अपहरणकारीको कब्जाबाट भागेर जोगिए रामऔतार कुर्मी

बुधबार, १५ मङि्सर २०७३

–पर्साको जिगँना हरपुर गाविसबाट आइतबार साँझ अपहरणमा परेका बीरगन्ज उपमहानगपालिका –२७ रामगढवाका ६५ वर्षीय रामऔतार कुर्मी अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन्।

एउटै हातले बर्षौंदेखि कृषिकर्म

एउटै हातले बर्षौंदेखि कृषिकर्म

बुधबार, १५ मङि्सर २०७३

एउटा हातले खेत खनेर यहाँका एकजना किसान सबैका लागि प्रेरणा बनेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका, कातिबुईका ६३ वर्षीय नारायणभक्त बकेले एउटै हातले खेत खनेर जीविकोपार्जन गर्दै आएका छन्। बेरोजगारीका नाममा हल्लेर हिँड्ने युवायुवतीका लागि उनी प्रेरणा हुन सक्छन्। बकेको जन्मैदेखि एउटा मात्रै हात छ।

मनकारी आमै, बैगुनी सरकार

मनकारी आमै, बैगुनी सरकार

बुधबार, १५ मङि्सर २०७३

२०७२ वैशाख १२ गते बिहान भूकम्प जाँदा ७८ वर्षीया कान्छीमैंया शाक्य चारतले घरको माथिल्लो तलामा थिइन्। भुइँचालोको कम्पनसँगै उनी हत्तपत्त घर बाहिर निस्किन्। भुइँचालोले उनको घर भत्कायो तर उनको हिम्मत भत्काउन सकेन।

तलेजु पुनर्निर्माण अन्तिम चरणमा

बुधबार, १५ मङि्सर २०७३

राजधानीको हनुमानढोकास्थित तलेजु मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पले क्षतिग्रस्त तलेजु मन्दिर पुनर्निमाण तीव्र गतिमा भइरहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले दाबी गरे।

सिंहदरबारमै थलियो वैद्यखाना

बुधबार, १५ मङि्सर २०७३

भारतीय योगसाधक रामदेवले नेपालमा अर्बौं लगानीका आर्युवेद उद्योग स्थापना गरिरहँदा सरकारी संयन्त्र आवश्यक सहयोगनिम्ति दिलोज्यानले जुटिरहेको देखिन्छ तर संसारकै पुराना उद्योगमा गनिने सिंहदरबार वैद्यखाना ‘राज्यको हेला’ ले थला पर्दै गएको छ।

कोटेश्वरको झेलुङ्गे पुलमुनि महिलाको शव भेटियो

मङ्गलबार, १४ मङि्सर २०७३

कोटेश्वरस्थित झोलुङ्गे पुलमुनि एक महिलाको मृत शव फेला परेका छन्। प्रहरीले मृतक व्यक्ति सोही क्षेत्रमा माग्दै हिँड्ने ४० वर्षीया भएको जनाएको छ।

प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार न्यौपाने र बोहरालाई

मङ्गलबार, १४ मङि्सर २०७३

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ।

डा. केसीको समर्थनमा जाजरकोट अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

मङ्गलबार, १४ मङि्सर २०७३

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै १६ दिन देखि अनशरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसी प्रति समर्थन जनाउँदै यहाँका स्वास्थ्यकर्मीहरुले आपतकालीन सेवा वाहेकका सवै सेवाहरु वन्द गरेका छन्।

अनुदान नपाएका भूकम्प पीडित धुरूधुरू रोए

मङ्गलबार, १४ मङि्सर २०७३

लाभग्राहीको सूचीमा नाम समावेश भए पनि लालपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएपछि भक्तपुरका भूकम्पपीडितले राहत अनुदान सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको गुनासो गरेका छन् ।

५ नं. प्रदेशको पहाडि जिल्ला ४ मा मिलाउन मगर संघको माग

मङ्गलबार, १४ मङि्सर २०७३

नेपाल मगर संघले ५ नं. प्रदेशको पहाडी जिल्लालाई ४ नं. प्रदेशमा मिसाउन माग गरेको छ। नेपाल मगर संघ, मगरात संयुक्त संघर्ष समिति र संयुक्त मगर मञ्चले मंगलबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर ५ नं. प्रदेशको पहाडी जिल्लाहरुलाई ४ नं. प्रदेशमा मिसाउन माग गरेको हो।

छुट्टा छुट्टै स्थानमा दुई शव भेटिए

मङ्गलबार, १४ मङि्सर २०७३

भक्तपुरमा एकैदिन दुई शव भेटिएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले सोमबार विहान र बेलुका गरी एकैदिन दुई छुटाछुटै स्थानमा दुई शव फेला परेको मंगलबार जनाएको छ।

मूर्ति चोरीबारे अनुसन्धान गर्न एआईजीसहितको टोली जुम्लामा

मूर्ति चोरीबारे अनुसन्धान गर्न एआईजीसहितको टोली जुम्लामा

मङ्गलबार, १४ मङि्सर २०७३

कर्णालीको चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको घटनाको छानविन गर्न एआईजी विज्ञानराज शर्मासहितको टोली जूम्ला आइपुगेको छ। उनीसंगै मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रुमख डिआईजी माधव नेपाल र सिआईवीका एक डिएसपी सहितको टोली मंगलबार जुम्ला आएका हुन्।

मृगौला पीडित स्यामकलालाई आर्थिक सहयोग

मङ्गलबार, १४ मङि्सर २०७३

दुबै मृगौला फेल भएकी असुरकोट जोगिटारी हाल दाङ लमई ११ निवासी ४५ वर्षिया श्यामकला रोकालाई विभिन्न व्यक्तिहरुले उपचारका लागि आर्थिक सहयोग गरेका छन्। इजरायलमा रोजगारी गर्ने अर्घा बेलटारीका थापा युवराजको पहलमा संकलन भएको २ लाख २१ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो।

बिजुली चोर पक्राउ, २५२ ग्राहक कारबाहीमा

बिजुली चोर पक्राउ, २५२ ग्राहक कारबाहीमा

मङ्गलबार, १४ मङि्सर २०७३

समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

ज्वाँइद्वारा ससुराको हत्या

मङ्गलबार, १४ मङि्सर २०७३

पर्सा जिल्लाको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै छोरीज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेका छन्।

बिजुली चोर्ने पक्राउ

मङ्गलबार, १४ मङि्सर २०७३

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले आव २०७३/७४ देखि यही मङ्सिरको दोस्रो हप्तासम्म तीन सय ५० विद्युत् चोरलाई पक्राउ गरी कारबाही गरेको छ।

चिरुको रौँ तस्करलाई १० वर्ष जेल सजाय

मङ्गलबार, १४ मङि्सर २०७३

दुर्लभ बन्यजन्तु चिरुको रौँ ओसारपसारमा संलग्न तिब्बतीयन नागरिकसहित ५ जनालाई १० वर्षको जेल सजाय सुनाइएको छ। जिल्ला अदालत धादिङका न्यायाधीश इश्वरराज आचार्यको इजलासले मुद्दा लगाइएका मध्ये ५ जनालाई दोषी ठहर गरी जेल सजाय सुनाएको हो।

एक वर्षमा पनि बनेन डेढ किलोमिटर सडक

मङ्गलबार, १४ मङि्सर २०७३

काठमाडौं महानगरपालिका वडा ४ स्थित कपन सरस्वतीनगरबासी घरछेउकै सडकको अवस्थादेखि आजित छन्। नहुन पनि कसरी? माघदेखि सडक प्रयोग गर्न पाएका छैनन् उनीहरुले। सास्ती उसैगरी खेपिरहेका छन्, हिलो, धुलो र दुर्गन्धको।

पशुपतिमा ६ लाख भक्तजनले छरे शतबीज

मङ्गलबार, १४ मङि्सर २०७३

बाला चर्तुदशीको अवसरमा ६ लाख भक्तजनले दीप बालेर शतबीज छरी सोमबार मनाएका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.गोविन्द टण्डनका अनुसार पशुपति क्षेत्रस्थित मृगस्थलीमा मृतकका परिवार र आफन्तले चिरशान्तिका लागि आइतबार बेलुका दीप प्रज्वलन गरी सोमबार विहान देखी शतबीज छरेर ६ लाख भक्तजनले बाला चतुर्दशी मनाएका छन्।

लोकसेवा आयोगमा अझै लाम!

लोकसेवा आयोगमा अझै लाम!

मङ्गलबार, १४ मङि्सर २०७३

लोकसेवा आयोगमा अनलाइनमार्फत आवेदन दिन सकिने प्रक्रिया सुरु भए पनि घन्टौं लाममा बस्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन। फारम अनलाइनमा भरे पनि रकम तिर्ने बेला आवेदक घन्टौं लाइन बस्नुपर्ने बाध्यता छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।