श्रेष्ठताको लडाईँमा मनाङ र झापा

श्रेष्ठताको लडाईँमा मनाङ र झापा

सोमबार, २४ माघ २०७३

रमपम झापा गोल्डकप फुटबलको उपाधिका लागि आयोजक झापा ११ र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सोमबार आमने–सामने हुँदैछन्। केही वर्षयता नेपाली फुटबलमा बलियो उपस्थिति देखाएको घरेलु टोली झापा र स्टार खेलाडीको बाहुल्य रहेको परम्परागत महारथी मनाङबीचको निर्णायक भीडन्त 'टफ' हुने अपेक्षा सबैको छ।

राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता विद्यालयलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता विद्यालयलाई

सोमबार, २४ माघ २०७३

नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनता माध्यामिक विद्यालयले प्राप्त गरेको छ। तीन सय २० मेडलका लागि खेलमा ७१ विद्यालयलाई पछाडि पार्दै जनता विद्यालयले उपाधि हात पारेको हो।

विश्वकपमा नेपालको अर्को हार

सोमबार, २४ माघ २०७३

दोस्रो दृष्टिविहिन ट्वान्टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको छ।

लिपजिगको मौका गुम्यो

सोमबार, २४ माघ २०७३

पिरे इमेरिक औबामेयाङले सिजनको १७औं गोल गरेको दिन शनिबार बोरुसिया डर्टमन्डले आरबी लिपजिगलाई १–० को नतिजामा पराजित गरेको छ।

टोरेसको दुई गोल

सोमबार, २४ माघ २०७३

लियोनल मेसीले फ्रि–किकमा क्लबका लागि सबैभन्दा धेरै गोल गरेको दिन बार्सिलोनाले शनिबार एथलेटिक बिल्बाओलाई ३–० ले पराजित गरेको छ। जितसँगै सबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष क्लब रियाल मड्रिडसँगको दुरी घटाएको छ।

सुनीलको कीर्तिमानी प्रदर्शन

सुनीलको कीर्तिमानी प्रदर्शन

आइतबार, २३ माघ २०७३

सुनील थापा मगरले कीर्तिमानी प्रदर्शन गर्नाका बावजुद शनिबार नेपाल दोस्रो दृष्टिबिहिन ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिजसँग ४३ रनले पराजित भएको छ। जारी प्रतियोगितामा यो नेपालको चौथो हार हो।

आइसिसीमा संरचना परिवर्तनको प्रस्ताव

आइतबार, २३ माघ २०७३

टेस्ट र एक दिवसीय क्रिकेट संरचनामा परिवर्तन गर्दै अफगानिस्तान र आयरल्यान्डलाई टेस्टको मान्यता दिन सक्ने शुक्रबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को कार्यसमिती वैठकमा दुई वर्षे टेस्ट लिग, १३ राष्ट्र सम्मिलित एक दिवसीय लिग र ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि क्षेत्रीय छनोट खेलको विषय प्रस्ताव गरिएको क्रिकइन्फो डटकमले जनाएको छ।

आर्मीको विजयी सुरुआत

आर्मीको विजयी सुरुआत

आइतबार, २३ माघ २०७३

त्रिभुवन आर्मी क्लवले पोखरा रंगशालामा शनिबार सुरु सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिवल प्रतियोगिताको उदघाटन खेलमा अर्काे विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लवमाथि ३–० को सोझो सेटमा विजय हासिल गरेको छ।

आर्मीसँग बदला लिँदै मनाङ फाइनलमा

आइतबार, २३ माघ २०७३

साबिक विजेता त्रिभुवन आर्मी क्लबलाई शनिबार १–० को नतिजामा हराउँदै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब रमपम झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ। फाइनलमा आयोजक झापासँगको भेट पक्का गरेसँगै मनाङ एकै सिजनमा उपाधि ह्याटि्रक गर्ने दुर्लभ सफलता नजिक पुगेको छ।

मोरङलाई बहिरा क्रिकेटको उपाधि

मोरङलाई बहिरा क्रिकेटको उपाधि

आइतबार, २३ माघ २०७३

लालन चौधरीले अलराउन्ड प्रदर्शन गरेपछि मोरङले शनिबार काठमाडौंलाई ६६ रनले निराश पार्दै राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस मैदानमा मोरङले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाई १ सय २८ रन जोडेको थियो।

