चार श्रीमतीका धनी

आइतबार, ०२ बैशाख २०७५

राजाको जस्तै हाम्रो पनि चार वटी श्रीमती हुन्छन् । चौथी श्रीमती हाम्रो शरीर हो । हाम्रो मृत्युपछि शरीर माटोमा विलिन हुन्छ र हामीसँगै जान सक्दैन । तेस्री पत्नी हामीले कमाएको धन सम्पत्ति हो । मृत्युपश्चात् बाँडफाँड गरिन्छ । त्यसकारण तेस्रो पत्नीले राजाको मृत्युपछि अर्को बिहे गर्छु भनेकी हुन् । दोस्री पत्नी भनेको हाम्रो साथीभाइ र परिवार हुन् । हाम्रो मृत्युपछिको मलामी यिनीहरु नै हुन् ।

द्विपक्षीय सम्बन्ध पुन:परिभाषित गर्ने अवसर

बिहिबार, २२ चैत २०७४

भारतीय नाकावन्दीको समयमा पनि केपी शर्मा ओली प्रधानमन्त्री थिए। त्यतिबेला पनि भारतको भ्रमण गरेका प्रधानमन्त्री ओली अहिले शक्तिशाली प्रधानमन्त्री छन्। उनीसँग जनमत छ संसदमा दुई तिहाई समर्थन छ। लोकतन्त्रपछिका सबैभन्दा शक्तिशाली सरकार प्रमुखको हैसियतले ओलीले भारत भ्रमण गर्दैछन्।

श्वेतपत्र : शब्द शब्दमा खेलबाड !

आइतबार, १८ चैत २०७४

अर्थमन्त्रीले शुक्रवार गरेको श्वेतपत्र कतिपय ठाउँमा इमान्दार रुपमा प्रस्तुत भएको छ भने कतिपय ठाउँमा गलत छ।  श्वेतपत्रले समस्यानै समस्या देखाउन जोड दिएको छ।

तपाई पत्रकार कि पत्रकार महासंघको सदस्य ?

शुक्रबार, १६ चैत २०७४

ठ्याक्कै मिति विर्सिएँ दुई वर्षअघि होला, काठमाडौंमा एउटा राजनीतिक दलको भ्रातृ संगठनकै हैसियत बनाइसकेको पत्रकारहरुको एउटा संगठनको साधारणसभा थियो। त्यो संगठनको साधारणसभामा सम्बन्धित दलसँग विचार मिल्ने पत्रकार साथीहरुको उपस्थिती अनिवार्य हुनु स्वभाविक थियो।

खुल्ला दिसामुक्त अभियान ‘नौटंकी’

बुधबार, १४ चैत २०७४

समाजिक अभियन्ता राजकुमार महतोले समाजिक सञ्जालमा स्ट्याटस सहित पोष्ट गरेको फोटो (चुलो टसाएर गाडिएको चर्पीको प्यान) भाईरल बन्यो। सप्तरी राजबिराजका रुनाई सदायलाई (मुसहर) सरकारी, गैरसरकारी निकायले चुलो टसाएर चर्पी बनाउन लगाए। सुरक्षाकर्मीले चुलो नजिक बसेर भान्सा नै बिथोल्न थलेपछि उनी चुलोसँगै टसाएर चर्पीको प्यान गाड्न बाध्य भएका छन्।

टीकापुर घटनामा दिवंगत प्रहरी निरीक्षककी छोरीको प्रधानमन्त्रीलाई खुलापत्र

मङ्गलबार, ०६ चैत २०७४

टीकापुर घटनाका मुख्य योजनाकारको आरोपमा पुर्पक्षका लागि जेलमा रहेको व्यक्तिलाई जेलभित्रै शपथ खुवाउने सरकारको आश्वासन र अनसन टुटाउन गृहमन्त्रीज्यूले जुस पिलाउँदा हामी विष पिएर सरह प्रताडित छौँ। हामी निराश मात्र हैन प्रधानमन्त्रीज्यू, लज्जित पनि भएका छौँ।

न्यायपालिका दुइटा गम्भीर संकटबाट गुज्रियो

मङ्गलबार, २९ फागुन २०७४

अहिले न्यायपालिका प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको न्यायिक आचरण, जन्ममिति विवाद र शैक्षिक प्रमाणपत्र विवादले अकल्पनीय रुपमा विवादको घेरामा फसेको छ । यस दल दलबाट न्यायपालिकालाई बचाउन पनि न्यायधिश चोलेन्द्र शमशेर राणाले ज्यादै साहसिक र कानूनी रुपमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

प्रेमको अनुराग

शुक्रबार, ११ फागुन २०७४

मौनता देखियोस तर मुस्कानको राज होस, चञ्चलाता रहोस तर गम्भिरता कायम रहोस, यहि बीचवाट दुई ढुकढुकीबीच संवाद स्थापित होस। यहिनेर प्रेमको मिठो अनुराग प्राप्त हुन्छ । दुई हृदयको कोमल स्पर्स जहाँ भावनाको राज हुन्छ । प्रेमीलताको गहिराई मनको अन्तरस्कन्दवाट प्राप्त हुन्छ, जो आर्गनिक हुन्छ, स्वछन्द हुन्छ।

२००७ साल : पहिलो संगठित विद्रोह

सोमबार, ०७ फागुन २०७४

जंगबहादुर राणाको उदय भएपछि उनका विरुद्धमा छिटफुट विद्रोह भए। यसमा धेरै भारदारी विद्रोह थिए। जसले सत्तासँग सम्वन्ध राख्थे जनतासँग साइनो थिएन। १९०३ भदौको कोत पर्व पछि जंगबहादुर शक्तिमा आए। कोतको घटनापछि कार्तिकमा भण्डारखाल पर्वको रचना भयो।

होलेरी प्रकरणपछि फेरिएको राजनीति

मङ्गलबार, ०१ फागुन २०७४

२०५८ असार २८ गते तत्कालिन नेकपा माओवादीले नेपाल बन्दको घोषणा गरेको थियो। नेपाल बन्द आह्वान गरेपछि माओवादीले बन्द सफल पार्न सैन्य आक्रमण पनि बढाउने गर्थ्यो। यो त्यहि हमला थियो जसले नेपालको राजनीतिमा हलचल नै ल्याइदियो।

नेपाल वायुसेवा निगम र जापान गन्तव्य

शनिबार, २७ माघ २०७४

नेपाल वायुसेवा निगमले आफ्नो ६० बर्ष लामो इतिहाँसमा विभिन्न उतारचढाब ब्यहोरेको छ। विभिन्न अनुभव बटुल्दै डकोटा बिमानबाट शुरु गरेको आफ्नो सेवा फाङ्सुहार्भेष्टर, पिलाटस पोर्टर, फोकर फ्रैण्डसिप, एच एस ६४८ एभ्रो, ट्वीनअट्टर, बोइङ ७२७, ७५७ हुँदै एअरबस ए ३२० सम्म आइपुगेको छ।

‘दारु पत्रकार’

सोमबार, २२ माघ २०७४

सन् २०१५ को अक्टोबरमा काठमाडौंस्थित अन्नपूर्ण होटलमा गैर आवासीय नेपाली संघको रात्रीभोज चल्दै थियो। देशका धनाढ्यदेखि सेलिब्रेटीसम्मको उपस्थिति थियो। तारे होटलमा आयोजित भोज, त्यो पनि एनआरएनले गरेको पार्टीमा मदिराको कमी हुने कुरै भएन। मदिरा सौखिनका लागि त्यो ठूलो मेला र अवसर जस्तै थियो। विदेशी ब्रान्डको रक्सी रोजी रोजी पिउन पाउने अवसरलाई धेरैले उपयोग गरिरहे।

नामजस्तै काम सहारा

बुधबार, १० माघ २०७४

आफ्नो जन्मसँगै हरेक मानिस र स्थापनासँगै हरेक संघसंस्था एउटा लक्ष्य बोकेर अगाडि बढ्ने गर्दछन् । अगाडि बढ्दै जाँदा चुनौतीका पहाडसँग ठोकिन्छन्, असफलताका अँध्यारा गल्ली देखा पर्दछन् तब हतास भएर आफ्नो बाटो मोडेर यात्रालाई अर्कैतिर फर्काउने बानी धेरैको हुन्छ ।

बालविवाह अन्त्य र साझा संकल्प

सोमबार, ०८ माघ २०७४

सन् २०२० सम्म बालविवाह अन्त्य गर्ने सरकारी प्रतिबद्धताअनुरुप नतिजा हासिल गर्नु चुनौतीको विषय रहेको छ। बालविवाह अपेक्षित रूपमा न्यूनीकरण हुन सकिरहेको छैन। बरु, बहुआयामिक समस्याका रूपमा यथावत छ। दिगो विकासको लक्ष्यले यो सवाल सम्बोधन गर्न विश्वसमुदायलाई मार्गनिर्देश गरे पनि स्थानीयस्तरमा पर्याप्त कदमको कमी देखिन्छ।

विद्यासँग सम्बन्धित बीस श्लोक

सोमबार, ०८ माघ २०७४

चोरले चोर्न नसक्ने, राज्य वा सरकारले जफत गर्न नसक्ने, दाजुभाइका बीचमा अंशबन्डा नहुने, जति बोके पनि भारी नहुने, जति खर्च गर्यो त्यति बढ्ने अनौठो धन विद्या हो। .. .. पहिले (५ वर्षदेखि २५ वर्षसम्म) पढेर विद्या आर्जन गरिएन भने त्यसपछि (२६ वर्षदेखि ५० वर्षसम्म) धन आर्जन गरिएन भने तेस्रो चरण (५० देखि ७५ सम्म) मा धर्म आर्जन गर्न सकिएन भने त्यसपछिको अवधिमा तिमीले के गर्न सकौला र ?

आस्थाको केन्द्र धर्मशीला बौद्ध विहार

आइतबार, ०७ माघ २०७४

विश्वभर रहेका झण्डै साढे सात अर्ब मानिस आआफ्नो संस्कृति, धर्म र आस्थामा विश्वास राख्ने गर्दछन्। सभ्यताको विकास सँगसँगै परापूर्वकालदेखि राख्दै आएको यो आस्था र निष्ठा प्रत्येक मानिसका लागि एकआपसमा सद्भाव, सहिष्णुता, समन्वयका लागि प्रमुख कडीको रूपमा रही आएको पाउँछौं ।

रुवान्डाको जातीय नरसंहार, आर्थिक प्रगति र नेपाल

आइतबार, ०७ माघ २०७४

सहारा मरुभूमिको दक्षिणमा पर्ने रुवान्डा अफ्रिका महादेशको एक सानो, भूपरिवेष्ठित र विपन्न मुलुक हो। सन् १९९४ मा यहाँ भएको जातीय नरसंहारले संसारका धेरै देशहरूको ध्यान आकर्षित गर्‍यो।

मगर जातिले मनाउने माघे सङ्क्रान्ति

सोमबार, ०१ माघ २०७४

सूर्य उत्तरायणको समयावधि अर्थात माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्ति  सम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ । उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका मानव समाजमा कुनै न कुनै उत्सव वा चाडवाड मनाउने चलनको विकास भएको पाइन्छ । पूर्वी एशियाका चीन, जापान, कोरिया, भियतनाम लगायतका देशहरूमा पनि सूर्य उत्तरायणको अवसरमा सकारात्मक शक्ति र बुद्धि बृद्धि हुने विश्वासका साथ नयाँ वर्षका रुपमा विभिन्न नाम र शैलीमा चाडवाडहरू मनाउने गरिन्छ । अंग्रेजी पात्रोअनुसार पनि यही समयतिर साल फेरिने हुन्छ ।

के अमेरिकामा नेपालीलाई टीपीएस सुविधा नविकरण होला ?

मङ्गलबार, २५ पुष २०७४

अमेरिकी सरकारले अमेरिकामा रहेका कागजात बिहिन नेपालीहरुको टीपीएस नविकरण गर्ला कि नगर्ला भन्ने बहस चलिरहँदा दुईवटा मुलुक एलसाल्भाडोर र होन्डुरसको टिपिएस नविकरण गरेन। हुन त ती देशलाई अमेरिकी सरकारले टीपीएस सुविधा दिएको दशक नाघेको थियो।

आप्रवासी समस्या : युरोपको रोग एसिया सर्दै

शुक्रबार, १४ पुष २०७४

पछिल्ला वर्षहरूमा विकराल समस्याको रुपमा बढ्दै गएको अवैध आप्रवासी र शरणार्थी सङ्ख्या सन् २०१७ मा केही घटेको देखिएको छ, तर यो समस्याले सम्रग विश्वलाई तरङ्गित बनाउन भने छोडेको छैन।