सियाटल र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी

सियाटल र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी

शुक्रबार, २३ चैत २०७४

अमेरिकाको वासिंटन स्टेटस्थित सियाटल किंगस् काउण्टि मेट्रो पोलिटियनकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई सिस्टर मेट्रो पोलिटियन सिटी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन।

जापानमा तातेसिना हाइकु सङ्ग्रहको विमोचन

जापानमा तातेसिना हाइकु सङ्ग्रहको विमोचन

मङ्गलबार, २० चैत २०७४

जापानको टोक्योमा एक समारोहबीच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ। जापानमा लोकप्रीय रहेको हानामी पर्व ( साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर टोकियोस्थित हाराज्युकु पार्क भित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौ स्रस्टाहरुको उपस्थिती रहेको थियो।

मलेसिया जानेको संख्या बढ्यो

सोमबार, १९ चैत २०७४

गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ। श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ।

फुकुओकामा नेपाल फेस्टिभल

सोमबार, १९ चैत २०७४

अप्रिल १४ र १५ तारिखमा जापानको फुकुओका शहरमा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलका अनुसार यस पटक आयोजना हुने नेपाल फेस्टिभलले क्युस्युबासि जापानी नागरिकहरूलाई नेपाल भ्रमणका निमित्त आकर्षित गराउँदै, नेपाली कला संस्कृतीलाई जापानी समुदाय माझ परिचित गराउनु हो।

टोकियोमा ओभरसीज रेमिटको शाखा

टोकियोमा ओभरसीज रेमिटको शाखा

आइतबार, १८ चैत २०७४

जापानबाट नेपालमा रेमिट्यान्स कारोबार गरिरहेको ओभरसीज रेमिट कम्पनीले आफ्नो संजाल विस्तारको क्रममा राजधानी टोकियो भित्र अर्को शाखा खोलेको छ। “मिनी नेपाल”भनेर चिनिने टोकियोको सिन-ओकुबो स्थित कार्यलयको शनिवार औपचारिक रुपमा उद्घाटन गरिएको हो।

सन्जिताको रोचक यात्रा

सन्जिताको रोचक यात्रा

सोमबार, १२ चैत २०७४

बाहिरबाट हेर्दा ह्वाईट हाउस एक हिसावले संसारलाई खबरदारी गर्ने महाशक्ति केन्द्र हो। अमेरिकनहरु ह्वाईट हाउसलाई जनताको घर भन्न रुचाउँछन। सन् १७९२ मा प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिंटनले राष्ट्रपति भवन बनाउन रुचाएको स्थानमा आईरिस आर्किटेक जेम्स होवनको डिजाइनमा निर्माण गरिएको ह्वाईट हाउसको आकर्षण विश्वका लागि थप बढ्दो छ। चर्चाका हिसाबले त डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी हुँदै गर्दा संसारको आँखा त्यहि ह्वाईट हाउसमा केन्द्रित रह्यो। कारण ह्वाईट हाउसले तय गर्ने नीतिले संसारलाई झट्का दिन्छ।

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

आइतबार, ११ चैत २०७४

रोजगारको सिलसिलामा मलेसियामा पुगेका एक म्याग्देलीको मृत्यु भएको छ। मलेसियाको आम्पाङ्गपार्कस्थित भिस्टा दमैको अपार्टमेनमा सेक्युरिटी कम्पनीमा कार्यरत जिल्लाको मालिका गाउँपालिका–२ रूमको जेम गाउँका धर्म रोका मगरकाड्युटी गर्ने क्रममा बसिरहेको कुर्चीमै मृत अवस्थामा फेला परेका छन्।

रक्तसंचार सेवामा एनआरएनले सघाउने

आइतबार, ११ चैत २०७४

गैर आवासीय नेपाली संघ(एनआरएनए)ले नेपालको रक्तसंचार सेवामा गुणस्तर वृद्धि गर्नको लागि सघाउने भएको छ। उपचारको क्रममा रगत अभाबको कारण ज्यान जाने क्रम नरोकिएकाले सहज र सुलभ रुपमा रक्तदान सहित सेवालाई प्रभाबकारी बनाउने काममा सघाउन अभियान सुरु गरेको हो।

रिजाललाई युएईबाट आर्थिक सहयोग

आइतबार, ११ चैत २०७४

पर्वत पैयुँ गाउँपालिका ४ निवासी किसान रिजाललाई युएईबाट आर्थिक सहयोग जुटेको छ। गम्भिर बिरामी भएर काठमाडौं स्थित न्युरो अस्पताल बासबारीमा उपचार गराईरहेका रिजालाई युएईमा कार्यरत पर्वतबासीहरुले १ लाख २३ हजार ९३५ रुपैयाँ सहयोग गरेका हुन्।

मैत्रीपूर्ण खेलमा तमु समाज युएई विजयी

मैत्रीपूर्ण खेलमा तमु समाज युएई विजयी

आइतबार, ११ चैत २०७४

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युएईले आयोजना गरेको अन्तर संघ संस्था मैत्रीपूण फुटबल प्रतियोगितामा तमु समाज युएई बिजयी भएको छ।

युएइमा पराजुलीको कविता कन्सर्ट

युएइमा पराजुलीको कविता कन्सर्ट

शनिबार, १० चैत २०७४

साहित्यकार तथा कवि नवराज पराजुलीको कविता कन्सर्ट युएईमा सम्पन्न भएको छ। सृजना वाचन डबली तथा ट्राभहिल डट कमले आयोजना गरेको कविता कन्सर्टमा  कवि पराजुलीले आफ्नो प्रस्तुति दिएका थिए ।  यो वर्षको पद्मश्री पुरस्कारबाट विभुषित “सगरमाथाको गहिराई” का सर्जक कवि पराजुलीको मध्यपूर्व  यात्रा भने यो पहिलो हो।

