८ वैशाख २०८१ शनिबार
समाज

कलंकीमा बन्दैछ नेपालकै पहिलो ‘अन्डर पास’ रोड

काठमाडौं–काठमाडौंको कलंकीमा नेपालकै पहिलो नमुना ‘अन्डर पास’ रोड निर्माण हुँदैछ। चत्रपथ विकास आयोजनाअन्तर्गत यो ‘अन्डर पास’ रोड निर्माण हुन लागेको हो।

कलंकी चोकमा रोड क्रस गर्न पैदलयात्रीले प्रयोग गर्दै आएको दुई खम्बे आकाशे पुल (ओभर हेड पेडिस्ट्रियन ब्रिज) अहिले देख्न पाइँदैन। त्यही ठाउँको बीच सडकमा जस्तापातले घेरेर निर्माण कार्य चलिरहेको अहिले देख्न पाइन्छ। र, संभवतः अबको झण्डै डेढ वर्षपछि यहाँ देख्न सकिन्छ– ८ सय मिटर लम्बाइको एक शानदार अन्डरपास रोड। जुन खसिबजारदेखि बाफलसम्मको लम्बाइको हुनेछ।

भिडियोः

‘२०१८ को जुलाईसम्ममा यो आयोजना निर्माण पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको छ,’ आयोजनका निर्देशक ज्ञानेन्द्रकुमार झाले भने, ‘अन्डरपास प्रविधिको रोड निर्माण भएपछि बल्खुबाट स्वयम्भूतर्फ जाने–आउने सवारी साधनले कलंकी चोकमा रोकिनु पर्ने बाध्यता हट्नेछ।’

निर्माण स्थलमा प्राविधिकसहित ६० जना चिनियाँ जनशक्तिले काम गरिरहेको आयोजनाका इन्जिनियर रमेश दृष्टीले जानकारी दिए। चीनको अनुदानमा निर्माण हुन लागेकोले उक्त सडक निर्माणको ठेकेदार कम्पनी पनि चीनकै सिफारिसमा नियुक्त भएको हो।

अन्डरपास रोडबाट पैदल यात्रीले रोड क्रस गर्न पाउँदैनन्। उनीहरुका लागि भने ओभरहेड ब्रिज र जेब्रा क्रस नै प्रयोगमा ल्याइने छ।  

चीन सरकारको ५१२ मिलियन युआन (करिब ५ अर्ब रुपैयाँ) को अनुदान सहयोगमा उक्त चक्रपथ विकास आयोजना शुरु भएको हो। यस आयोजनाअन्तर्गत कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको करिब साढे १० किलोमिटर लामो १० लेन चौडाइको सडक निर्माण हुनेछ। दायाँबायाँ एक–एक लेन फूटपाथ तथा साइकल ट्यांकसमेत यस सडकमा रहनेछन्। सडकका मुख्य चोकहरुमा ३ ओटा ठूला आकाशे पुल, ४ ओटा खोलामा पुल निर्माण हुनेछन्। यी मध्ये कोटेश्वर र सोटदोबाटोमा आकाशे पुल निर्माण कार्य पूरा निकै अघि बढिसकेको छ।

खोलामा बनाउनु पर्ने पुलहरु पनि निर्माण भइरहेका छन् भने चालू आर्थिक वर्षभित्रमा आयोजनाले कलंकीदेखि एकान्तकुनासम्मको झण्डै ५ किलोमिटर सडक पिच गरिसक्ने लक्ष्य राखेको जनाएको छ। उक्त सडक पिच गर्नका लागि चिनियाँ निर्माण कम्पनीले आवश्यक सामग्री भक्तपुरको सल्लाघारीमा भण्डारण गरिसकिएको छ। निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी सांघाइ कन्स्ट्रक्सन ग्रुपले दिनरात नभनी काम सुचारु राखेको छ।

निर्माण स्थलमा प्राविधिकसहित ६० जना चिनियाँ जनशक्तिले काम गरिरहेको आयोजनाका इन्जिनियर रमेश दृष्टीले जानकारी दिए। चीनको अनुदानमा निर्माण हुन लागेकोले उक्त सडक निर्माणको ठेकेदार कम्पनी पनि चीनकै सिफारिसमा नियुक्त भएको हो।

निर्माण पूरा भएपछि कलंकी चोकमा सवारी साधनले नागढुंगाबाट स्वयम्भूतर्फ जान विनाअवरोध बायाँतर्फ मोडेर जान सक्नेछन् । स्वयम्भूबाट नागढुंगा जान सोही रुट प्रयोग गर्न सक्नेछन् । नागढुंगाबाट बल्खुतर्फ जान विनाअवरोध दायाँ मोडेर जान सक्नेछन् । बल्खुबाट नागढुंगा जान पनि सोही रूपट प्रयोग गर्न सक्नेछन् ।

‘भूकम्प र नाकाबन्दीका कारण आयोजनाको समय एक पटक थप गरेर २०१८ को जुलाईसम्म पुर्याइएको हो,’ निर्देशक झाले भने, ‘आयोजनाको ४६ प्रतिशत काम सकिएको छ। क्लंकी–कोटेश्वर चक्रपथ विकास आयोजना सन् २०१३ को जुनबाट शुरु भएको थियो भने सन् २०१७ को जनवरीमा सक्ने योजना थियो। तर, भूकम्प र नाकाबन्दीका कारण काम ठप्प भएपछि निर्माण पूरा हुने अवधि लम्बिएको हो।

निर्माण पूरा भएपछि कलंकी चोकमा सवारी साधनले नागढुंगाबाट स्वयम्भूतर्फ जान विनाअवरोध बायाँतर्फ मोडेर जान सक्नेछन् । स्वयम्भूबाट नागढुंगा जान सोही रुट प्रयोग गर्न सक्नेछन् । नागढुंगाबाट बल्खुतर्फ जान विनाअवरोध दायाँ मोडेर जान सक्नेछन् । बल्खुबाट नागढुंगा जान पनि सोही रूपट प्रयोग गर्न सक्नेछन् ।

त्रिपुरेश्वरबाट स्वयम्भू जान विना अवरोध दायाँ मोडेर जाने सक्नेछन् । स्वयम्भूबाट त्रिपुरेश्वर जान पनि सोही रुट प्रयोग गर्न सक्नेछन् । त्रिपुरेश्वरबाट बल्खु जान बायाँ मोडेर जान सक्ने छन्। बल्खुबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही मोड प्रयोग गर्न सक्नेछन्। नागढुंगा–त्रिपुरेश्वर आवतजावतमा सवारी साधनले विना अवरोधतर्फ अन्डरपासमाथि बन्ने सिधा रोड प्रयोग गर्न सक्नेछन् । तर, बल्खुबाट स्वयम्भू र स्वयम्भूबाट बल्खु आवतजावत गर्ने सवारीले अन्डरपास भएर विनाअवरोध जान सक्नेछन्।  
सो सडक निर्माणपछि कलंकीदेखि कोटेश्वरहुँदै भक्तपुरको सुर्यविनायकसम्मको सडक जाममुक्त हुने अपेक्षा सडक विभागको छ।

फोटो/भिडियोः प्रबिन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App