पहिलो ट्वान्टी-२० मा इङल्यान्डको जित

शुक्रबार, १४ माघ २०७३

कप्तान इयान मोर्गानको अर्धशतकप्रेरित इङ्ल्यान्डले बिहीबार पहिलो ट्वान्टी–२० क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको। मोर्गानले ३८ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै ५१ रन बनाए पछि भारतले दिएको १ सय ४८ रनको लक्ष्य इङ्ल्यान्डले ११ बलअघि ३ विकेट गुमाएर पुरा गरेको थियो।

एपीएफलाई स्तब्ध पार्दै पश्चिमाञ्चल तेस्रो

शुक्रबार, १४ माघ २०७३

पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले बिहीबार विभागीय टोली सशत्र प्रहरी बलको एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ।

सेमिफाइनल पुग्यो बालुवाटार

शुक्रबार, १४ माघ २०७३

मञ्जित श्रेष्ठको अर्धशतकप्रेरित सुरक्षा क्रिकेट क्लबले बिहीबार नेपाल क्रिकेट स्कुललाई ४० रनले पराजित गर्दै खुकुरी च्यालेन्जर्स कप क्रिकेटको अन्तिम ४ मा स्थान बनाएको छ। मञ्जितले ३२ बलमा ४ छक्का र ३ चौकासहित ५७ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको सुरक्षा क्रिकेटले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो।

'सहमति नगरे सरकार अघि सर्छं'

बिहिबार, १३ माघ २०७३

युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादमा दुई पक्षले आपसमा सहमति नगरे सरकारले विशेष कदम चाल्ने चेतावनी दिएका छन्। ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबार सातदोबाटोस्थित एनओसी मुख्यालयमा सर्वोच्च अदालतले ब्युँताएको राणा नेतृत्वलाई स्थापित गरेपछि विवादको पछिल्लो शृंखला सुरु भएको थियो।

सहारा उपाधि नजिक

सहारा उपाधि नजिक

बिहिबार, १३ माघ २०७३

आयोजक सहारा क्लब आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। पहिलो सेमिफाइनलमा बुधबार विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सहाराले फाइनल यात्रा तय गर्नुका साथै गतवर्ष सेमिफाइनलमा हारको साटो फेरेको छ।

खोसियो बोल्टको ओलम्पिक स्वर्ण

खोसियो बोल्टको ओलम्पिक स्वर्ण

बिहिबार, १३ माघ २०७३

सहखेलाडी नेस्टा कार्टर सन् २००८ को बेइजिङ ओलम्पिकमा डोपिङ परीक्षणमा दोषी पाइएपछि जमैकाका धावक उसेन बोल्टको एउटा ओलम्पिक स्वर्ण पदक खोसिएको छ। उनले लगातार तीन ओलम्पिकमा नौ स्वर्ण पदक जितेका थिए।

काठमाडौंमा तेक्वान्दो प्रतियोगिता

बिहिबार, १३ माघ २०७३

राष्ट्रिय आमन्त्रण संकटा रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिता राजधानीको टेबहालमा हुने भएको छ। माघ १५–१६ गते हुने प्रतियोगिता मित्सुबिसी मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता लियोन मोटर प्रालिले गर्न लागेको हो।

सेरेना पनि अन्तिम चारमा

सेरेना पनि अन्तिम चारमा

बिहिबार, १३ माघ २०७३

विश्व नम्बर २ सेरेना विलियम्सले बुधबार ब्रिटेनकी जोना कोन्टालाई २–० को सोझो सेटमा पराजित गर्दै मिर्जाना लुसिक–बारोनीसँग सेमिफाइनल भेट पक्का गरेकी छन्। यसअघि सेरेना र मिर्जाना १९ वर्षपूर्व आपसमा भिडेका थिए।

श्रीलंकाको कप्तानमा थरांगा

बिहिबार, १३ माघ २०७३

श्रीलंकाले यसै साताको अन्त्यमा दक्षिण अफ्रिकाविरुद्ध सुरु हुने एक दिवसीय शृंखलाका लागि उपुल थरांगालाई बुधबार कप्तानको जिम्मेवारी दिएको जनाएको छ। नियमित कप्तान एन्जेलो म्याथ्युज घाइते भएपछि उनको स्थानमा थरांगालाई कप्तानीको जिम्मेवारी दिइएको हो।

उपाधिका लागि आर्मी र पुलिस भिड्ने

उपाधिका लागि आर्मी र पुलिस भिड्ने

बिहिबार, १३ माघ २०७३

दोस्रो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबलको फाइनलमा फेरि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। फाइनल खेल शुक्रबार हुनेछ। गत वर्षको फाइनलमा आर्मीले पुलिसलाई सोझो सेटमा हराउँदै उपाधि जितेको थियो।

