बुधबार, ११ असोज २०७४
जनकपुर उपमहानगरपालिकाको मेयर पदमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई १० हजार सात सय ४३ मतान्तरले पछि पार्दै विजयी भएका राजपा नेपालका लालकिशोर यादवसँग नागरिककर्मी सुरेश यादवले गरेको संक्षिप्त कुराकानी ।
आइतबार, ०८ असोज २०७४
भवन भट्ट गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी हुन्। जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ। नेपालमा होटल, ब्रुअरी, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका भट्टले आगामी अक्टोबर १४—१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपालीका मुद्दा र निर्वाचन केन्द्रित रहेर कृष्ण ढुंगानाले उनीसँग काठमाडौंमा गरेको कुराकानीः
शुक्रबार, ३० भदौ २०७४
रामसागर रामस्वरूप क्याम्पस, जनकपुरमा ३७ वर्षसम्म अर्थशास्त्र विषय प्राध्यापन गरेका प्रा. डा. सुरेन्द्र लाभ बौद्धिक हुन् । उनी राजनीतिक विश्लेषकका रूपमा समसामयिक राजनीतिबारे आफ्ना दृष्टिकोण तथा विचार प्रस्तुत गर्दै आइरहेका छन् । असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तह निर्वाचन तथा मधेसका विविध विषयबारे नागरिककर्मी सुरेश यादवले उनीसँग गरेको संवादः
आइतबार, २५ भदौ २०७४
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अष्ट्रेलियाको मेलबर्नमा व्यवसाय गरिरहेका एकजना धनाढ्य नेपाली हुन् । लगातार दुई कार्यकाल संघको नेतृत्वमा गरेपछि उनी आगामी अक्टोबर १७ पछि विदा हुँदैछन् । उनको चार वर्षे कार्यकालको समीक्षा, भूकम्प र बाढीपीडितलाई गरेको राहात केन्द्रित भएर नागरिकन्युजका लागि कृष्ण ढुंगानाले काठमाडौंमा गरेको अन्तर्वार्ता :
आइतबार, २५ भदौ २०७४
संविधानप्रति असन्तुष्टि जनाउ“दै आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी नेपालसहितका दलहरू संसदीय प्रक्रियाअन्तर्गत संविधान संशोधनको प्रक्रियालाई स्वीकार गर्दै स्थानीय तहको निर्वाचनमा सहभागी भएका छन् ।
आइतबार, १८ भदौ २०७४
यस विषयमा जिल्ला अदालतमा मुद्दा परेको छ । न्यायिक निकायबाट समय, क्रम र अदालती प्रक्रियाबाट यसको निरुपण भइहाल्छ । के भयो भने गालीबेइज्जती हुन्छ, के हुँदा हुँदैन भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता छन् ।
शुक्रबार, १६ भदौ २०७४
भारत र पाकिस्तानका अमेरिकी नियोगमा काम गरिसकेकी एन्डी डी आरमेन्ट अहिले काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ताको जिम्मेवारीमा छिन्। करिब एक महिनाअघि काठमाडौं आएकी उनी नेपाली भाषा बोल्छिन्। सन् २०११ मा पाकिस्तानी नागरिकसँग प्रेममा परेर कराँचीमै घरजम गरेकी उनी क्रिकेटको फ्यान पनि हुन्। उनको नेपाली भाषा सिकाइ र जीवनशैलीबारे कृष्ण ढुंगानाले गरेको कुराकानी:
आइतबार, ११ भदौ २०७४
भारतमै पनि त सबैको सहमति भएर संविधान ल्याइएको होइन । हामीकहाँ ९० प्रतिशतभन्दा बढी सांसदको सहमतिमा संविधान आयो । संशोधनको सम्भावना र फरक मतको बहस त हुन्छ नै, यसबाट आत्तिनु हुँदैन ।
शनिबार, १० भदौ २०७४
माओवादी केन्द्रका नेता पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अध्ययनशीलको सूचीमा पर्छन्। लामो समयदेखि कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनी पुस्तक अध्ययनलाई जीवनकै महत्वपूर्ण पाटोका रूपमा हेर्छन्।
आइतबार, २९ साउन २०७४
भावुक भएर भनिएको होइन, यहाँ अन्तर्वार्ता गरिएका विद्वान् डा.महेशराज पन्त नेपालका एक यस्ता पुराविद् हुन्, जो नेपाल अध्ययनका लागि सबैभन्दा विश्वसनीय स्रोतसंस्था हुन्।
शनिबार, २८ साउन २०७४
विश्वप्रकाश लामिछाने फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न गठित समितिका संयोजक हुन् । लामिछानेको समितिले २०६९ जेठमा सरकारलाई फेवातालको १६ सय ९२ रोपनी जग्गा अतिक्रमणमा परेको र त्यसलाई फेवातालकै बनाउनुपर्ने प्रतिवेदन सरकारलाई बुझाएको थियो । समितिले सरकारलाई प्रतिबेदन बुझाएको ४ वर्ष पुगेपनि त्यसको कार्यान्वयन भएको छैन । यसै विषयमा केन्द्रीत भएर रेडियो नागरिकमा नविन खतिवडाले लामिछानेसँग कुरा गरेका छन् ।
बिहिबार, २६ साउन २०७४
रविन्द्र अधिकारी कास्की क्षेत्र नं. ३ बाट एमालेका निर्वाचित सांसद हुन्। विद्यार्थी राजनीतिको पृष्ठभूिमिबाट उदाएका उनी हाल संसदको विकास समितिका सभापति छन्। सांसद अधिकारीसँग फेवा ताल अतिक्रमण एवं यसलाई बचाउने विषयमा केन्द्रित रहेर गरिएको अन्तर्वार्ता :
बिहिबार, २६ साउन २०७४
आङमा लुगा नभएका, खाना नभएका र सुत्केरी हुँदा औषधि नपाउने वर्गका मानिस लुटिरहेका छन्। उनीहरूको नाममा विदेशबाट आएको/ल्याएको पैसा उनीहरूकहाँ दस प्रतिशत पनि पुग्दैन, माथि नै खान्छन्।
आइतबार, २२ साउन २०७४
शिक्षा–स्वास्थ्यजस्तो संवेदनशील विषय सरकारको हुनुपर्छ, सुलभ र विश्वसनीय हुनुपर्छ, नाफा कमाउने मात्रै प्रधान उद्देश्य भएका निजी क्षेत्रलाई शिक्षा–स्वास्थ्य दिनुहुन्न भन्दा समाजवादी–साम्यवादी कम्युनिस्टहरू खुसी हुनुपर्ने होइन? डा केसीको माग पूरा गर्दा विचार र व्यवहारका सच्चा कम्युनिस्ट मनमोहन अधिकारीको सम्मान हुँदैन भन्नेसँग म बहस गर्न चाहन्छु।
आइतबार, ०८ साउन २०७४
साँढे ३० अर्बको कर वक्यौतामा सम्झौता गर्दा ६ अर्ब रुपियाँमात्र आएकाले राज्यले अहिलेसम्म २४ अर्ब रुपियाँ गुमाउनुपरेको छ।
आइतबार, ०१ साउन २०७४
ऐन/कानुन नल्याएर, प्रदेश कानुन नबनाएर, जनप्रतिनिधिको पारिश्रमिक तथा अन्य कुरा निश्चित नगरेर सरकार जवाफदेहीविहीन र अनुत्तरदायी ढंगले चलिरहेको छ। यसले ठूलो संकट ल्याउँछ।
सोमबार, २६ असार २०७४
यहाँको आर्थिक विकास र विस्तारमा व्यापारिक घरानाको सुझाव र सल्लाह महत्वपूर्ण हुन्छ। उहाँहरूकै सल्लाह र सुझावअनुसार आर्थिक अजेन्डा तय गरेर अगाडि बढ्छु।
आइतबार, २५ असार २०७४
राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता राजेन्द्र महतो स्पष्ट वक्ताका रूपमा परिचित छन् । संविधान लेखनदेखि निरन्तर असहमति राख्दै आन्दोलन गरिरहेको भए तापनि निकास निस्कन नसकेकामा चिन्ता पनि व्यक्त गर्छन । प्रमुख तीन दल नै संविधान संशोधन गर्न आनाकानी गरिरहेको आरोप लगाउने महतोले प्रतिपक्ष एमालेसँग वार्ता र छलफल चलाएर निकास निकाल्ने योजना सुनाएका छन्, उनै महतोसँग नागरिककर्मी प्रकाश तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
बुधबार, २१ असार २०७४
राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता हृदयेश त्रिपाठी निरन्तर मधेस र मधेसी जनताको पक्षमा आवाज उठाउने नेता हुन् ।
आइतबार, ११ असार २०७४
पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिताका लागि पनि हाम्रो नगरपालिकाका सबै पदाधिकारीलाई पदबहाली गरेको एक महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका छौं।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।