संगीत यात्रामा स्टे ओपन

संगीत यात्रामा स्टे ओपन

मङ्गलबार, २५ बैशाख २०७५

पहिलो सांगीतिक अभियान पश्चात डेनिस ब्राण्ड टुबोर्गले ‘टुबोर्ग ओपन’ नामक कार्यक्रम पुनः आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रम अन्तर्गत यो वर्ष कलाकार ‘डिप्लो’ र ‘मो’को बीच सहकार्य गराएर विश्वभरका कलाकारहरुसँग संयोजन गरि नयाँ सांगीतिक ट्र«याकहरु बनाउने भएका छन्।

कृष्णको ‘द एसेन्ट अफ पेन’

कृष्णको ‘द एसेन्ट अफ पेन’

मङ्गलबार, २५ बैशाख २०७५

नाट्यकर्मी एवं नाटककार कृष्ण शाह यात्रीको नाटकसंग्रह ‘द एसेन्ट अफ पेन’ प्रकाशित भएको छ । लेखक यात्रीले संग्रहमा विभिन्न समयमा लेखिएका प्रतिनिधि नाटकहरुलाई अंग्रेजीमा अनुवाद गरी पुस्तक प्रकाशन गरेका हुन्।

‘नेपाललाई माया गर्छु’

‘नेपाललाई माया गर्छु’

मङ्गलबार, २५ बैशाख २०७५

१५ वर्षपछि सोमबार नेपाल आउँदा बलिउड नायिका करिश्मा कपुरको मुहारमा चकमता प्रष्ट देखिन्थ्यो । राजधानीमा सोमबारबाट सञ्चालनमा आएको मेरीगोल्ड सयपत्री ज्वेलर्सको शुभारम्भ गर्न सोमबार बिहान नेपाल आइपुगेकी उनी दिउँसो झण्डै १२ बजे दरबारमार्गमा झुल्किइन्।

‘झमक बहादुर’पनि हिन्दीको नक्कल

‘झमक बहादुर’पनि हिन्दीको नक्कल

मङ्गलबार, २५ बैशाख २०७५

नायिका केकी अधिकारीको डेब्यु निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म बलिउडको ‘मुम्बई एक्सप्रेस’सँग मेल खाने चर्चा चलेको थियो।

रोशनको तेस्रो ‘आर्या’

रोशनको तेस्रो ‘आर्या’

मङ्गलबार, २५ बैशाख २०७५

दशकदेखि गीत लेखनमा सक्रिय गीतकार रोशन भट्टराईको तेस्रो एल्बम ‘आर्या’ संगीत पारखीमाझ आएको छ । ‘बिर्सन सक्दिन’ र ‘अक्षता’ पनि रोशनले तेस्रो एल्बम श्रोतामाझ ल्याएका हुन्।

‘मलाई मनपर्ने केकी’

‘मलाई मनपर्ने केकी’

सोमबार, २४ बैशाख २०७५

नेपाली चलचित्रमा लोकप्रिय अभिनेत्री हुन्, ऋचा शर्मा । उनले अभिनय गरेको लुट, टलकजङ भर्सेस टुल्के, भिसा गर्ललगायतका उनका सफल चलचित्र हुन् । कोहलपुर एक्स्प्रेस, सुनकेसरीलगायत केही चलचित्र प्रदर्शनका क्रममा रहेका छन् । उनै ऋचा शर्माले आफूलाई प्रिय लागेका कुरा नागरिक परिवारलाई यसरी बताएकी छन् ।

कृष्णसार शिकार काण्ड : सलमानको सुनुवाई रोकियो

कृष्णसार शिकार काण्ड : सलमानको सुनुवाई रोकियो

सोमबार, २४ बैशाख २०७५

कालो हरिण (कृष्णसार) शिकार मामिलामा सोमबार (आज) हुने भनिएको बलिउड अभिनेता सलमान खान मुद्दाको सुनुवाई सरेको छ।

करिश्मा कपुर १५ वर्षपछि काठमाडौंमा

करिश्मा कपुर १५ वर्षपछि काठमाडौंमा

सोमबार, २४ बैशाख २०७५

बलिउड अभिनेत्री करिश्मा कपुर काठमाडौं आएकी छिन्। सोमबार विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी करिश्मा १५ वर्षपछि नेपाल भ्रमणमा आएकी हुन्।

रारा चिनाउँदै ड्रिम गर्ल

सोमबार, २४ बैशाख २०७५

स्वदेशी पर्यटन प्रवद्र्धन गर्न रारामा सुटिङ गरिएको नेपाली चलचित्र ड्रिम गलको छायांकन सकिएको छ। हाईप्रोफाईल लभस्टोरीमा आधारित यो चलचित्र आगामी असोज १९ गते देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछन्।

पञ्चेबाजाको लयमा राजेशपायल राई

पञ्चेबाजाको लयमा राजेशपायल राई

सोमबार, २४ बैशाख २०७५

अभिनेता गणेश बेलवासेद्वारा एक वर्ष अगाडि घोषणा गरिएको फिल्म निमार्णको काम अगाडि बढेको छ । कथा र पटकथाको काम सम्पन्न भइसकेको छ।

कबीरका लम्फू कुरा

कबीरका लम्फू कुरा

सोमबार, २४ बैशाख २०७५

फिल्म ‘लम्फू’को सुटिङताका नवनायक कबीर खड्कालाई एक स्पटब्वाईले ‘तपाईले कति पैसा हाल्नुभयो ? ’ भनेर सोध्दा उनलाई यो प्रश्न कुनै नौलो लागेन । फिल्ममा हिरो बन्नकै लागि आफै लगानी गर्नेको संख्या बढीरहेको सुनेका कबीरले स्पटब्वाईको प्रश्नलाई सहज लिए ।

