अमेरिकाको एक विद्यालयमा गोली चल्यो, दश जनाको मृत्यु

शनिबार, ०५ जेठ २०७५

अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ।

भारतको गुजरातमा सडक दुर्घटना हुँदा १९ मजदुरको मृत्यु

शनिबार, ०५ जेठ २०७५

भारतको गुजरात राज्यमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ।  भावननगर–अहमदाबाद राजमार्गमा भएको सो दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन। यस दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।

ह्यारी-मेगनकाे  विवाह आज

ह्यारी-मेगनकाे विवाह आज

शनिबार, ०५ जेठ २०७५

बेलायती राजकुमार ह्यारी र उनकी प्रेमिका अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह विन्ड्सर क्यासलमा अाज मे १९ मा हुँदैछ। उनीहरूकाे विवाहमा सर्वसाधारणलार्इ समेत अामन्त्रण गरिएकाे छ।

विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु

विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु

शनिबार, ०५ जेठ २०७५

क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो ।

अत्याधिक वर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

शुक्रबार, ०४ जेठ २०७५

अत्याधिक वर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन्।

उत्तर कोरिया र अमेरिकाको शिखर वार्ता सफल बनाउन मुनले ट्रम्पलाई भेट्ने

उत्तर कोरिया र अमेरिकाको शिखर वार्ता सफल बनाउन मुनले ट्रम्पलाई भेट्ने

शुक्रबार, ०४ जेठ २०७५

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङटन जानेभएको छ।  चाडै नै हुने भनिएको तर अनिश्चित रहेको उत्तर कोरिया र अमेरिकाको शिखरवार्ता सफल पार्ने वातावरण बनाउन मुनले ट्रम्पले भेट्ने कार्यक्रम बनाएका हुन्।

संयुक्त सैन्य अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

शुक्रबार, ०४ जेठ २०७५

उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ।

अमेरिकी गुप्तचर निकायमा  पहिलो पटक महिला निर्देशक

अमेरिकी गुप्तचर निकायमा पहिलो पटक महिला निर्देशक

शुक्रबार, ०४ जेठ २०७५

अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ले पहिलो महिला निर्देशक पाएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पले सीआईएको उपप्रमुख जिना ह्यास्पेललाई निर्देशकमा नियुक्त गर्न गरेको सिफारिशलार्इ अमेरिकी सिनेटले अनुमोदन गरेको छ।

भेनेजुएलाका राजनीतिक बन्दीद्वारा ‘विद्रोह’

भेनेजुएलाका राजनीतिक बन्दीद्वारा ‘विद्रोह’

शुक्रबार, ०४ जेठ २०७५

भेनेजुएलाको सबैभन्दा बदनाम बन्दीगृहमा राखिएका राजनीतिक बन्दीहरुले विद्रोह गरेको उनीहरुका आफन्तले बताएका छन्।

बोको हरामका १५ लडाकू मारिए, बन्धक बनाइएका ५३ जना मुक्त

शुक्रबार, ०४ जेठ २०७५

नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ।उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले जानकारी दिएका छन्।

कर्नाटकमा भाजपाको सरकार, येदियुरप्पा बने मुख्यमन्त्री

कर्नाटकमा भाजपाको सरकार, येदियुरप्पा बने मुख्यमन्त्री

बिहिबार, ०३ जेठ २०७५

भारतको कर्नाटक राज्यमा सत्तारुढ भारतीय जनता पार्टीको सरकार बनेको छ।

ट्रम्पसँगको शिखर बैठक रद्द गर्ने उत्तर कोरियाली चेतावनी

ट्रम्पसँगको शिखर बैठक रद्द गर्ने उत्तर कोरियाली चेतावनी

बिहिबार, ०३ जेठ २०७५

आफ्नो आणविक हतियार त्याग्न अमेरिकाले दबाब दिएमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताबाट फिर्ता आउने सक्ने उत्तर कोरियाले बताएको छ ।बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको बैठक जुन १२ मा एसियाली मुलुक सिंगापुरमा हुने तय भएको छ।

सरकार बनाउन नपाए कांग्रेस र जेडी (एस) सांसद धर्ना बस्ने

बिहिबार, ०३ जेठ २०७५

भारतको दक्षिणी राज्य कर्नाटकमा आफ्नो बहुमत पुष्टि गर्न गभर्नर भाजुभाइ रुदाभाइ भालाले कांग्रेस र जनता दल (सेकुलर) (जेडी–एस)लाई आमन्त्रण नगरे दुवै दलका एमएलए र सांसदले राज भवन बाहिर बिहीबार प्रदर्शन गर्ने भएका छन्।

महाथिरले अन्वार इब्राहिमलार्इ जेलबाट बाहिर निकाले,  सजाय माफी

महाथिरले अन्वार इब्राहिमलार्इ जेलबाट बाहिर निकाले, सजाय माफी

बुधबार, ०२ जेठ २०७५

मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन्। गुदमैथुनको अभियोगमा जेल परेका  इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो।

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

बुधबार, ०२ जेठ २०७५

भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ। मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ।

दुई कोरियाली उच्चस्तरीय बैठक स्थगित

बुधबार, ०२ जेठ २०७५

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको जनाएको छ। बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको छ।

इन्डोनेसियामा निरन्तर आतंककारी हमला, बुधबार चारको मृत्यु, कैयौँ घाइते

बुधबार, ०२ जेठ २०७५

इन्डोनेसियामा गत आइतबारदेखि निरन्तर रुपमा  आतंककारी हमलाहरु भइरहेको छ। इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ।

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा

बुधबार, ०२ जेठ २०७५

अमेरिकाले इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादी संज्ञा दिँदै उनीमाथि आर्थिक प्रतिबन्ध लगाएकाे छ।

जर्मनीमा ठूलो परिवार संख्या न्यून बन्दै

बुधबार, ०२ जेठ २०७५

जर्मनीमा धेरै बालबच्चा जन्माउने अभिभावक बिरलै पाइन थालेको हालैको जनगणनाले देखाएको छ।सन् २०१६ मा भएको जनगणनामा सात वा सोभन्दा बढी बालबालिका भएका परिवार सङ्ख्या जम्मा नौ हजार मात्र अर्थात् ०।१ प्रतिशत भएको पाइएको जर्मनीको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ।

‘चीनका बहुमत ज्येष्ठ नागरिक खुसी’

बुधबार, ०२ जेठ २०७५

चीनको ग्रामीण तथा सहरी दुवै क्षेत्रका अधिकांश ज्येष्ठ नागरिक बुढ्यौलीकैबीच पनि खुसीसाथ जीवनयापन गरिरहेको गत बिहीबार सार्वजनिक एउटा सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।