आइतबार, २४ मङि्सर २०७४
मलेसियामा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका सिलसिलामा ७ वर्षअघि मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो। बस्दै आएको कोठा नजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारकोक्रममा कजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दैआएका बिकास प्रधानले जानकारी दिए ।
आइतबार, १७ मङि्सर २०७४
अष्ट्रेलियाकाे सिड्नीमा नेपाल आइडलले भब्य प्रस्तुती दिएका छन्। सिड्नीकाे ओलम्पिक पार्कमा साँझ ७ बजे सुरू भएकाे थियाे। कार्यक्रमको सुरुवातमा सिड्नीमा अवस्थित युवाहरुको नृत्य समुह द नेक्स्ट र नेपिण्डोका विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
बिहिबार, १४ मङि्सर २०७४
चीन भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधि मण्डलले चिनिया कम्युनिस्ट पार्टीको विदेश विभागअन्तर्गत एसिया व्यूरोका महानिर्देशक युआन चिपिङसँग भेट गरेका छन्।
शुक्रबार, ०८ मङि्सर २०७४
नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्। उनीहरुको पहिलो कार्यक्रम यहीबाट सुरु हुने आयोजक नेपाली टचका राजके ग्वोस्वामी नेपालले जानकारी दिए ।
शनिबार, ०२ मङि्सर २०७४
प्रथम ऐतिहासिक ‘उत्तर अमेरिका तामाङ सम्मेलन २०१८’ जनवरी १३ र १४ मा हुने भएको छ । तामाङ सोसाइटी अफ अमेरिकाले (टिएसए) न्यूयोर्कमा उक्त सम्मेलन गर्न लागेको हो ।
बुधबार, २९ कार्तिक २०७४
फिनल्यान्डकाे फिन्निस नेपाली समाजले धुर्मुस सुन्तली फान्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निस नेपाली समाज र एनआरएनए फिनल्यान्डको विशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य संस्थाहरुको सहयोगमा ६ लाख ६६ हजार ६ सय ६६ रुपैंया हस्तान्तरण गरिएको हो ।
बुधबार, २९ कार्तिक २०७४
कुवेतमा बेचिएकी झापाकी २४ वर्षिया रेणुका दर्जीको युएईबाट उद्धार गरिएको छ। मंगलबार एनआरएन युएईले उनलाई उद्धार गरी नेपाल पठाइएको छ।
बुधबार, २९ कार्तिक २०७४
वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ । सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ का अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको बुधबार उनको परिवारले जनाएका छन् ।
आइतबार, २६ कार्तिक २०७४
आगामी नोभेम्बर २१ तारिखमा हुने डेनमार्कको स्थानीय चुनावमा नेपाली युवा हरि न्यौपानेले कोपनहेगन वडानम्बर ६ विस्पेबिया क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन्।
बिहिबार, २३ कार्तिक २०७४
विभिन्न सरकारी अधिकारीहरुले बेलायती पर्यटन व्यवसायी नेपालको भ्रमण गर्न आमन्त्रण गरेका छन्। लन्डनस्थित नेपाली दूतावासमा मंगलबार साँझ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बीबीसीले जीवनमा एकपटक पुग्नै पर्ने देशको रुपमा नेपालको उल्लेख गरेको बताए।
सोमबार, २० कार्तिक २०७४
गत हप्तादेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’जापानमा प्रदर्शन हुने भएको छ । अागामी नोभेम्बर १९ तारिखमा टोकियोकाे नाकानो जेरो हलमा फिल्म ‘ऐश्वर्य’ प्रदर्शन हुँदैछ । डेस्टिनी क्रियसन कम्पनी टाेकियाेमा ‘ऐश्वर्य’ फिल्म प्रदर्शन गर्न लागेकाे हाे ।
बिहिबार, १६ कार्तिक २०७४
नेपाल आइडल बिजेता टोली बेलायतका विभिन्न शहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिन लन्डन आइपुगेको छ। पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनल र संसारा ग्रुपअन्तर्गत मनकामना मनी ट्रान्सफरको आयोजनामा बेलायतमा हुने कन्सर्टमा प्रस्तुति दिन उनीहरु लन्डन आएका हुन्।
बुधबार, १५ कार्तिक २०७४
अष्ट्रेलियाको सिड्नीमा व्यपार व्यवसाय गर्दै आएका गैर आवासिय नेपाली संघ ओसेनिया क्षेत्रका निवर्तमान संयोजक महेन्द्रकुमार लम्सालले सिर्जनशिल अपांग पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालय नैकापका लागि एक लाख नेपाली रुपैयाँ सहयोग गरेका छन्।
बुधबार, ०८ कार्तिक २०७४
मलेसियाको पेनागस्थित जुरु टोल प्लाजा नजिकै भएको बस दुर्घटनामा तीन नेपाली महिला कामदार घाइते भएका छन्।
आइतबार, ०५ कार्तिक २०७४
म्याग्दीकी राधिका (टिका) गुरूङ समाज सेवामा योगदान गरेबापत हङकङ सरकारबाट सम्मानित भएकी छिन्। शनिबार हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामले बेनी नगरपालिका–७ विरेन्द्रचोककी गुरूङलाई चिफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ बाट सम्मानित गरिएको हो।
बुधबार, ०१ कार्तिक २०७४
गैरआवासीय नेपाली संघको प्रवक्तामा भूषण घिमिरे नियूक्त भएका छन्। घिमिरेलाई संघको बुधवार विश्वसम्मेलन स्थलमा बसेको गैरआवासीय नेपाली संघको नवर्निवाचित कार्यसमितिले प्रवक्ताको जिम्मेवारी दिएको हो।
मङ्गलबार, ३१ असोज २०७४
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा जापान आधारित नेपाली व्यवसायी भवन भट्ट विजयी भएका छन्। सोमबार भएको निर्वाचनको मंगलबार बिहान २ बजे आएको परिणामअनुसार भट्टले १ हजार १९७ मत ल्याउँदै विजयी भएका हुन्। अष्ट्रेलिया आधारित अध्यक्ष प्रत्यासी जमुना गुरुङ ५८४ मत ल्याएर पराजित भइन्। विद्युतीय मतदान मेसिन प्रयोग गरेका कारण राति नै मतपरिणाम आएको हो।
सोमबार, ३० असोज २०७४
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको आज नयाँ नेतृत्व छान्ने निर्वाचन हुँदैछ। अ ढिला गरी सार्वजनिक गरिएको उम्मेदवारको सूचीअनुसार अध्यक्षमा भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।
आइतबार, २९ असोज २०७४
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आइतबार बन्द सत्रसँगै उम्मेदवारहरुको मनोनयन दर्ता शुरु भएको छ। निर्धारित समय भन्दा ढिला अन्तिम मतदाता नामावली प्रकाशन भएकोले उम्मेदवारको मनोनयनमा ढिला शुरु भएको हो।
आइतबार, २९ असोज २०७४
गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थागत पुनःसंरचना गर्न अध्यक्ष शेष घलेले प्रस्तुत गरेको भिजन २०२० एन्ड बियोन्ड नामक प्रस्ताव काठमाडौंमा जारी विश्व सम्मेलनले संशोधनसहित पारित गरेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।