उपाधिका लागि आर्मी र पुलिस भिड्ने

उपाधिका लागि आर्मी र पुलिस भिड्ने

बिहिबार, १३ माघ २०७३

दोस्रो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबलको फाइनलमा फेरि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। फाइनल खेल शुक्रबार हुनेछ। गत वर्षको फाइनलमा आर्मीले पुलिसलाई सोझो सेटमा हराउँदै उपाधि जितेको थियो।

'पिंकाथन' अभियन्ता मिलिन्द सोमन

'पिंकाथन' अभियन्ता मिलिन्द सोमन

बुधबार, १२ माघ २०७३

भारतीय सुपरमोडल मिलिन्द सोमनको काठमाडौं भ्रमणमा अनिवार्य समावेश हुने दुई गन्तव्य छन्, पशुपतिनाथ र दशरथ रंगशाला। धार्मिक आस्था राख्ने उनी पशुपतिनाथ पुग्दा सकारात्मक ऊर्जा अनुभव गर्छन्। अनि दशरथ रंगशाला त्यही ठाउँ हो, जहाँ उनले पहिलो दक्षिण एसियाली खेलकुदमा भारतका लागि पदक जितेका थिए। त्यसैले छिमेकी देशको भ्रमणमा आउँदा उनले यी दुई ठाउँ पुग्न छुटाएका छैनन्।

एनओसी विवाद चर्कंदै

बुधबार, १२ माघ २०७३

नेपाल ओलम्पिक कमिटी (एनओसी)को वैधानिकता विवादले ललितपुर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर मंगलबार दिनभर तनावपूर्ण भयो।

माल्दिभ्स जाने महिला भलिबल टोलीको विदाइ

बुधबार, १२ माघ २०७३

नेपालको राष्ट्रिय महिला भलिबल टोली पहिलोपल्ट अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)को आधिकारिक प्रतियोगिता खेल्न बुधबार माल्दिभ्स जाँदैछ ।

काठमाडौंमा पनि पिंकाथन हुने

बुधबार, १२ माघ २०७३

पाँच वर्षअघि भारतको मुम्बईबाट सुरु भएको पिंकाथन यस वर्षबाट काठमाडौंमा पनि हुने भएको छ। लिजरपोर्टको आयोजना तथा नेपाल एथलेटिक्स संघको सहयोगमा हुने प्रतियोगिता फागुन १३ गते दशरथ रंगशालामा हुनेछ।

पाहुना टोलीलाई हराएर संकटा सेमिफाइनलमा

बुधबार, १२ माघ २०७३

सिएमजी संकटा क्लब यहाँ जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पाहुना टोली बंगलादेशको नारायणगन्ज फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो।

एनओसीमा राणा पक्षको 'कब्जा'

एनओसीमा राणा पक्षको 'कब्जा'

मङ्गलबार, ११ माघ २०७३

ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा सर्वोच्च अदालतबाट ब्युँताइएको रुक्मसम्शेर राणा नेतृत्वलाई स्थापित गरेको छ।

सशस्त्रले ब्याडमिन्टन र लन टेनिस हुँदै

मङ्गलबार, ११ माघ २०७३

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको १३ औं तथा राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको चौथो संस्करण माघ १६ गतेबाट गर्ने भएको छ। सहवीर स्मृती खुल्ला लन टेनिसको नवौं संस्करण भने माघ १३ गतेबाट हुने भएको छ।

ह्वाटमोर राजधानीमा

मङ्गलबार, ११ माघ २०७३

श्रीलंकालाई १९९६ मा एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जिताएका प्रशिक्षक डेभ ह्वाटमोरले सोमबार ‘ब्याट एन्ड बल फाउन्डेसन’ (बिटुएफ)को उद्घाटन गरेका छन्। भावना घिमिरे कार्यकारी निर्देशक रहेको ब्याट एन्ड बल फाउन्डेसन नेपाली क्रिकेट विकासमा सहयोग पुर्‍याउन स्थापना गरिएको हो।

नेपाल समूह एफमा

मङ्गलबार, ११ माघ २०७३

एएफसी एसिया कप छनोट फुटबलमा नेपाल समूह 'एफ'मा परेको छ। सन् २०१९ मा संयुक्त अरब इमरेट्स (युएई)मा हुने प्रतियोगिताका लागि सोमबार दुबईमा खेल तालिका सार्वजनिक भएको थियो। नेपालले समूह 'एफ'मा यमन, ताजिकिस्तान र फिलिपिन्ससँग होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछ।

धरानमाथि मनाङको सहज जित

धरानमाथि मनाङको सहज जित

सोमबार, १० माघ २०७३

धरान फुटबल क्लबमाथि सहज जित निकाल्दै लक्ष्मीहुन्डाई मनाङमर्स्याङदी क्लब आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मनाङले आइतबार धरानलाई ४–१ ले सहजै पाखा लगायो। मनाङको जितमा सुजल श्रेष्ठ र अनिल गुरुङले समान २/२ गोल गरेका छन्।