प्रदीप कन्सल्टेन्सीका सद्भावनादूत

प्रदीप कन्सल्टेन्सीका सद्भावनादूत

सोमबार, २४ बैशाख २०७५

अभिनेता प्रदीप खड्का कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डर भएका छन् । प्रदिप ‘एब्रोड’ एजुकेसनका लागि १२ वर्षदेखि समयदेखि काम गर्दै आएको ‘ब्राडफोर्ड एजुकेसन कन्सल्टेन्सी’को लागि ब्रान्ड एम्बेस्डरको रुपमा चयन भएका हुन्।

राष्ट्रवादी आलिया

राष्ट्रवादी आलिया

सोमबार, २४ बैशाख २०७५

बलिउड नायिका आलिया भट्ट नयाँ फिल्म ‘राजी’मा जासूसको चरित्रमा छिन् । फिल्ममा पहिलोपटक जासूस चरित्रमा अभिनय गरेकी उनलाई आजकल राष्ट्रवादका कुरा निकै आउन थालेको छ । त्यसैकारण उनी देशका लागि निस्वार्थ भावले काम गर्ने व्यक्ति मात्र देशभक्त हुने धारणा राख्छिन्।

कृष्णसार शिकार काण्ड : जोधपुर पुगे सलमान, भोलिदेखि सुनुवाई

कृष्णसार शिकार काण्ड : जोधपुर पुगे सलमान, भोलिदेखि सुनुवाई

आइतबार, २३ बैशाख २०७५

बलिउड अभिनेता सलमान खान कालो हरिण (कृष्णसार) शिकार मामिलामा सुनुवाईका लागि आइतबार जोधपुर पुगेका छन्।

जितगढी किल्ला सडक नाटक समापन

जितगढी किल्ला सडक नाटक समापन

आइतबार, २३ बैशाख २०७५

बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ। बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र सम्बर्द्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो।

नीतालाई कलाकारिता सम्मान

नीतालाई कलाकारिता सम्मान

आइतबार, २३ बैशाख २०७५

चलचित्र पत्रकारिता दिवसको अवसर पारेर पत्रकार डब्बु क्षेत्रीलाई चलचित्र पत्रकार संघ मकवानपुरले ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’बाट सम्मानित गर्ने भएको छ। दुई दशक बढी समयदेखि चलचित्र पत्रकारितामा सक्रिय क्षत्रीलाई आगामी जेठ ७ गते मकवानपुरमा ११ हजार १ सय ११ रुपैंयाँ राशीसहित सम्मान गर्न लागेको हो।

नाफामा नाटक!

नाफामा नाटक!

आइतबार, २३ बैशाख २०७५

न करोड लगानी न त धेरै जनशक्ति। सीमित बजेट, सीमित कलाकार अनि पुग्दा दर्शक। जहाँ फिल्म लगानी उठाउन संघर्ष गरिरहेका छन् त्यही राजधानीमा मञ्चन भइरहेका नाटकले भने घाटा बेहोर्नु परिरहेको छैन। फिल्मका लागि कलाकार जन्माउने नाटकघरमा पछिल्ला वर्षमा नाटकसँगै दर्शकको संख्या बढ्दै गएपछि नाटकहरू व्यावसायिक रुपमा पनि सफल बनिरहेका छन्। रिहर्सल, मञ्च सजावटदेखि मञ्चनसम्म लाग्ने खर्च नाटकघरले नाटक देखाएरै मात्र उठाउन थालेका छन्।

सोनमको हनिमुनमा कान्स तगारो

सोनमको हनिमुनमा कान्स तगारो

आइतबार, २३ बैशाख २०७५

विवाह अघि हरेक जोडीको हनिमुन योजना हुन्छ। बलिउड अभिनेत्री सोनम कपूरले भने विवाह लगत्तै हनिमुनको अवसर भने पाउने छैनन्। बलिउड अभिनेता अनिल कपूरकी छोरी सोनम आगामी मे ८ का दिन आनन्द आहूजासँग सात फेरा लगाउँदैछिन् ।

एकल लाइभमा टिका

एकल लाइभमा टिका

आइतबार, २३ बैशाख २०७५

२१ वर्षको उमेरमा दुवै हात गुमाएका गायक तथा संगीतकार टिका बोम्जनले ‘एकल लाइभ कन्सर्ट’ गर्ने भएका छन्। तीन सयभन्दा बढी गीत सिर्जना गरिसकेका उनले आगामी जेठ २८ गते राजधानीको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा टिका गुञ्जिन लागेका हुन्।

बेनिशाको ‘ह्यापिएस्ट मोमेन्ट’

बेनिशाको ‘ह्यापिएस्ट मोमेन्ट’

शनिबार, २२ बैशाख २०७५

फोटो सुटका लागि स्टुडियो आइपुग्नु अघिसम्म अभिनेत्री बेनिशा हमालको बारम्बार आग्रह थियो, ‘तीन घन्टासम्म सुट सक्नुपर्छ है ! त्यसपछि फिल्मको सुटमा पुग्नुपर्ने छ ।’ कामको दबाबका बाबजुद उनले चैतको अन्तिम साता नागरिक परिवारलाई समय छुट्टयाएकी थिइन् । ललितपुर कुपण्डोलस्थित स्टुडियोमा भएको फोटोसुटमा उनी निर्धारित समयभन्दा १ घण्टा ढिलो आइपुगेकी थिइन् । ‘सरी है, लेट भयो,’ यसपछि उनी मेकअपमा मग्न भइहालिन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।