coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटना परी चालकको मृत्यु

उदयपुर–यहाँ गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको मध्यवर्ती गाविस रौता– २ रसुवा शीरमा स १ त ३१३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक राकेश बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भुट्टारमा सामान पुर्याएर सदरमुकाम गाईघाटतर्फ फर्कँदै गरेका बेला कच्ची सडकको घुम्तीमा अनियन्त्रित भई दुर्घट्नामा परेको ट्याक्टरले किचेर त्रियुगा नगरपालिका– ३ का २० वर्षीय बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । राति ८ः०० बजेको घट्नाबारे प्रहरीलाई ढिलो गरी खबर प्राप्त भएको र राति नै प्रहरी चौकी सुकौराबाट उद्धारका लागि टोली खटाइएको प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताएका छन् । सडकदेखि खसेको ट्याक्टर ५० मिटर तल झरेर खोल्सामा जाकिएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

प्रकाशित: २१ मंसिर २०७३ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App