मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

शनिबार, २९ बैशाख २०७५

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो।

उत्तर कोरियालार्इ सहयाेग गर्न अमेरिका तयार

उत्तर कोरियालार्इ सहयाेग गर्न अमेरिका तयार

शनिबार, २९ बैशाख २०७५

उत्तर कोरियाले पारमाणिक हतियारकाे परीक्षण त्यागे उत्तर कोरियाको आर्थिक विकासमा सहयोग गर्न अमेरिका सदैव तयार रहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन्।

राजकीय भ्रमणका लागि ट्रम्पलाई सिंगापुरको आग्रह

शुक्रबार, २८ बैशाख २०७५

सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणमा आउनका लागि निम्ता दिएका छन्।

विष्फोटनमा संलग्न १२ जनालाई जेल सजाय

शुक्रबार, २८ बैशाख २०७५

ताइवानमा एउटा विस्फोटनको घटनामा संलग्न १२ जनालाई शुक्रबार जेल सजाय सुनाइएको छ।  चार वर्ष अगाडि भएको विस्फोटनको घटनामा परी ३२ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए। ताइवानको दक्षिणी कौसिङ सहरमा विस्फोट भएको थियो।

मलेशियाली प्रधानमन्त्री महाथिरले गरे मन्त्रिमण्डल विस्तार

शुक्रबार, २८ बैशाख २०७५

बिहीबार नियुक्ति भएका मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका छन्।  उनले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएका हुन्। उनले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली हिजो नै दिएको र शुक्रबार उक्त मन्त्रिमण्डलमा विस्तार गरेका हुन् ।

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

शुक्रबार, २८ बैशाख २०७५

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

बाँध फुट्दा मृत्यु हुनेहरूकाे संख्या ४८ पुग्याे

बाँध फुट्दा मृत्यु हुनेहरूकाे संख्या ४८ पुग्याे

शुक्रबार, २८ बैशाख २०७५

केन्याको नाकुरु प्रदेशमा बाँध भत्किँदा मृत्यु हुनेहरूकाे संख्या ४८ पुगेकाे छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएका छन् । क्षेत्रीय अपराध अनुसन्धान कमान्डर गिडेन किबुन्जाले मृत्यु हुनेहरूकाे संख्या बढ्न सक्ने बताए।

बाँध फुट्दा ३२ को मृत्यु

शुक्रबार, २८ बैशाख २०७५

केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।

स्वेच्छिक मृत्युवरण गरे अष्ट्रेलियाका वैज्ञानिक डेभिडले

स्वेच्छिक मृत्युवरण गरे अष्ट्रेलियाका वैज्ञानिक डेभिडले

शुक्रबार, २८ बैशाख २०७५

अष्ट्रेलियाका वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्विटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन्।इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई मृत्युवरणमा सहयोग गरेको हाे।

ट्रम्प -  किम भेटवार्ता  जुन १२ मा तय

ट्रम्प - किम भेटवार्ता जुन १२ मा तय

शुक्रबार, २८ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच आगामी जुन १२ मा भेटवार्ताको मिति तय भएको छ।

ट्रम्प – मुनबीच फोनवार्ता

ट्रम्प – मुनबीच फोनवार्ता

बिहिबार, २७ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग फोन वार्ता गरेका छन्।

उत्तर कोरियाली थुनामा रहेका तीन अमेरिकी रिहा

उत्तर कोरियाली थुनामा रहेका तीन अमेरिकी रिहा

बिहिबार, २७ बैशाख २०७५

उत्तर कोरियाको थुनामा रहेका तीन जना अमेरिकी नागरिक बुधबार रिहा भएका छन्।

मलेसियामा महाथिरको सानदार जित, विश्वकै वृद्ध प्रधानमन्त्री बन्दै

मलेसियामा महाथिरको सानदार जित, विश्वकै वृद्ध प्रधानमन्त्री बन्दै

बिहिबार, २७ बैशाख २०७५

मलेसियाको संसदीय निर्वाचनमा पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेका छन्।

इजरायली सैन्य अखडामा अाक्रमण

बिहिबार, २७ बैशाख २०७५

इरानले सिरिया सीमास्थित इजरायली सैन्य अखडामा अाक्रमण गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार गोलन हाइट्सस्थित सिरियासँग सीमा जोडिएको इजरायली सैन्य अखडामा इरानले आक्रमण गरेको हो। इजरायली सैन्य अखडामा इरानले २० वटा रकेट प्रहार गरेको बताइएको छ।

भारत र पाकिस्तानमा भूकम्प

बिहिबार, २७ बैशाख २०७५

भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ।भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कस्मिरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

बुधबार, २६ बैशाख २०७५

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुग्नुभएको समाचार छ।

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरियाे

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरियाे

बुधबार, २६ बैशाख २०७५

इरानसँग गरिएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको छ ।अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग गरिएको परमाणु सम्झौताबाट अलग हुने घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।

नागरिक विस्थापन रोकिएन

बुधबार, २६ बैशाख २०७५

सरकारी सेना र जातीय विद्रोहीबीच उत्तरी म्यानमारको एक क्षेत्रमा झडप जारी रहेकाले नागरिक विस्थापित हुने क्रम नरोकिएको राष्ट्रसंघले जनाएको छ।

बंगलादेशी प्राध्यापककाे हत्याका संलग्न दुईलाई मृत्युदण्ड

बुधबार, २६ बैशाख २०७५

दुई वर्षअघि हत्या गरिएका एक विश्वविद्यालयका प्राध्यापकको हत्यामा संलग्न रहेको प्रमाणित भएपछि बंगलादेशको एउटा अदालतले मंगलबार दुई लडाकुलाई मृत्युदण्ड तोकेको छ भने अन्य तीनलाई आजीवन जेल सजाय तोकेको सरकारी वकिलले बताएका छन्।

अमेरिकी उपराष्ट्रपतिले दिएकाे अभिव्यक्तिको आलोचना

अमेरिकी उपराष्ट्रपतिले दिएकाे अभिव्यक्तिको आलोचना

बुधबार, २६ बैशाख २०७५

हालसालै सम्पन्न भएको अमेरिकी मुलुकहरूको क्षेत्रीय संगठन (ओएएस) को शिखर सम्मेलनमा सम्बोधन गर्ने क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सोमबार दिएको अभिव्यक्तिलाई लिएर क्युबाले आपत्ति जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।