अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

बुधबार, २६ बैशाख २०७५

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुग्नुभएको समाचार छ।

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरियाे

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरियाे

बुधबार, २६ बैशाख २०७५

इरानसँग गरिएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको छ ।अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग गरिएको परमाणु सम्झौताबाट अलग हुने घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।

नागरिक विस्थापन रोकिएन

बुधबार, २६ बैशाख २०७५

सरकारी सेना र जातीय विद्रोहीबीच उत्तरी म्यानमारको एक क्षेत्रमा झडप जारी रहेकाले नागरिक विस्थापित हुने क्रम नरोकिएको राष्ट्रसंघले जनाएको छ।

बंगलादेशी प्राध्यापककाे हत्याका संलग्न दुईलाई मृत्युदण्ड

बुधबार, २६ बैशाख २०७५

दुई वर्षअघि हत्या गरिएका एक विश्वविद्यालयका प्राध्यापकको हत्यामा संलग्न रहेको प्रमाणित भएपछि बंगलादेशको एउटा अदालतले मंगलबार दुई लडाकुलाई मृत्युदण्ड तोकेको छ भने अन्य तीनलाई आजीवन जेल सजाय तोकेको सरकारी वकिलले बताएका छन्।

अमेरिकी उपराष्ट्रपतिले दिएकाे अभिव्यक्तिको आलोचना

अमेरिकी उपराष्ट्रपतिले दिएकाे अभिव्यक्तिको आलोचना

बुधबार, २६ बैशाख २०७५

हालसालै सम्पन्न भएको अमेरिकी मुलुकहरूको क्षेत्रीय संगठन (ओएएस) को शिखर सम्मेलनमा सम्बोधन गर्ने क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सोमबार दिएको अभिव्यक्तिलाई लिएर क्युबाले आपत्ति जनाएको छ।

रूसी संसदद्वारा मेदभेदेवलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित

रूसी संसदद्वारा मेदभेदेवलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित

मङ्गलबार, २५ बैशाख २०७५

रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ।

उत्तर कोरियाली नेता किम दास्राेपटक चीनमा

उत्तर कोरियाली नेता किम दास्राेपटक चीनमा

मङ्गलबार, २५ बैशाख २०७५

चीनका राष्ट्रपति सी जिन पिङ र उत्तर कोरियाली नेता किम जोङ अनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा यही सोमबार र मङ्गलबार भेटवार्ता भएको छ।

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

मङ्गलबार, २५ बैशाख २०७५

रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ।

भारतकाे १३ वटा राज्यमा ४८ घन्टे 'हाइ अलर्ट' जारी

भारतकाे १३ वटा राज्यमा ४८ घन्टे 'हाइ अलर्ट' जारी

मङ्गलबार, २५ बैशाख २०७५

अत्याधिक हावाहुरीका कारण भारतको जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा ४८ घन्टे हाइअलर्ट जारी गरेको छ । यो समयमा आमनागरिकलाई भारत सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।  मौसम विभागले आगामी ४८ घन्टामा मौसमले जस्तोसुकै रुप लिनसक्ने भन्दै आमनागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

सैन्य क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने विश्वका १० देशहरू

सैन्य क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने विश्वका १० देशहरू

मङ्गलबार, २५ बैशाख २०७५

सन् २०१७ मा विश्वको सैन्य खर्च १ हजार ७ सय अर्ब अमेरिकी डलर पुगेको छ । सैन्य क्षेत्रमा लगानी गर्ने पहिलो मुलुकमा अमेरिका पर्छ । अमेरिकाले सन् २०१७ मामात्रै ६ सय १० अर्ब डलर खर्चिएको छ । चीनले २ सय अर्ब बढी अमेरिकी डलर खर्चिएको छ ।

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

मङ्गलबार, २५ बैशाख २०७५

यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी आक्रमण भएको छ ।यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन्।

गोली लागेका पाकिस्तानी गृहमन्त्री खतरामुक्त

गोली लागेका पाकिस्तानी गृहमन्त्री खतरामुक्त

मङ्गलबार, २५ बैशाख २०७५

निर्वाचन प्रचारका क्रममा लाहोरमा रहेका बेला आइतबार गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री अहसान इकबालको अवस्था खतरामुक्त रहेको बताइएको छ।

पुटिनले लिए चौंथो कार्यकालको सपथ, प्रधानमन्त्रीमा मेदभेदेभलाई नै प्रस्ताव

पुटिनले लिए चौंथो कार्यकालको सपथ, प्रधानमन्त्रीमा मेदभेदेभलाई नै प्रस्ताव

सोमबार, २४ बैशाख २०७५

पुटिनले चौँथो कार्यकालको नेतृत्वका लागि सोमबार सपथ ग्रहण गरेका छन्। सपथपछि राष्ट्रपति पुटिनले रूसको संविधानमाथि हात राखी भने, “रूसका लागि सम्भव हुनै सबैकुरा गर्नु मैले मेरो कर्तव्य र जीवनको लक्ष्यका रूपमा लिएको छु।” नयाँ कार्यकाललाई वातावरण र रूसी जनताको जीवनस्तर सुधारमा प्रयोग गर्ने उनले बताए।

अपहरित विदेशी भारतीय इन्जिनियर भएको खूलासा

अपहरित विदेशी भारतीय इन्जिनियर भएको खूलासा

सोमबार, २४ बैशाख २०७५

अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले अपहरण गरेका छ जना भारतीय इन्जिनियर भएको अफगानी अधिकारीले बताएका छन्।

बलात्कारपछि किशोरीलाई जिउँदै जलाएर हत्या

बलात्कारपछि किशोरीलाई जिउँदै जलाएर हत्या

सोमबार, २४ बैशाख २०७५

भारतको झारखण्ड राज्यकी एक किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ।

पाकिस्तानमा गृहमन्त्रीमाथि गोली प्रहार, अाक्रमणकारी पक्राउ

पाकिस्तानमा गृहमन्त्रीमाथि गोली प्रहार, अाक्रमणकारी पक्राउ

आइतबार, २३ बैशाख २०७५

पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ। इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनी अहिले खतरामुक्त रहेको बताए।

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति फ्रान्सको आपत्ति

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति फ्रान्सको आपत्ति

आइतबार, २३ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेकाे एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ।

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

आइतबार, २३ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ।  अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गरेका थिए।

पाकिस्तानको कोइलाखानीमा विस्फोट, १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

आइतबार, २३ बैशाख २०७५

पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ।  घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन्। हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ।

पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ

पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ

आइतबार, २३ बैशाख २०७५

राष्ट्रपतिका रूपमा चौथौ पटक शपथ लिन लागेका भ्लादिमिर पुटिनको शपथअघि सडक प्रदर्शनमा उत्रिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीसहित सयौं क्रेमलिन विरोधी अभियन्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।