थ्रीडीमा आलिया

थ्रीडीमा आलिया

सोमबार, १३ कार्तिक २०७४

बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’लाई ‘थ्रीडी’ प्रविधिमा रिलिज गर्ने चर्चा चलिरहँदा अर्का फिल्म निर्माता तथा निर्देशक करण जोहारले पनि नयाँ फिल्म ‘थ्रीडी’ प्रविधिमै बनाउने घोषणा गरेका छन् । उनले बनाउन लागेको सुपरहीरो फिल्म ‘ब्रह्मास्त्र’लाई ‘थ्रीडी’ मा रिलिज गर्ने जनाएका हुन् । रणवीर कपुर र आलिया भट्टको प्रमुख भूमिका रहने यो फिल्म पौराणिक कथामा हुनेछ।

मिस वर्ल्डका लागि चीन पुगेकी निकिताको सुर्के थैली बाँडिन्

मिस वर्ल्डका लागि चीन पुगेकी निकिताको सुर्के थैली बाँडिन्

आइतबार, १२ कार्तिक २०७४

मिस वर्ल्डमा सहभागी हुन चीनको सान्या पुगेकी मिस नेपाल निकिता चाण्डकले परम्परागत नेपाली सुर्के थैली बाँढेकी छिन्। विभिन्न देशको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागि प्रतियोगीहरुलाई नेपालको चिनो भनेर उनले सुर्के थैली उपहार दिएकी हुन्।

जे छ फिल्मको नाममै छ

जे छ फिल्मको नाममै छ

आइतबार, १२ कार्तिक २०७४

गाउँदेखि सहरसम्मका समुदाय इन्टरनेट र सामाजिक सञ्जालबाट विश्व घुमिरहँदा समय–समयमा नेपाली मौलिकपन लोप हुँदै गएको आवाज उठ्ने गर्छ । बढ्दो प्रविधि र बद्लिँदो फेशनले ग्रामीण क्षेत्रको मौलिक भाषा र संस्कृतिलाई असर पारेको चर्चा पनि नचलेको होइन । जति नै चर्चा र आवाज उठे पनि ग्रामीण क्षेत्रमा बोलिने ठेट भाषाको विविधताको महत्व अहिले पनि उत्तिकै छ । सुन्दै रमाइलो लाग्ने यिनै भाषा अहिले फिल्मकर्मीका लागि नाम जुराउने राम्रो माध्यम बनिरहेको छ । नेपालमा बनेका र बन्दै गरेका फिल्महरूको नामलाई नियाल्ने हो भने पछिल्लो समयमा अधिकांश फिल्मको नाममा मौलिकपना भेटिन्छ।

पुस्तकमा लालबाबु

पुस्तकमा लालबाबु

आइतबार, १२ कार्तिक २०७४

पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको जीवनकथा अब पुस्तकमा आउने भएको छ । आफू मन्त्री हुँदा नेपालमा सरकारी जागिर खाने ग्रीन कार्डधारी कर्मचारीलाई कारबाही गर्ने कानुन लगायतका सुधार गरेर चर्चित बनेका लालबाबुको जीवनमा ‘सिंहदरबार बदल्ने संघर्ष’ शीर्षक पुस्तक पाठकमाझ आउन लागेको हो । पु्स्तक प्रकाशक नेपालयले लालबाबुको पुस्तक चाँडै बजारमा आउने जानकारी दिएको छ।

डम्फुको गीत

डम्फुको गीत

शनिबार, ११ कार्तिक २०७४

डम्फु उत्पत्तिबारे तामाङ जनमानसमा केही मिथक प्रचलित छन् । कथाअनुसार पेङदोर्जे एक सिकारी थिए । उनी एक दिन वनमा सिकार गर्न गए । धेरै दिनपछि उनी परिवारको सम्पर्कमा आए । फर्कंदा उनको हातमा डम्फु थियो ।

छोटिँदो पदमार्ग

छोटिँदो पदमार्ग

शनिबार, ११ कार्तिक २०७४

झण्डै १० वर्षअघि अन्नपूर्ण राउन्ड ट्रेकिङ रुटको यात्रा गर्न तीन हप्ता लाग्थ्यो । त्यतिबेला पर्यटकलाई यो रुटको यात्रा गराउन तीन हप्ता लागेको ट्रेकिङ गाइड सर्की शेर्पा सम्झन्छन् । अहिले भने उनी त्यो यात्रा १० दिनमै पूरा गराइदिन्छन् ।  त्यसको एउटै कारण हो– पदमार्ग पछ्याउँदै सडक निर्माण गरिनुु । सडक निर्माणसँगै पदमार्ग मासिँदै गएका छन् । त्यसको प्रत्यक्ष प्रभाव पर्यटनमा देखिएको सर्कीको अनुभव छ । ‘पहिला तीन हप्ता लाग्ने रुटमा अहिले डेढ हप्तामात्रै लाग्ने गर्छ,’ सर्कीले भने, ‘अर्को ग्रुप आए घुमायो नत्र त्यतिकै बस्नुपर्छ ।’

संग्रहालयमा बाग्मती सभ्यता

संग्रहालयमा बाग्मती सभ्यता

शनिबार, ११ कार्तिक २०७४

पाटन दरबारबाट बायाँ मोडिएर करिब सात मिनेटको भित्री बाटो हिँडेपछि पुगिन्छ, च्यासल चोक । चोकबाट केही पर देखिन्छ, एउटा अग्लो भवन । भवनको बाहिरपट्टि लेखिएको छ ‘ज्यापु प्रज्ञा भवन’ । भवनको दक्षिण ढोकाबाट भित्र छिर्नेबित्तिकै देखिन्छ, ‘ज्यापु संग्रहालय’।

भेडीखर्के साइँलाको संझनामा ठाडोभाका

भेडीखर्के साइँलाको संझनामा ठाडोभाका

शुक्रबार, १० कार्तिक २०७४

लमजुङमा ठाडो भाकाको राष्ट्रव्यापी खुल्ला दोहोरी गीत प्रतियोगिता सञ्चालन गरिएको छ। नागरिकबाट ठाडोभाका शिरोमणि उपाधि प्राप्त गरेका भेँडखिर्के साइँला अर्थात् दीर्घराज अधिकारीको ४५ औँ दिनको पुण्यतिथिमा लमजुङ, सुन्दरबजार नगरपालिका वडा नं ९ मा रहेको कृष्ण बगैँचामा सो प्रतियोगिताको सञ्चालन गरिएको हो।

सर्वनाममा ‘१० मिनेट नाटक मेला’

सर्वनाममा ‘१० मिनेट नाटक मेला’

शुक्रबार, १० कार्तिक २०७४

एउटा नाटक हेर्नकै लागि दर्शकले झण्डै एक घण्टा बढीको समय छुट्याउनु पर्ने बाध्यता छ । छोटो समयमा राम्रो नाटक हेर्ने दर्शकको चाहना पूरा नभइरहेको अवस्थामा सर्वनाम थिएटरमा १० मिनेटको नाटक मञ्चन हुने भएको छ।

‘बिग बोस’मा गीत गाउँदै दीपिका

‘बिग बोस’मा गीत गाउँदै दीपिका

शुक्रबार, १० कार्तिक २०७४

गत बुधबार बलिउड निर्देशक सञ्जय लिला भन्सालीको फिल्म ‘पद्मावती’को गीत ‘घुमर’ रिलिज भएपछि यसले सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ । खास गरी फिल्ममा नायिका दीपिका पादुकोणको भूमिकालाई लिएर उत्सुकता बढि रहँदा यिनै दीपिका गीतको प्रमोसनका लागि टेलिभिजन रियालिटी शो ‘बिग बोस’मा देखिने भएकी छिन्।

लालबाबु पण्डितको रोचक जीवन अब पुस्तकमा

लालबाबु पण्डितको रोचक जीवन अब पुस्तकमा

बिहिबार, ०९ कार्तिक २०७४

पब्लिकेशन नेपालयले फेरि एकपटक नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्रलाई आम पाठकमाझ ल्याउनेभएको छ। पूर्वी तराइको एउटा अल्पसंख्यक समुदायबाट राजनीतिमा होमिएका ती रोचक राजनीतिज्ञको जीवनी पुस्तक तराइबासीको महानपर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा गरिएको हो।

मधेशी चरित्रमा खुलेका सौगात

मधेशी चरित्रमा खुलेका सौगात

बिहिबार, ०९ कार्तिक २०७४

फिल्मी करियरमा झण्डै दुई दर्जन फिल्ममा अभिनय गरिसकेका अभिनेता सौगात मल्ल पछिल्लो समयका फिल्ममा मधेसी चरित्रमा देखिँदै आएका छन् । फिल्म ‘कागबेनी’बाट फिल्मी करियर शुरु गरे पनि उनी ‘लुट’बाट बढी चिनिए।

‘फेयर सिटी’की अभिनेत्री एमी नेपाल आउँदै

‘फेयर सिटी’की अभिनेत्री एमी नेपाल आउँदै

बुधबार, ०८ कार्तिक २०७४

आइरिस टेलिसिरियल ‘फेयर सिटी’की अभिनेत्री एमी ओडिवेर सगरमाथा बेस क्याम्प यात्राको लागि शनिबार नेपाल आउँदैछिन्। उनीले ५३६४ मिटर उचाइ रहेको सगरमाथाको दक्षिण बेस क्याम्पसम्मको यात्रा तय गर्नेछिन्। यसअघि उनले आयरल्याण्डको सबैभन्दा अग्लो १०३८ उचाईमा रहेको केरान्टो पहाड चढेकी थिइन्।

