस गर्न पैदलयात्रीले प्रयोग गर्दै आएको दुई खम्बे आकाशे पुल (ओभर हेड पेडिस्ट्रियन ब्रिज) अहिले देख्न पाइँदैन। त्यही ठाउँको बीच सडकमा जस्तापातले घेरेर निर्माण कार्य चलिरहेको अहिले देख्न पाइन्छ। र, संभवतः अबको झण्डै डेढ वर्षपछि यहाँ देख्न सकिन्छ– ८ सय मिटर लम्बाइको एक शानदार अन्डरपास रोड। जुन खसिबजारदेखि बाफलसम्मको लम्बाइको हुनेछ।

ट्याक्टर दुर्घटना परी चालकको मृत्यु

मङ्गलबार, २१ मङि्सर २०७३

यहाँ गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको मध्यवर्ती गाविस रौता– २ रसुवा शीरमा स १ त ३१३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक राकेश बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै

मङ्गलबार, २१ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ ।

होसियार ! मन्त्रीसँग फोटो देखाएर ठग्लान्

होसियार ! मन्त्रीसँग फोटो देखाएर ठग्लान्

मङ्गलबार, २१ मङि्सर २०७३

तपाइँको सम्पर्कमा आउने कुनै ब्यक्तिले आफ्नो निकटका सरकारका प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, प्रहरीका उच्च अधिकारी वा त्यस्तै प्रभावशाली ब्यक्तिसँग रहेको बारम्बार देखाउँछ भने होसियार हुनुहोस। यस्ता ब्यक्तिले लगाउने पोशाक र मोटरगाडीको आवरणमा तपाइँ ठगिन सक्नुहुन्छ।

काम जिम्मा लिन्छन्, पूरा गर्दैनन्

काम जिम्मा लिन्छन्, पूरा गर्दैनन्

मङ्गलबार, २१ मङि्सर २०७३

गत वर्षको भूकम्पले भत्किएको स्वाँरा–६ स्थित माझथर माविको १२ कोठे विद्यालय भवन निर्माणको जिम्मा 'सेभ द चिल्ड्रेन' अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले लियो। अहिलेसम्म काम सुरु भएको छैन। यहाँका विद्यार्थी त्रिपाल र टहरामै पढिरहेका छन्।

अनाधिकृत रूपमा काराेबार भइरहेकाे दश हजार डलर बरामद

मङ्गलबार, २१ मङि्सर २०७३

दरबारमार्गस्थित होटल याक एण्ड यती परिसरमा रहेको क्यासिनो रोयलबाट अनाधिकृत रुपमा कारोबार भै रहेको १० हजार अमेरिकी डलर बरामद भएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराती अनुगमनकाक्रममा उक्त रकम बरामद गरेको हो ।

रोयल क्यासिनोबाट दस हजार अमेरिकी डलर बरामद

रोयल क्यासिनोबाट दस हजार अमेरिकी डलर बरामद

मङ्गलबार, २१ मङि्सर २०७३

दरबारमार्गस्थित होटल याक एण्ड यती परिसरमा रहेको क्यासिनो रोयलबाट अनाधिकृतरुपमा कारोबार भइरहेको १० हजार अमेरिकी डलर बरामद भएको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराति अनुगमनका क्रममा उक्त रकम बरामद गरेको हो।

चक्रपथभित्र नयाँ ट्राफिक नियम

मङ्गलबार, २१ मङि्सर २०७३

काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम घटाउन यातायात व्यवस्था विभागले चक्रपथ (रिङरोड)भित्र नयाँ ट्राफिक नियम लागू गर्ने तयारी गरेको छ। नयाँ नियमअनुसार विद्यार्थी बोक्ने सवारीसाधन बिहान ९ बजे विद्यालय पुगिसक्नुपर्ने हुन्छ।

कहिले हट्ला माइतीघर-थापाथली ट्राफिक जाम?

मङ्गलबार, २१ मङि्सर २०७३

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो समस्यामध्ये प्रमुख हो सडकमा ट्राफिक जाम। ट्राफिक जामबाट सबैभन्दा बढी सास्ती दैनिक खेप्नुपर्छ विद्यार्थी, कर्मचारी र सर्वसाधारणले। राजधानीको सबैभन्दा बढी जाम हुने सडकखण्डमा पर्छ माइतीघर–थापाथली र त्रिपुरेश्वर–टेकु–थापाथली।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।