वीरगञ्जको विजयी सुरुआत

वीरगञ्जको विजयी सुरुआत

आइतबार, २३ माघ २०७३

विकास राईको गोलमा पोखराको सहारा क्लबलाई १–० को नतिजामा हराउँदैं वीरगञ्ज युनाइटेड रुस्लान आठौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरेली टोलीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदैं विकासले दोस्रो मिनेटमा गरेको गोल वीरगञ्जको जितमा पर्याप्त बन्यो।

उदयपुर गोल्डकपको टाईसिट सार्वजनिक

उदयपुर गोल्डकपको टाईसिट सार्वजनिक

शनिबार, २२ माघ २०७३

आउँदो २७ गतेदेखि सुरु हुन गईरहेको उदयपुर गोल्डकपको चौथो संस्करणको खेल तालिका (टाईसिट) सार्वजनिक गरिएको छ । खेलकुदस्थल थरुहट उदयपुर रंगशालामै शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी मूल आयोजक समितिले टाईसिट सार्वजनिक गरेको हो।

अस्ट्रेलियालाई कोहलीको डर

अस्ट्रेलियालाई कोहलीको डर

शनिबार, २२ माघ २०७३

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान माइक हसीले भारतीय कप्तान विराट कोहलीको रिसाहा बानीका कारण ४ टेस्टको शृंखलामा हुनसक्ने सम्भावित विवाद पन्छाउन स्पष्ट रणनीति बनाउनु पर्ने बताएका छन्।

घरेलु मैदानमा झापाको सफलता निरन्तर

घरेलु मैदानमा झापाको सफलता निरन्तर

शनिबार, २२ माघ २०७३

घरेलु मैदानमा लगातार सफलता आत्मसात गर्ने क्रमलाई शुक्रबार सेमिफाइनलमा निरन्तरता दिँदै आयोजक झापाले लगातार दोस्रो वर्ष रमपम झापा गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ।

काठमाडौं र मोरङ फाइनलमा

शनिबार, २२ माघ २०७३

काठमाडौं र मोरङले शनिबार राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबारका सेमिफाइनलमा काठमाडौंले बाँकेमाथि ३७ रनको जित हासिल गरेको थियो भने मोरङले सुनसरीलार्य ४६ रनको अन्तरमा हराउँदै फाइनलमा एक–अर्काविरुद्धको भिडन्त पक्का गरेका थिए।

नेपालको फराकिलो हार

शनिबार, २२ माघ २०७३

पाकिस्तानका ओपनर मती उल्लाह र रिसत खानले शुक्रबार अविजित शतकीय साझेदारी गरेपछि नयाँ दिल्लीमा जारी दृष्टीविहिन ट्वान्टी–२० विश्वकपमा नेपाल १० विकेटले पराजित भएको छ। नयाँ दिल्लीमा टस हारेर ब्याटिङलाई निम्त्याइएको नेपालले ८ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो।

एपिएफलाई संकटाको प्रहार

शनिबार, २२ माघ २०७३

विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि २–० को जित हासिल गर्दै सिएमजी संकटा क्लबले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। संकटाको जितमा राज पौडेल र सुशिल केसी गोल गरेका थिए। तर खेलको नायक मार्टिन अजाई भए।

आमन्त्रण भलिबल शनिबारबाट

शनिबार, २२ माघ २०७३

सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले शनिबार प्रतिस्पर्धा गर्ने भएका छन्। पोखरामा पहिलो पल्ट हुन लागेको प्रतियोगिताअन्तर्गत महिला तर्फको खेल आइतबार देखी सुरु हुनेछ।

फागुन पहिलो सातादेखि बुढासुब्बा गोल्डकप

शुक्रबार, २१ माघ २०७३

मोफसलको चर्चित १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ।

विश्वकपमा नेपालको पहिलो जित

विश्वकपमा नेपालको पहिलो जित

शुक्रबार, २१ माघ २०७३

सुनील रानामगरको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले दोस्रो दृष्टिविहिन ट्वान्टी–२० विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ। बिहीबार नयाँदिल्लीमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो।