समृद्धि सपनाका प्राथमिकता

सोमबार, २४ बैशाख २०७५

राजनीतिक हिसाबले नेपाली समाज जहिले पनि अस्थिर रह्यो। कुनै पनि सरकारले पूर्ण अवधि काम गर्ने अवसर पाएनन्, चाहे त्यो शासकहरूका कारण होस् वा राजतन्त्र, चाहे देखिने आन्तरिक कारण हावी भएर होस् या परोक्ष भूमिका निर्वाहक बाह्य शक्तिका कारण । राजनीतिक अस्थिरताको यही चक्रब्यूहमा मुलुक लामो समय नराम्ररी गाँजियो।

त्रिदेशीय साझेदारीको प्रश्न

सोमबार, २४ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको अन्तिमतिर चीनको दक्षिणी प्रान्त हैनानमा एसियाली बोआओ फोरमको सम्मेलन हुँदै थियो। यस सम्मेलनमा चीनले लिने स्वतन्त्र व्यापार र समृद्धि विषयक विश्वसनीयताका विषयमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सारगर्भित भाषण दिएका थिए। यद्यपि सी चिनफिङको उक्त भाषणको ठूलो अंश चीन र अमेरिकाबीच हालै भइरहेको व्यापार युद्धप्रति बढी लक्षित थियो र चिनियाँ राष्ट्रपति अमेरिका मात्र नभई विश्व–बजारमा आपसी द्वन्द्वलाई बढाउनमा भन्दा वार्ता र सहमतिका आधारमा व्यापार र भन्सार दरका विषय समस्याको समाधान गर्ने कुरामा केन्द्रित रहेका थिए। यो बोआओ सम्मेलन विश्व व्यापार नीतिमा केन्द्रित भएको हुँदा एसियाली मुलुकमा बढ्दो व्यापारबारे चिनियाँ नीति पनि यसको एउटा पक्ष रहेकामा कुनै द्विविधा रहेन ।

यातनामुक्त यातायातको संकेत

सोमबार, २४ बैशाख २०७५

अन्ततः यातायात व्यवसायीले घुँडा टेकेका छन्। आम हडताल गरेर सरकारलाई झुकाउने उनीहरूको प्रयत्न असफल भएको छ। व्यवसायीका नाममा समिति खडा गर्ने र दादागिरी गर्ने जुन खेल वर्षौंदेखि चलिआएको थियो, यसलाई अन्त्य गर्न सरकारले चालेको कदममा नागरिकको निःसर्त समर्थन रह्यो । सार्वजनिक यातायातका साधन खासगरी बसहरू नचल्दा आम नागरिकले केही हदसम्म दुःख त पाए तर यसको परिणाम सुखद रह्यो ।

सिन्डिकेट अन्त्य गर

आइतबार, २३ बैशाख २०७५

सिन्डिकेट जोगाउने आन्दोलनको योजना बनाउँदै गरेका यातायात व्यवसायीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेर सरकारले कडा रुपमा प्रस्तुत हुने संकेत दिएको छ, जुन आफै‌मा सकारात्मक कदम हो। थप आन्दोलनका लागि योजना बनाउन बैठक गरिरहेका व्यवसायीलाई पक्राउ गरी सरकारले जे जसरी सिन्डिकेटका पक्षमा रहेको आन्दोलनलाई निस्तेज पार्ने रणनीति अपनाएको छ, त्यो सराहनीय छ। अनिश्चितकालीन यातायात बन्दलगायत आन्दोलनका योजना बनाउँदै गर्दा व्यवसायीहरु पक्राउ परेका छन्। सरकारले व्यवसायीलाई पक्राउ गरेर मात्र हुँदैन, जनतालाई सास्ती हुन नदिने गरी यातायात सुचारु गर्नेतर्फ पनि उत्तिकै ध्यान दिन जरुरी छ।

उदारवादको अन्त्य

आइतबार, २३ बैशाख २०७५

रिचर्ड एन हासको चैत ७, २०७४ मा प्रकाशित प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित लेखको शीर्षक आफैंँमा पर्याप्त छ– ‘लिबरल वल्र्ड अर्डर, आरआइपी’ अर्थात् उदार विश्व व्यवस्था, आत्माले शान्ति पाओस्।’ लेखमा फ्रान्सेली दार्शनिक एवं लेखक भोल्तेयरले पवित्र रोमन साम्राज्यलाई न पवित्र न रोमन न साम्राज्य भनेजस्तै गरी अहिलेको उदार विश्व व्यवस्था न उदार न विश्वव्यापी न व्यवस्था भन्दै आलोचना गरिएको छ।

पहिचानको राजनीतिक भवितव्य

आइतबार, २३ बैशाख २०७५

नेपाल आदिवासी जनजाति महासंघका पूर्वसभापति एवं संविधानसभाकापूर्वसदस्य पासाङ शेर्पाले नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रसंगमा कुरा राख्दै उनलार्ई यो एकतालेभवितव्यमा पारेको सार्वजनिक गरेका छन्। शेर्पा पूर्व एमाले कार्यकर्ताका रूपमा लामो समय बिताएका व्यक्ति हुन् । पहिचानको मुद्दाको सवालमा उनी एमालेबाट बाहिरिँदै सामाजिक लोकतान्त्रिक पार्टी गठन गर्न पुगे । उनकै भाषामा त्यो पार्टीले काम नसारेपछि नयाँ शक्ति हुँदै यतिखेर माओवादी केन्द्रमा आइपुगेका छन्। प्रतिनिधिसभाको निर्वाचनको मुखैमा एमाले–माओवादी केन्द्रको गठबन्धन र पार्टी एकीकरणको सन्दर्भ उठेपछि उनीमाथि भवितव्य आइलागेको साँचो कुरा बाहिर ल्याएका छन्।

दलितभित्रको पनि दलित

आइतबार, २३ बैशाख २०७५

वादी समुदाय ऐतिहासिक रूपमा शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक रूपमा पछाडि पारिएको र विकासको मूलप्रवाहबाट वञ्चितीकरणमा पारिएको अल्पसंख्यक समुदाय हो। बाध्यात्मक यौन व्यवसायमा संलग्न यो समुदायले यसबाट उत्पन्न समस्याहरूका कारण सामाजिक उत्पीडन, हिंसा, भेदभाव र दुव्र्यवहारको अनेकानेक आक्रमणहरू सहँदै आएको कुरा घाम जस्तै छर्लङ्ग छ।

नेपाली वामक्रान्तिका चुनौती

शनिबार, २२ बैशाख २०७५

कम्युनिस्ट पार्टीको आजकोे श्रेष्ठता साना दुःखले आर्जेको होइन । पार्टी स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका लागि एकसाथ लड्दै, बलिदान दिँदै आर्जेको श्रेष्ठता हो । तर कुनै पनि संस्था केवल इतिहासका गौरवगाथाले चीरञ्जीवी हुन सक्दैन।

सुन काण्डको छानबिन

शुक्रबार, २१ बैशाख २०७५

३३ किलो सुन तस्करी प्रकरणमा ६३ जनाविरुद्ध मुद्दा दायर भए पनि यसका वास्तविक मालिकहरू अझै फेला परेका छैनन्। गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित छानबिन समितिले दिएको प्रतिवेदनलाई मुद्दाको आधार मानिएको छ। यस काण्डमा प्रहरीका उच्च अधिकृतसम्मको संलग्नताको आशंका गर्दै मुद्दा दायर गरिए पनि अनुसन्धानको पाटो एकपक्षीय मात्र भएको भन्ने धारणा सार्वजनिक भएका छन्। गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित उक्त समितिले यस प्रकरणमा प्रहरी कर्मचारीलाई मात्र लक्षित गरेको छ।

मोदीजीको पुनरागमन

शुक्रबार, २१ बैशाख २०७५

मोदीजी फेरि आउँदैछन्। उनी आउँदा के के होला भनी मोटामोटी अनुमान गर्न सकिन्छ । उनै मानिस, उही फुर्तीफार्ती, उही नाटकीय हाउभाउ फेरि देखिएला। तँछाड मछाड गर्दै उनको छेउमा उभिएर ङिचिक्क हाँस्ने र खिचिक्क फोटो खिच्ने प्रतिस्पर्धा हाम्रै केही देशवासीबीच फेरि पनि चल्ला । उनलाई प्रभु मान्नेहरू छँदैछन् एकथरीले पुरानै शैलीमा उनको पूजाअर्चना गर्ने होलान्, । रुँदै, आँसु पुछ्दै घरभित्रको दुःख सुनाउने होलान्, केही वरदान माग्ने होलान्। मिचाहा छिमेकी देशबाट यस्ता बाबुसाहेबहरू आउँदा जे÷जे हुने गरेको छ, धेरै कुरा फेरि पनि उस्तै उस्तै नै हुने होलान्। अनुमान गर्न सकिन्छ।

सम्बन्धको सहजीकरण

शुक्रबार, २१ बैशाख २०७५

२०१४ अगस्टमा १७ वर्षपछि नेपालको औपचारिक भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकालको ४ वर्षमा तेस्रोपटक नेपाल भ्रमण गर्दैछन्। तथापि नाकाबन्दीपश्चात् मोदीको यो नेपाल भ्रमण पहिलो हुनेछ। नेपालको तर्फबाट भने नाकाबन्दीपश्चात् मात्रै पनि प्रधानमन्त्री तहमा ४ चोटि भारतको भ्रमण भएको छ । सोमध्ये ओलीले नै दुईपटक भ्रमण गरेका छन् । अन्ततः केही समयअघि प्रधानमन्त्री ओलीले गरेका भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा भएको चिसोपना हटाइ सम्बन्ध सुधारका दिशामा महत्वपूर्ण योगदान पु-याएको देखिन्छ ।

सभ्यता र समृद्धिको द्वन्द्व

शुक्रबार, २१ बैशाख २०७५

संसारका सबैभन्दा पुराना सभ्यतामध्ये ब्रिटेनको सभ्यता पनि एक हो। त्यहाँ सन् १२१५ मा राजा जोनले म्याग्नाकार्टामा सही नगरेको भए के हुन्थ्यो भनेर इतिहासकारहरूले आज पनि बहस गरिरहेका छन् । धेरैको तर्क छ– ‘रन्निमिड’ अज्ञात ठाउँ रहन्थ्यो र अधिकारका नाममा एउटा नयाँ संघर्ष सुरु हुन सक्थ्यो । तर, प्राचीन सभ्यतालाई जोगाउँदै समृद्धिको यात्रामा जसरी बेलायत अघि बढ्यो, त्यसलाई संसारले आज पनि उदाहरणीय मानेको छ।

महिला नै महिलाको शत्रु ?

शुक्रबार, २१ बैशाख २०७५

केही समय पहिला विश्वप्रसिद्ध पत्रिका ‘फच्र्युन’ले विश्वकै प्रभावशाली बाह्र जना महिलालाई जीवन–केन्द्रित विषयमा गरेको प्रश्नमा च्यानल कम्पनीकी ग्लोबल सिइओ, मौरिन शिक्याले भनेकीछिन्, ‘महिला नेतृत्वको विकासमा तगारो बनेको मूल कुरा प्रचलित मान्यता र सोच हो। हामीमा पुरुषहरूले नेतृत्व गरेको हेर्ने र उनीहरू उही एउटै कामका लागि हामीभन्दा कम योग्य भए पनि उनीहरूले गरेको काममै विश्वास व्यक्त गर्ने बानी परेको छ।’

आयोजनामा चलखेल

बिहिबार, २० बैशाख २०७५

विकास आयोजनामा ढिलाइ हुँदा नागरिकले समयमै सेवा पाउन सक्दैनन्। हालैका वर्षमा विकास आयोजना ढिला सञ्चालन गरेरमात्र होइन तिनमा अनावश्यक ‘सेटिङ’ गरी अनुचित आर्थिक लाभ लिने गरेको देखिएको छ। यस्तो अनुचित कार्य प्रायः सबैजसो ठूला आयोजनामार्फत हुने गर्छ। ठेक्का प्रक्रिया सुरु हुँदादेखि नै सरकारका सरोकारवाला निकाय र ठेकेदार कम्पनीबीच सम्भावित दोहनको ‘सेटिङ’ हुने गरेको छ। आफूलाई ‘शुभलाभ’ गराउन सक्नेलाई ठेक्का दिलाउने र त्यसबापतको कमिसन र नजराना सम्बन्धित सरकारी निकायका व्यक्तिले बुझ्ने गरेका छन्।