प्रेमको विस्फोटक ब्याटिङ

सोमबार, १० माघ २०७३

प्रेम तामाङको अलराउन्ड प्रदर्शनप्रेरित सुरक्षण क्रिकेट क्लबले आइतबार खुकुरी च्यालेन्जर कप क्रिकेटमा एसएमसी बानेश्वरलाई १ सय ४१ रनले पराजित गरेको छ। प्रेमले ५३ बलमा २ छक्का र १० चौका प्रहार गर्दै ८५ रन बनाएका थिए भने ४ ओभरमा १४ रन दिएर ४ विकेट लिएका थिए।

राष्ट्रियस्तरको भलिबल फागुनमा

सोमबार, १० माघ २०७३

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा अभियानले फागुनमा राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता गर्ने भएको छ। फागुन १०–१३ सम्म काठमाडौंमा हुने प्रतियोगितामा ३ विभागीय र ५ क्षेत्रीय गरी ८ टोलीको सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।

आर्मी र पुलिसको जित

सोमबार, १० माघ २०७३

साबिक विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता नेपाल पुलिस क्लबले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार लगनखेलस्थित आर्मीको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्ड हलमा आयोजक आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई सोझो सेटमा २५—१५, २५—१९,  २५—२० ले पराजित गर्‍यो।

रोमाञ्चक मोडमा दोस्रो टेस्ट

रोमाञ्चक मोडमा दोस्रो टेस्ट

आइतबार, ०९ माघ २०७३

शाकिब अल हसनले अन्तिम सेसनमा ३ विकेट लिएपछि बंगलादेश र  न्युजिल्यान्डबीचको दोस्रो टेस्ट रोमाञ्चक बनेको छ। बंगलादेशले पहिलो इनिङमा २ सय ८९ रन बनाएको थियो। त्यसपछि ब्याटिङ थालेको घरेलु टोली २५२–४ को सहज स्थितिमा थियो।

ढोरपाटन भलिबलले पायो नयाँ च्याम्पियन

ढोरपाटन भलिबलले पायो नयाँ च्याम्पियन

आइतबार, ०९ माघ २०७३

रिड मोडल कलेजले पहिलो सहभागितामै नेपाली भलिबलको चर्चित प्रतियोगिता ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि जितेको छ। भारतीय खेलाडीको साथ पाएको रिड मोडलले नेपाली भलिबलका शक्तिशाली टोली एपिएफ, न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चललाई पन्छाउँदै ढोरपाटनको उपाधि जित्यो।

राखेपद्वारा कार्यदल गठन

आइतबार, ०९ माघ २०७३

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले 'आठौं राष्ट्रिय खेलकुद पूर्वाधार तयारी अध्ययन कार्यदल' गठन गरेको छ। आठौं राष्ट्रिय खेलकुद २ वर्षपछि मध्यपश्चिममा हुँदैछ। राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार र तयारीसम्बन्धमा अध्ययन गर्न सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको राखेपले जनाएको छ।

सहारा अन्तिम चारमा

सहारा अन्तिम चारमा

आइतबार, ०९ माघ २०७३

पाहुना भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक सहारा आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ। सहाराले सिक्किम युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो।

खर्चमा अंकुश लगाउँदै चीन

खर्चमा अंकुश लगाउँदै चीन

शनिबार, ०८ माघ २०७३

चीनियाँ फुटबल क्लबले विदेशी खेलाडी भित्र्याउन खर्चिने ठूलो धनराशीमा अंकुश लगाइने भएको छ। यसका लागि क्लबले भित्र्याउने विदेशी खेलाडी संख्या घटाउने चीनले यसै साता घोषणा गरेको छ। पछिल्लो समय इङलिस क्लब चेल्सीबाट ठूलो रकममा डिएगो कोस्टा चिनियाँ क्लबमा आबद्ध हुने समाचारले फुटबल जगत तरंगित भएको थियो।

'भारत खतरनाक खेलाडी हुनसक्छ'

'भारत खतरनाक खेलाडी हुनसक्छ'

शनिबार, ०८ माघ २०७३

विश्व फुटबलको ध्यान यतिबेला चीनले तानेको छ। पछिल्लो समय चीनिया सुपर लिगका क्लबले खेलाडीका लागि खर्चेको ठूलो रकम विश्वभरका संचार माध्यमको आकर्षण बनिरहेको छ। तर आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले सरुवा बजारमा भारत खतरानाक खेलाडीको रुपमा उदाउने भविश्यवाणी गरेका छन्।