'पिंकाथन' अभियन्ता मिलिन्द सोमन

'पिंकाथन' अभियन्ता मिलिन्द सोमन

बुधबार, १२ माघ २०७३

भारतीय सुपरमोडल मिलिन्द सोमनको काठमाडौं भ्रमणमा अनिवार्य समावेश हुने दुई गन्तव्य छन्, पशुपतिनाथ र दशरथ रंगशाला। धार्मिक आस्था राख्ने उनी पशुपतिनाथ पुग्दा सकारात्मक ऊर्जा अनुभव गर्छन्। अनि दशरथ रंगशाला त्यही ठाउँ हो, जहाँ उनले पहिलो दक्षिण एसियाली खेलकुदमा भारतका लागि पदक जितेका थिए। त्यसैले छिमेकी देशको भ्रमणमा आउँदा उनले यी दुई ठाउँ पुग्न छुटाएका छैनन्।

एनओसी विवाद चर्कंदै

बुधबार, १२ माघ २०७३

नेपाल ओलम्पिक कमिटी (एनओसी)को वैधानिकता विवादले ललितपुर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर मंगलबार दिनभर तनावपूर्ण भयो।

माल्दिभ्स जाने महिला भलिबल टोलीको विदाइ

बुधबार, १२ माघ २०७३

नेपालको राष्ट्रिय महिला भलिबल टोली पहिलोपल्ट अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)को आधिकारिक प्रतियोगिता खेल्न बुधबार माल्दिभ्स जाँदैछ ।

काठमाडौंमा पनि पिंकाथन हुने

बुधबार, १२ माघ २०७३

पाँच वर्षअघि भारतको मुम्बईबाट सुरु भएको पिंकाथन यस वर्षबाट काठमाडौंमा पनि हुने भएको छ। लिजरपोर्टको आयोजना तथा नेपाल एथलेटिक्स संघको सहयोगमा हुने प्रतियोगिता फागुन १३ गते दशरथ रंगशालामा हुनेछ।

पाहुना टोलीलाई हराएर संकटा सेमिफाइनलमा

बुधबार, १२ माघ २०७३

सिएमजी संकटा क्लब यहाँ जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पाहुना टोली बंगलादेशको नारायणगन्ज फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो।

एनओसीमा राणा पक्षको 'कब्जा'

एनओसीमा राणा पक्षको 'कब्जा'

मङ्गलबार, ११ माघ २०७३

ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा सर्वोच्च अदालतबाट ब्युँताइएको रुक्मसम्शेर राणा नेतृत्वलाई स्थापित गरेको छ।

सशस्त्रले ब्याडमिन्टन र लन टेनिस हुँदै

मङ्गलबार, ११ माघ २०७३

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको १३ औं तथा राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको चौथो संस्करण माघ १६ गतेबाट गर्ने भएको छ। सहवीर स्मृती खुल्ला लन टेनिसको नवौं संस्करण भने माघ १३ गतेबाट हुने भएको छ।

ह्वाटमोर राजधानीमा

मङ्गलबार, ११ माघ २०७३

श्रीलंकालाई १९९६ मा एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जिताएका प्रशिक्षक डेभ ह्वाटमोरले सोमबार ‘ब्याट एन्ड बल फाउन्डेसन’ (बिटुएफ)को उद्घाटन गरेका छन्। भावना घिमिरे कार्यकारी निर्देशक रहेको ब्याट एन्ड बल फाउन्डेसन नेपाली क्रिकेट विकासमा सहयोग पुर्‍याउन स्थापना गरिएको हो।

नेपाल समूह एफमा

मङ्गलबार, ११ माघ २०७३

एएफसी एसिया कप छनोट फुटबलमा नेपाल समूह 'एफ'मा परेको छ। सन् २०१९ मा संयुक्त अरब इमरेट्स (युएई)मा हुने प्रतियोगिताका लागि सोमबार दुबईमा खेल तालिका सार्वजनिक भएको थियो। नेपालले समूह 'एफ'मा यमन, ताजिकिस्तान र फिलिपिन्ससँग होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछ।

धरानमाथि मनाङको सहज जित

धरानमाथि मनाङको सहज जित

सोमबार, १० माघ २०७३

धरान फुटबल क्लबमाथि सहज जित निकाल्दै लक्ष्मीहुन्डाई मनाङमर्स्याङदी क्लब आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मनाङले आइतबार धरानलाई ४–१ ले सहजै पाखा लगायो। मनाङको जितमा सुजल श्रेष्ठ र अनिल गुरुङले समान २/२ गोल गरेका छन्।