धरापमा न्यायपालिका

सोमबार, १० असोज २०७३

हाम्रो न्यायपालिकाको इतिहास पल्टाएर हेर्दा कताकता कहाली लागेर आउँछ । दरबारको चौघेराबाट यसो बाहिर चिहाउन थालेको अनुभव पनि सुखद् रहेन ।

बजारभाउको बोझ

आइतबार, ०९ असोज २०७३

ठूला चाडबाड नजिकिँदै गर्दा राजधानी छाडेर आआफ्नो थातथलो फर्कनेको भीड बसपार्क वा नाकाहरूमा लाग्न थालिसकेको छ। झन्डै आधा करोड मान्छे थामिरहेको राजधानीबाट २५ लाख जना चाडबाडकै निम्ति घर फर्कन्छन्।

सन्तुलित सम्बन्धको सेतु

आइतबार, ०९ असोज २०७३

नेपालले चीन र भारत दुवैसँग सन्तुलनको सम्बन्ध राख्न नसक्दा त्यो नोक्सानदायक हुन्छ। भारतसँग हाम्रो राम्रो सम्बन्ध हुनुको अर्थ चीनसँग सम्बन्ध नराख्नु भन्ने होइन।

वैकल्पिक विचारको बहस

आइतबार, ०९ असोज २०७३

सभ्य/भव्य, लगनशील र मेहनती नेपालीहरु बस्ने अर्गानिक/आधुनिक नेपाल निर्माण गर्ने वैकल्पिक विचारसहितको बहसमा सहभागी बनौं। सम्भव छ– हाम्रै पालामा समृद्ध नयाँ नेपाल।

गाविस घटाउनु हुँदैन

आइतबार, ०९ असोज २०७३

गाउँको संरचनामा कुनै हेरफेर नगरी स्थानीय निर्वाचन गराएमा कुनै फरक पर्ने छैन बरु छिटोछरितो सरल र सहज ढंगले विकास प्रक्रिया अगाडि बढ्नेछ।

लोकतन्त्रका तानाशाह

आइतबार, ०९ असोज २०७३

आजको बेथितियुक्त लोकतन्त्र शक्तिशाली द्वारा शक्तिकै लागि हो भन्ने प्रस्ट छ जहाँ जनता सामाजिक करारका शक्तिशाली पक्ष होइन, केवल निरीह साक्षीमात्र हुन।

विद्यार्थी राजनीति कता?

आइतबार, ०९ असोज २०७३

विद्यार्थी एउटा गतिशील जमात हो। त्यही गतिशीलतालाई नजरअन्दाज गरेर विद्याथी राजनीतिको एकलकाटे व्याख्या नै अहिलेको समस्या हो।

नमीठो घटनाको सम्झना

शुक्रबार, ०७ असोज २०७३

छिमेकी भारतले गत वर्ष हठात् नेपालमाथि लगाएको नाकाबन्दीको अस्ति बुधबार ठीक वर्ष दिन पुग्दा धेरैले त्यो अमानवीय घटनाको स्मरण गरे। कतिपय घटना सम्झनुभन्दा बिर्सनु लाभदायी हुन्छ भन्ने तथ्य ज्ञात हुँदाहुँदै धेरै नेपाली यसलाई सम्झन बाध्य भए।

भूराजनीतिको अखडा

शुक्रबार, ०७ असोज २०७३

दक्षिण एशियामात्र होइन, समग्र विश्वकै भूराजनीति कहाँबाट कता पुगिसक्यो, नेपालको स्थायी सत्ता भने अझै पनि सार्वभौमिकताको कौमार्यबारे बखान गर्नमै रमाइरहेको छ।

माओवादी डेरावालका कथा-ब्यथा

शुक्रबार, ०७ असोज २०७३

ओहो... कुनै दिन तोप बन्ने अक्षरहरुको दयनीय अवस्था भनेको माओवादी जनयुद्धको अहिलेको अवस्था हो। पत्रु भएका माल, खिया लागेका हतियार र सन्दर्भहीन भएका विचारको महत्व नै के हुन्छ र?

बुद्धि बहुलालाई 'थाहा'

शुक्रबार, ०७ असोज २०७३

पूर्वराष्ट्रपतिको सरकारी आवासमा अनेक असुविधा भएका गुनासा सुनिए। गुनासा गर्ने ठाउँ नराख्दा राम्रै हुन्थ्यो तर आफ्नो शानदार महल हुँदाहुँदै सरकारी आवासमै बस्नु कति नैतिक होला?

लोकतन्त्रका हरुवा-चरुवा

शुक्रबार, ०७ असोज २०७३

जबसम्म 'जसको सवाल, उसकै नेतृत्व' को अवधारणाअनुसार काम गरिन्न तबसम्म यो मुलुकले विश्वमै बेइज्जतिमात्रै कमाइरहने हरुवा–चरुवा प्रथाबाट मुक्ति पाउनै सक्दैन।

निन्दनीय निसाना

बिहिबार, ०६ असोज २०७३

मंगलबार राजधानी उपत्यकाका करिब एक दर्जन विद्यालयमा गराइएको शंृखलाबद्ध बम विस्फोटलाई कुनै पनि राजनीतिक आवरणमा छोप्न सकिन्न। निःसन्देह यो आतंककारी काम हो। कलिला मस्तिष्कमा आफ्नो उज्ज्वल भविष्य खोजिरहेका स्कुले विद्यार्थीलाई त्रसित पार्नुलाई आततायी कामबाहेक अर्को नाम दिन सकिँदैन। यस्ता कार्यको जतिसुकै भर्त्सना पनि कम हुन्छ।

संविधानका एक वर्ष

बिहिबार, ०६ असोज २०७३

नेपालको संविधान सबैलाई मान्य हुने गरी वा नगरी कसरी बन्नुपर्ने र कसरी जारी हुनुपर्ने भन्ने विषय अरु कुनै पनि देश वा देशबासीको समूहका लागि सिद्धान्ततः टिप्पणीको विषय हुनु आवश्यक थिएन।

चीन र भारतसँग सन्तुलित सम्बन्ध

बिहिबार, ०६ असोज २०७३

नेपाल, चीन र भारतबीच आत्मीयता कायम भएमा चीनमा फ्रि तिब्बतको मुद्दा र नेपाल तथा भारतमा इसाईकरण गर्ने पश्चिमाहरुको षड्यन्त्र समाप्त हुनेछ र एशिया अशान्त बनाउने पश्चिमाहरुको खेलले पनि पूर्णबिराम लिनेछ।

काठमाडौंको संरचना र भूकम्प

बिहिबार, ०६ असोज २०७३

काठमाडौं उपत्यका प्राचीन ताल बन्नुका साथै फैलनु, बढ्नु, घट्दै जानु र अन्त्यमा गएर नष्ट हुनुमा टेक्टोनिक्सको कारणले भूकम्प जानुका साथसाथै मौसम परिवर्तनका कारणले महत्वपूर्ण भूमिका खेलेको हो भन्ने निष्कर्ष निस्कन्छ।

पुर्स्थापनाको पर्खाइमा विस्थापित बस्ती

बिहिबार, ०६ असोज २०७३

भूकम्प गएको १८ महिना बित्यो। यतिका बेलासम्म पनि भूकम्पपीडित परिवारलाई सहयोगको पहिलो किस्तासमेत उपलब्ध गराउन नसक्ने सरकारले कसरी देश चलाउला ख्वै?

भागबन्डाको भाँडभैलो

बुधबार, ०५ असोज २०७३

लाभका पदमा दलीय भागबन्डाका कारण अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि दिनानुदिन ग्रसित बन्दै आएको छ । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, डिन वा अन्य महŒवपूर्ण पदमा दलका अस्वस्थ नजर पर्नाले ती निकायमा कहिले लामो समय प्रमुख पद रिक्त हुने गरेको छ त कहिले चरम राजनीतिक प्रभावमा गलत व्यक्ति नियुक्त हुँदै आएका छन् ।

विश्व अर्थतन्त्र फेरि मन्दीको संघारमा

बुधबार, ०५ असोज २०७३

विगत केही वर्षमा विश्व अर्थतन्त्रमा आएका ठोस परिवर्तनले फेरि आर्थिक मन्दीको चक्र सुरू हुन लागेको संकेतहरू दिएका छन् । सन् २००८ मा देखिएको विश्वव्यापी आर्थिक मन्दी अमेरिकी कम्पनीहरूमा आएको संकट र त्यसमा पनि रियल स्टेट व्यवसायमा आएको समस्याले निम्त्याएको थियो भने एक दशक नबित्दै फेरि विश्व अर्थतन्त्रले भिन्न भिन्न कारणले गर्दा मन्दीको बाटो समात्न पुगेको आभास भएको छ ।

शान्ति दिवस र विश्व शान्ति

बुधबार, ०५ असोज २०७३

आज सेप्टेम्बर २१ । ३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ ।