‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

शुक्रबार, ०४ जेठ २०७५

समालोचक तथा कवि नेत्र एटम (नेत्रमणि सुवेदी) पेसाले त्रिभुवन विश्वविद्यालयमा  प्राध्यापन  गर्छन्।  साहित्यको समालोचना गर्दै  आएका  एटमसँग नेपाली साहित्यमा  कविताको  उपस्थिति र समालोचनाका नयाँ आयाम अनि साहित्यको विकृतिका विविध पाटोमा आधारित रहेर  शुक्रवारकर्मी प्रजु पन्तले गरेको  कुराकानी

करोड क्लवमा ओलीको ह्याट्रिक

शुक्रबार, ०४ जेठ २०७५

गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो।

नाटकमा निखारिए बालबालिका

नाटकमा निखारिए बालबालिका

शुक्रबार, ०४ जेठ २०७५

मनस्वी दाहाल नौ कक्षामा पढ्छिन्। उनलाई घरमा बाबुआमाले पढ मात्र भनेको फिटिक्कै मन पर्दैन्। ‘पढ्नबाहेक अरु धेरै कुरा गर्न मन लाग्छ,’ उनले भनिन्, ‘त्यसैले स्कुलमा म थिएटरमा अभिनय गर्छु।’

‘ओपन टु मोर’मा लाहुरे र विपुल जोडिए

‘ओपन टु मोर’मा लाहुरे र विपुल जोडिए

शुक्रबार, ०४ जेठ २०७५

विश्वभरका सांगीतिक क्षेत्रका राम्रा कलाकारको खोजी गरी डिप्लो र मोको सहकार्यमा नयाँ सांगीतिक ट्रयाक बनाउन लागिएको ‘टुबोर्ग ओपन’मा नेपाली कलाकार -यापर लाहुरे र गायक विपुल क्षेत्री पनि जोडिएका छन्। डेनिस ब्रान्ड टुबोर्गको ‘टुबोर्ग ओपन’को सहयोगले ‘ओपन टु मोर’ अभियानमार्फत स्थानीय कलाकारबाट मानिसहरूलाई अभियानमा प्रेरित गराउन सांगीतिक कार्यक्रम गर्नेछन्।

‘मट्टी माला’ ट्रेलर

‘मट्टी माला’ ट्रेलर

शुक्रबार, ०४ जेठ २०७५

माटोभित्र पाइने बहुमूल्य धातु ‘मट्टी माला’ अर्थात सी मालाको कथा प्रस्तुत गरिएको फिल्म ‘मट्टीमाला’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा पत्रकार र फिल्मकर्मीमाझ ट्रेलर सार्वजनिक गरिएको हो।

प्रकाशको मार्मिक बोल माया

प्रकाशको मार्मिक बोल माया

शुक्रबार, ०४ जेठ २०७५

सुन्दर सपना सजाएर विदेशिए पनि स्वदेश फर्किदा काठको बाकसमा बन्द भएर फर्किने युवापुस्ताको यथार्थमाथि बनेको गीत ‘बोल माया’को भिडियो सार्वजनिक भएको छ। ललितपुरमा बुधबार आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भिडियो सार्वजनिक गरे।

फ्लोरमा सलिनमानको यात्रा

फ्लोरमा सलिनमानको यात्रा

शुक्रबार, ०४ जेठ २०७५

केही साता अघि घोषणा गरिएको फिल्म ‘यात्राः ए म्युजिकल भ्लग’ मंगलबारबाट फ्लोरमा गएको छ। राजधानीको कमलादीस्ीिथत गणेसस्थान मन्दिरमा फिल्म युनिटले पुजा गर्दै फिल्म सुटिङका लागि फ्लोरमा गएको जानकारी दिइएको हो।

बसुन्धरालाई दीर्घ साधना सम्मान

शुक्रबार, ०४ जेठ २०७५

फिल्म ‘आमा’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री बसुन्धरा भुषाललाई ‘छाँयाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिने भएको छ। छायाँछवि क्रियशनले राजधानीमा आयोजना गर्न लागेको ‘डि सिने अवार्ड’मा भुषाललाई यो सम्मान दिन लागिएको हो।

सुवेदी र थापालाई चलचित्र पुरस्कार

शुक्रबार, ०४ जेठ २०७५

चलचित्र पत्रकारिता दिवसको अवसर पारेर प्रदान गरिँदै आएको ‘चलचित्र पत्रकारिता पुरस्कार’ नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार लक्ष्मण सुवेदी र टिभि फिल्मीमा कार्यरत सन्ध्या थापालाई प्रदान गर्ने निर्णय गरेको छ। उनीहरु दुवैले नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी पुरस्कारवापत पाउनेछन्।

शाहरुखले भने– म क्रिकेट छोडिदिन्छु

शाहरुखले भने– म क्रिकेट छोडिदिन्छु

बिहिबार, ०३ जेठ २०७५

बलिउड अभिनेता एवं कोलकाता नाइट राइडर्स (केकेआर)का मालिक शाहरुख खानले आफूले क्रिकेट छोड्ने भन्दै टिमका खेलाडीलाई व्यंग्य गरेका छन्।