साउदी अस्पतालको लापरबाहीले कोमामा पुगेका युवकको मृत्यु

शनिबार, ०३ चैत २०७४

साउदीअरबस्थित अलमना अस्पतालको लापरबाहीका कारण गम्भीर अवस्थामा नेपाल फर्काइएका युवकको मृत्यु भएको छ। एपेन्डीसाईटको शल्यक्रिया गर्नेक्रममा चिकित्सकको लापरबाही हुँदा गम्भीर भएका खोटाङको साकेला गाउँपालिकाका २८ वर्षीय तेजबहादुर बुढाथोकीको मृत्यु भएको हो।

लेबनानबाट ६ नेपाली चेलीको उद्दार

आइतबार, २७ फागुन २०७४

वैदेशिक रोजगारीका सिलसिलामा घरेलु कामदारका लागि अवैध रुपमा लेबनान पुगेका ६ नेपाली महिलालाई उद्दार गरिएको छ। इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले उनीहरुलाई उद्दार गरी नेपाल फर्काएको हो। उनीहरु लेबनानबाट दुबई हुँदै एयर अरेबियाको फ्लाइटमार्फत नेपाल फर्किएका हुन्।

कतारमा दुई सातादेखि एक युवक सम्पर्कविहिन

कतारमा दुई सातादेखि एक युवक सम्पर्कविहिन

बुधबार, २३ फागुन २०७४

मध्यनेपाल नगरपालिका ६ भोर्लेटारबाट रोजगारीका क्रममा कतारमा रहेका एकयुवा १२ दिनदेखि सम्पर्क विहीन रहेका छन्। भोर्लेटारको पाखुरीचोकका राधिका घिमिरेका छोरा ३५ वर्षीया श्रीकृष्ण घिमिरे गत फेबुअरी २४ अर्थात् फागुन १२ गतेदेखि कतारको सनैया सहरबाट सम्पर्क विहीन भएका हुन्।

बेल्जियममा काठमाडौं उपत्यका समन्वय समिति गठन

मङ्गलबार, २२ फागुन २०७४

काठमाडौं उपत्यकाका तीन जिल्लाका महानगरपालिका, उपमहानगरपालिका  र गाउँपालिकाभित्र स्थायी घर भई हाल युरोपियन मुलुक बेल्जियममा बसोबास गर्दै आएका नेपालीबीच आपसी भाइचारा कायम राख्ने उद्देश्यले ‘काठमाडौं उपत्यका समन्वय समिति बेल्जियम’ गठन गरिएको छ।

जापानवासी नेपालीले होली मनाए

जापानवासी नेपालीले होली मनाए

सोमबार, २१ फागुन २०७४

टोकियोबासी नेपालीहरूले रंगहरूको पर्व फागु अर्थात् होली पर्व मनाएका छन्। आइतबार टोकियोको शिन ओकुबोस्थित तोयामा पार्कमा भेला भएका नेपालीहरूले होली पर्व मनाएका हुन्। एक आपसमा सप्तरंगी रङ दलेर खुसी साटासाट गरि होली पर्व उत्साहका साथ मनाईरहँदा जापानी नागरिकहरू अनौठो मानेर हेरीरहेका थिए।

जापानमा मेयर, उपमेयरको अन्तर्क्रिया

जापानमा मेयर, उपमेयरको अन्तर्क्रिया

शुक्रबार, १८ फागुन २०७४

जापान भ्रमणमा रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र काठमाडौं महानगरपालिकाकि उपमेयर हरिप्रभा खड्गीसंग जापानमा रहेका नेपालीहरुले अन्तर्क्रिया गरेका छन्।

रिपव्लिकनका प्रभावशाली सिनेटर क्रुजसँग टिपीएस नविकरणको पहल गर्न आग्रह

रिपव्लिकनका प्रभावशाली सिनेटर क्रुजसँग टिपीएस नविकरणको पहल गर्न आग्रह

बिहिबार, १७ फागुन २०७४

अमेरिकामा रहेको नेपाली समाज यतिखेर आठ हजार पाँच सय नेपालीको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टिपिएस) नबिकरणको पहल गर्न जुटेको छ। गएको एक हप्तामा गैरआवासिय नेपाली संघको टोलीले अमेरिकाको रिपव्लिकन पार्टीका प्रभावशाली सिनेटर (टेक्सास) टेड क्रुजदेखि नेपाल सरकारका प्रधानमन्त्री केपी ओली सम्मलाई भेटी टिपिएस नविकरणको लागि पहल गरेका छन्।

काजी थापाले सम्हाल्ने राष्ट्रसंघ पर्यवेक्षक समूहको कमाण्ड

काजी थापाले सम्हाल्ने राष्ट्रसंघ पर्यवेक्षक समूहको कमाण्ड

बुधबार, १६ फागुन २०७४

युद्धविराम अनुगमनसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको लेवनानस्थित पर्यवेक्षण समूहको नेतृत्व प्रमुख सेनानी काजी थापाले सम्हालेका छन्।

पोर्चुगलमा टंकको रेष्टुराँमा सुनको चुल्हो : प्रधानमन्त्रीदेखि राजकुमारीसम्म ग्राहक

पोर्चुगलमा टंकको रेष्टुराँमा सुनको चुल्हो : प्रधानमन्त्रीदेखि राजकुमारीसम्म ग्राहक

मङ्गलबार, १५ फागुन २०७४

उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन्। पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन्। साउदी अरबकी राजकुमारीले समेत आफ्नो रेष्टुराँमा आएर खाना खाएको सापकोटा सुनाउँछन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।