अमेरिकामा टिपिएस खारेजपछि

बिहिबार, २० बैशाख २०७५

२०७२ वैशाखमा गएको भूकम्पलाई आधार बनाएर अमेरिकी सरकारले त्यस देशमा कुनै उपायबाट प्रवेश गरी अवैधरूपमा बसिरहेका करिव ९ हजार नेपालीलाईउपलब्ध गराएको निश्चित अवधिसम्म त्यहाँ रहन, बस्न र नेपाल फर्कनसमेत पाउने अस्थायी कानुनी सुविधा टेम्पररी प्रोटेक्टेड स्टेटस(टिपिएस) को म्याद दोस्रो पटक थप्न अस्वीकार गरेको छ।

रणनीतिबाज बादलको अस्तव्यस्त गृह

बिहिबार, २० बैशाख २०७५

बेलायतका बहुचर्चित प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए– खाना, नाना र छाना नभए पनि मानिस केही समय बाँच्न सक्छ तर सुरक्षा नभएको ठाउमा एक घन्टा पनि रहन सक्दैन।

महागुरु फाल्गुनन्द र सत्यधर्म मुचुल्का

बिहिबार, २० बैशाख २०७५

किरात धर्म दर्शनका महान् दार्शनिक, धर्मका पुनर्संस्थापक भगवान्रूपी १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द मुहिगुम अङसीमाङको जन्म २५ कात्तिक १९४२ आइतबार इभाङ चुक्चिनाम्बा डाँडागाउँ चारखोलामा भएको थियो। आत्मासाक्षात्कार पाएका बालकको ज्ञान, चेतना र दिव्यशक्ति फरक मात्रामा परिवर्तित प्रस्तुतिले ध्यान, ज्ञान, जप, तप, शिक्षा, दीक्षामा एकाएक परिवर्तन हुँदै साधनाले महान योगी, तपस्वी, ब्रह्मज्ञानी, माङधक कुधकका रूपमा महाज्ञान महासमाधि ज्ञान प्राप्त गरी सत्यहाङमा सत्यको महाराजाले उद्बोधन हुनुभई सत्यहाङमा साधु संज्ञाले सम्बोधित हुन पुग्नुभयो।

विकास, विनाश र विवाद

बिहिबार, २० बैशाख २०७५

एसियाली विकास बैंकको ऋण र अनुदानमा १ अर्ब ७९ करोड लागतमा धरानमा खानेपानी आयोजनाको निर्माण भइरहेको छ। खानेपानीको विकराल समस्यालाई समाधान गर्न सुरु भएको यो आयोजनाको कार्यन्वयनकर्ता र स्थानीय सरोकारवालाबीच एथेष्ट रूपमा सुरुदेखि घनीभूत छलफल नहँुदा सम्पन्न हुने चरणमा गम्भीर मोडमा आइपुगेको छ।

विकासविरोधी वितण्डा

बुधबार, १९ बैशाख २०७५

कुनै पनि बहानामा विकास आयोजनाको गति रोकिनु हुन्न । विकास आयोजनामाथिको आक्रमण राजनीतिक अजेन्डा हुन सक्दैन । यस्तो व्यवहारविरुद्ध सरकारदेखि सर्वसाधारणसम्मको सक्रियता आवश्यक छ ।

नेपाली कांग्रेसको आत्मस्वीकृति

बुधबार, १९ बैशाख २०७५

वामपन्थी दलमा आन्तरिक विवाद सिर्जना भएमा दुईधार अन्तरविरोधलाई निरन्तरता दिने सहमति गर्दै पार्टी चल्ने अथवा तुरुन्त विभाजित हुने घटना देखिँदै आएका छन् । तर कांग्रेसभित्रको विवाद भने ‘न मरिजाने न गरिखाने दीर्घरोगी’ जस्तो छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।