बक्सअफिस विवाद: हलवालासामु निर्माता लत्रिए

बक्सअफिस विवाद: हलवालासामु निर्माता लत्रिए

बिहिबार, ०३ जेठ २०७५

शेयर बाँडफाड र बक्सअफिसको मुद्दालाई लिएर जेठ १ गतेबाट आन्दोलन थाल्ने घोषणा गरेको चलचित्र निर्माता संघ अन्तिम समयमा पछि हटेको छ।

ज्ञवालीका दुई कृतिमाथि परिचर्चा

बिहिबार, ०३ जेठ २०७५

समालोचक ज्ञाननिष्ठ ज्ञवालीका दुई कृति ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ र ‘शिव एक रूप अनेक’ माथि परिचर्चा गरिएको छ।

लाङटाङको प्रचारलाई साहित्य

लाङटाङको प्रचारलाई साहित्य

बिहिबार, ०३ जेठ २०७५

पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको छ ।पर्यटकीय क्षेत्र लाङटाङको प्रचार प्रसार गर्नुका साथै तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झना गर्न पदयात्रा सञ्चालन गरिएको हो।

मूर्ख राजा, चौपट राजकाज

मूर्ख राजा, चौपट राजकाज

बिहिबार, ०३ जेठ २०७५

अंग्रेजको औपनिवेशिक शासनको उत्पीडनविरुद्ध संगठित विदोह र जातीय कट्टरता, धार्मिक संस्कारसँग जोडिएका कुरीति तथा निरर्थक पारम्परिक एवं धार्मिक कृत्यजस्ता घरेलु समस्याबाट आजित भारतीय समाजमा जागरणको दृष्टिले १९ औं शताब्दीलाई अत्यन्त महत्वपूर्ण कालखण्ड मानिन्छ । अंग्रेज शासकविरुद्ध निष्कर्षविहीन तर प्रेरक सिपाही विद्रोह र राजा राममोहन राय, हेनरी विवियन डेराजियो, देवेन्द्रनाथ ठाकुर, ईश्वरचन्द्र विद्यासागर, स्वामी रामकृष्ण परम्हंस, स्वामी विवेकानन्दजस्ता धार्मिक एवं सामाजिक सुधारका प्रवर्तकहरूको युग हो यो शताब्दी।

‘लुट’ का निर्माता वाग्ले नक्कली नोटसहित पक्राउ

बिहिबार, ०३ जेठ २०७५

चलचित्र ‘लुट’ मा निर्माता माधवराज वाग्लेले बैंक लुट्ने तरिका सिकाएका थिए । त्यो चलचित्र हेर्दा लुटिएको पैसा बोरामै बोकेर हिँडेको देखिन्छ । सोही शैलीमा नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा वाग्लेसहितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाली हजार रुपैयाँ दरका नक्कली नोटसहित चलचित्र निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरेको हो।

पाण्डे र लम्साललाई चलचित्र पत्रकारिता सम्मान

पाण्डे र लम्साललाई चलचित्र पत्रकारिता सम्मान

बुधबार, ०२ जेठ २०७५

यस वर्षको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा भएको छ। चलचित्र पत्रकार संघले प्रत्येक वर्ष जेठ ७ मा ‘चलचित्र पत्रकारिता दिवस’का अवसरमा प्रदान गर्ने सम्मान तथा पुरस्कार बुधबार घोषणा भएको हो।

हप्ता दिनमै विवादमा पर्यो सोनम कपूरको विहे

हप्ता दिनमै विवादमा पर्यो सोनम कपूरको विहे

बुधबार, ०२ जेठ २०७५

बलिउड अभिनेत्री सोनम कपूरकाे विहे विवादमा परेको छ। सोनमले अर्बपति व्यापारी आनन्द आहुजासँग वैशाख २५ गते शिख परम्पराअनुसार मुम्बईमा धुमधामका साथ विहे गरेकी थिइन्। विहेलगत्तै सोनम ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भइरहेका बेला उनी विवादमा परेकी हुन्।

लाङटाङको प्रचारका लागि 'साहित्यिक पदयात्रा'

लाङटाङको प्रचारका लागि 'साहित्यिक पदयात्रा'

बुधबार, ०२ जेठ २०७५

पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको छ। पर्यटकीय क्षेत्र लाङटाङको प्रचार प्रसार गर्नुका साथै तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झना गर्न पदयात्रा सञ्चालन गरिएको हो।

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

बुधबार, ०२ जेठ २०७५

इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ यस वर्ष कवि विनोदविक्रम केसीलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रगतिवादी साहित्यमा कलम चलाउने स्रष्टालाई दिइने पुरस्कार केसीसँगै मोदनाथ मरहट्टालाई पनि प्रदान गरिनेछ।

बाल मनोविज्ञानको ‘चंगा’

बाल मनोविज्ञानको ‘चंगा’

बुधबार, ०२ जेठ २०७५

बाल मनोविज्ञानमा आधारित रहेर कमेडी फ्लेबरमा निर्माण गरिएको फिल्म ‘चंगा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच फिल्म युनिटले पत्रकार र कलाकारमाझ ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेम, कमेडी, सस्पेन्ससँगै एक बालकलाई बन्धक बनाइएको देखाइएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।