जननायक कि खलनायक ?

सोमबार, १० बैशाख २०७५

आज केन्द्रमात्र होइन, प्रदेश र स्थानीय तहमा समेत सरकार छन् । ती सरकारमा रहेका व्यक्तिले भ्रष्टाचारजन्य आजको व्यवहारबाट भोलि अपमानपूर्वक काराबास भोग्नुपर्ने भयावह अवस्थालाई आजैदेखि अनुभूत गर्नु आवश्यक छ । हिजोका जननायक आजका खलनायक नबनून्।

भविष्य हराउँंदै गएको कांग्रेस

सोमबार, १० बैशाख २०७५

एकनएक दिन माओवादी र एमालेको झगडा पर्छ र गठबन्धन टुट्छ, त्यसबखतका लागि आन्तरिक एवं बाह्य ‘फ्याक्टर’ अनुकूल पारिराखे फेरि केही महिना प्रधानमन्त्री खान पाइन्छ भन्ने आसले नै संसद्मा प्रतिपक्षी नेताको हैसियत पनि कसैमा हस्तान्तरण गर्न देउवाले चाहेनन् ।

हवाइ यात्राको अराजक आतंक

सोमबार, १० बैशाख २०७५

सबैलाई थाहा छ, विमान यात्रा हवाइ यातायात भएको हुँदा प्रतिकूल मौसमका कारणले उडान र अवतरण प्रभावित हुन्छन् । तर हरेक दिन यो समस्या किन आउँछ ? ढिलासुस्तीबापत विमान कम्पनीले यात्रुप्रतिको कुनै दायित्व बेहोर्नु पर्दैन ?घन्टौँ कुराउँदा एक कप चिया खुवाउने दायित्व पनि उसमा देखिँदैन । उडान रद्द हुँदा यात्रुलाई हुने क्षतिमा कुनै अंश पनि उसले बेहोर्नै नपर्ने ?

छात्रवृत्ति कार्यान्वयनका समस्या

सोमबार, १० बैशाख २०७५

नेपाल सरकारले सबैका लागि शिक्षासम्बन्धी कार्यव्रmम विगत केही दशकदेखि उच्च प्राथमिकतासाथ सञ्चालन गर्दै आएको छ । छात्राहरूको भर्नादर पुरुषसरह समदरमा पुगेको छ । अझ मुस्लिम,दलित,सीमान्तीकृत र पिछडा वर्गलाई कठिन अवस्थामा जिउन बाध्य पारिएको छ । सीमान्तीकृत समुदायका छात्राहरू अझैपनि उच्च माध्यमिक विद्यालयको पहुँचबाहिर रहेको अवस्था छ।

पासाङ पदचापका २५ वर्ष

सोमबार, १० बैशाख २०७५

नेपाली महिलाले पहिलो पटक सगरमाथामा पाइला टेकेकोमा खुसीयाली कि सगरमाथा टेकेर फर्केकी महिलाको निधनमाचिन्ता ? २५ वर्षअघि नेपाललाई परेको अन्योल हो यो।

‘क्रोनी क्यापिटलिज्म’को राज

आइतबार, ०९ बैशाख २०७५

सन् १९९७ को एसियन मौद्रिक संकटलाई चित्रण गर्न खुबै प्रयोग भएको शब्द हो ‘क्रोनी क्यापिटलिज्म’ अर्थात् याराना पुँजीवाद। नेपालको अर्थतन्त्र र आर्थिक विकासलाई चित्रण गर्न पनि यो शब्दले सटीक अर्थ राख्छ। यस लेखमा नेपालमा भएका क्रान्तिहरू र क्रान्तिपश्चात् मौलाएको ‘क्रोनी क्यापिटलिज्म’लाई संक्षेपमा विश्लेषण गरिएको छ।

अन्तरिम आदेशले १ खर्ब राजस्व अपचलन

आइतबार, ०९ बैशाख २०७५

सरकारले हालै प्रकाशित गरेको श्वेतपत्रले सरकारी ढुकुटी रित्तिएको कुरा उठेको छभने विपक्षी दलले विगत २५ वर्षयता ६२ गुणाले राजस्व बढेको कुरा उल्लेख नगरेको प्रसंग उठाएको छ।

आरोहण उत्सव

आइतबार, ०९ बैशाख २०७५

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेपछि औपचारिक रुपमा शिखर आरोहणको ढोका खुल्यो।

अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प

आइतबार, ०९ बैशाख २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति उड्ने क्रममा मलेसियाली विमान मालिन्दो एअर चिप्लिएर धावनमार्गबाट चहुरमा पुगेपछि अवरुद्ध हवाई यातायात मुलुकका निम्ति एउटा ध्यान दिनुपर्ने पाठ हो । र, यस किसिमको घटना यही नै पहिलो होइन।

किन चाहिन्छ रेल?

आइतबार, ०९ बैशाख २०७५

नेपालमा रेल सेवा सञ्चालनबारे केही वर्षदेखि निकै बाक्लो बहस हुन थालेको छ। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि पहिलो कार्यकाल सुरु गर्दा ताकादेखि रेलबारेको बहस झन् बढ्न थालेको हो। अझ भन्ने हो भने हालै सम्पन्न तीनै तहका निर्वाचनमा त प्रमुख दलहरूको घोषणापत्रहरूले रेल सेवाको विकास गर्ने प्रतिबद्धता छुटाएका थिएनन्।