कात्तिक १६ देखि फिल्म साउथ एसिया सुरु हुँदै

कात्तिक १६ देखि फिल्म साउथ एसिया सुरु हुँदै

बुधबार, ०८ कार्तिक २०७४

दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर सुरु गरिएको ‘फिल्म साउथ एसिया’ नामक फिल्म महोत्सव कात्तिक १६ देखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुने भएको छ। भारतीय भारतीय पत्रकार शशी कुमारले महोत्सवको उद्घाटन गर्नेछन्।

‘ऐश्वर्य’ले बक्स अफिसमा ऐश्वर्य कमाउँछ ’

‘ऐश्वर्य’ले बक्स अफिसमा ऐश्वर्य कमाउँछ ’

बुधबार, ०८ कार्तिक २०७४

अनमोल केसी अभिनित ‘ड्रिम्सको एसोसिएट निर्देशक रहेका दिवाकर भट्टराई अघिल्ला पुस्ताका अभिनेता रमेश उप्रेतिको अभिनय तथा निर्माण रहेको फिल्म  ‘ऐश्वर्य’का पनि निर्देशक हुन् । उनले ‘ड्रिम्स’ झैं ‘ऐश्वर्य’ पनि ठूलो क्यानभाषमा बनेको बताए।

अन्ततः विराटसँगै गर्ने भइन अनुष्काले विवाह

अन्ततः विराटसँगै गर्ने भइन अनुष्काले विवाह

बुधबार, ०८ कार्तिक २०७४

क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको दुवैका ‘डाइहार्ड’ फ्यानका लागि दुःखको खबर छ । केही वर्षदेखि रोमान्स गरिरहेको यो जोडी चाँडै लगनगाँठो कस्दैछ । सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्ने हो भने उनीहरू आगामी डिसेम्बरमा लगनगाँठो कस्दैछन्।

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

मङ्गलबार, ०७ कार्तिक २०७४

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनकी आमा बस्ने घरमा आगलागी भएको छ । बान्द्रास्थित लामेर भवनको १३ औं तल्लामा लागेको आगलागीलार्इ पाँच वटाभन्दा बढी दमकलले नियन्त्रणमा लिएका थिए। अभिनेत्री ऐश्वर्या रायकी आमा वृन्दा राय लामेर भवनको १२ औं तल्लामा बस्ने गर्छिन् ।

दर्शकलाई ‘कोहलपुर एक्सप्रेस’ चढाउँदै केकी

दर्शकलाई ‘कोहलपुर एक्सप्रेस’ चढाउँदै केकी

मङ्गलबार, ०७ कार्तिक २०७४

सात वर्ष अघि फिल्म ‘स्वर’बाट फिल्मी अभिनयमा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले झण्डै दर्जन फिल्ममा अभिनय गरेपछि भूमिका परिवर्तन गरेकी छिन् । अभिनयमार्फत् दर्शकको मन जित्दै आएकी केकीले सोमबारबाट निर्माताको रुपमा पनि दर्शकमाझ आउने घोषणा गरेकी छिन् ।

सोनमको चित्त दुखाइ

सोनमको चित्त दुखाइ

मङ्गलबार, ०७ कार्तिक २०७४

जस्तालाई तस्तै’ व्यवहारका लागि प्रख्यात छिन् सोनम कपुर । उनलाई कसैले चित्त नबुझ्ने कुरा ग¥यो जवाफ दिन रत्तिभर पनि हिच्किचाउन्नन् । पछिल्लो समय भने सोनम निर्माणको क्रममा रहेको फिल्म ‘वीर दि वेडिङ’ सम्बन्धि समाचारले आहत भएकी छिन् । तर, उनले तुरुन्तै यसमा प्रतिक्रिया पनि दिएकी छिन् ।

सुटिङमा ‘शत्रु गते’

सुटिङमा ‘शत्रु गते’

मङ्गलबार, ०७ कार्तिक २०७४

झण्डै एक महिना अघि घोषणा गरिएको फिल्म ‘सत्रु गते’ सोमबारबाट सुटिङका लागि फ्लोरमा गएको छ । किरण केसी प्रस्तुतकर्ता रहेको फिल्म युनिटले राजधानीको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गर्दै फिल्म छायांकनका लागि वीरगन्ज प्रस्थान गरेको हो ।