बलात्कार : नयाँ ऐन पनि उस्तै

आइतबार, ०९ बैशाख २०७५

हरेक दिनजसो बलात्कारका घृणित समाचार सुनिरहँदा मानव हुनुमा लज्जाबोध हुन्छ। चार वर्षकी अबोध बालिकादेखि ७५ वर्षकी वृद्धासम्म बलात्कारीको शिकार भएका खबरले यस्तो लागिरहेछ– नेपाल अब बुद्धभूमि नभएर बलात्कारी जन्माउने उर्बर भूमि बन्दै गइरहेको छ।

पुनर्निर्माणको अधुरो प्रतिबद्धता

शुक्रबार, ०७ बैशाख २०७५

महाभूकम्प २०७२ वैशाख १२ पछिको भूकम्पपछि सहयोगका निम्ति आश्वासन दिएका अन्तर्राष्ट्रिय सहयोगी मुलुक र देशको प्रतिबद्धताविपरीत आफ्नै रुचिका क्षेत्रमा खर्च गरेको पाइएको छ। पुनर्निर्माण कार्यक्रमका लागि रकम जुटाउन सरकारले भूकम्पको दुई महिनापछि असार १० गते आयोजना गरेको पुनर्निर्माणका सम्मेलनका क्रममा उनीहरूले सहयोग घोषणा गरे पनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेन।

स्वास्थ्य सेवाको संघीयकरण

शुक्रबार, ०७ बैशाख २०७५

हामीलाई लोकतान्त्रिक संघीय गणतन्त्रका नागरिक बनाउने नयाँ संविधान निर्माणका क्रममा संघीयताबारे प्रशस्त विवाद भए। नेपालमा यो आवश्यक छ कि छैन, कति फाप्ने हो, देशलाई टुक्र्याउने हो कि जोड्ने हो, राजा रजौटाहरूको संख्या बढाउने हो कि नागरिकलाई साँच्चैको लोकतन्त्र प्रत्याभूत गराउने हो... आदिबारे धेरै बहस भए ।

शिर झुकेको अवस्था

शुक्रबार, ०७ बैशाख २०७५

संसारकै प्राचीन राष्ट्रहरूमध्येको एउटा र कहिलै पराधीन नभएको नेपाल आज नुन खाएको कुखुराझैँ लत्रङ्ग शिर झुकाएको अवस्थामा छ।

जबजको सार्थकता र श्रेष्ठता

शुक्रबार, ०७ बैशाख २०७५

परिवर्तित विश्वमा माक्र्सवादलाई सान्दर्भिकताको त्राण दिनु र जनसमर्थनको जगमा उभ्याउनुसँगै मदन भण्डारीले एमालेको अटल सौभाग्यको भाग्यरेखा कोरेकामा कसैको विमति नरहला।

सिन्डिकेटविरुद्ध सरकार

बिहिबार, ०६ बैशाख २०७५

यातायात क्षेत्रमा विद्यमान सिन्डिकेटविरुद्ध सरकारले चालेको पछिल्लो कदम सराहनायोग्य छ। सिन्डिकेटका कारण सर्वसाधारणले पाएको असह्य पीडाको कुनै अर्थमा पनि लेखाजोखा छैन। खासगरी यातायात क्षेत्रमा विद्यमान सिन्डिकेटले निर्धा सर्वसाधारणमाथि अन्तहीन शोषण गरेका छन्।

यो कस्तो सदाचार नीति!

बिहिबार, ०६ बैशाख २०७५

विशिष्ट चिन्तन र मौलिक स्वतन्त्रताको पृष्ठपोषण गर्ने स्वतन्त्र नागरिकको जमातलाई नागरिक समाज भनिन्छ। राजनीतिक विश्वास र साङ्गठनिक आबद्धताभन्दा स्वतन्त्र मौलिक अवधारणाको पक्षधरता लिने क्रममा पेसागत वा वैचारिक नियमितताको घेराभन्दा माथि उठ्ने व्यक्तिहरूलाई नागरिक समाजका प्रतिनिधि भन्ने चलन प्रचारमा आएको धेरै भएको छैन।

कर्णाली ‘सुइना’ र ‘याक डुङ’

बिहिबार, ०६ बैशाख २०७५

नेपालगञ्जबाट हवाइजहाजमा कर्णाली जाँदा होस् वा विमानस्थल भएका हुम्ला, डोल्पा, मुगु, बाजुराबाट नेपालगञ्ज फर्किंदा! एउटा कुरा चाहिँ प्रस्टै रहेछ, त्यो के भने यो प्रदेशको मुख्यमन्त्री वा मन्त्रीले शासन सफलतासाथ चलाउन सक्छन् कि सक्दैन भन्ने थाहा पाउने इच्छा कसैमा छ भने उसले पर्खेर बसिरहनै पर्दैन, तत्कालै थाहा पाउन सक्ने रहेछ!

ओली प्रशासनको अग्निपरीक्षा

बिहिबार, ०६ बैशाख २०७५

नेपालको संसदीय प्रणालीको इतिहासकै सबैभन्दा शक्तिशाली सरकार प्रमुखका हैसियतले शासन सञ्चालन गर्ने ऐतिहासिक अवसर पाएका छन् वामपन्थी गठबन्धनका नेता प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले। प्रतिनिधिसभा संसद्मा अहिले मौजुद दलगत प्रतिनिधित्वको अंकगणित हेर्दा वास्तवमै प्रधानमन्त्री ओली निकै बलियो स्थितिमा छन्।

बलात्कारको सजाय पुगेन

बिहिबार, ०६ बैशाख २०७५

बलात्कारका घटना बग्रेल्ती सुनिन्छन्। कानुुनीभाषामा बलात्कार भन्नुु जबर्जस्ती करणी हो। विनामन्जुरी, करकाप, धम्की वा बल प्रयोग गरी जबर्जस्ती गरिने यौनसम्पर्कलाई बलात्कार भनिन्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।