coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

फेसबुकको नियमप्रति इजरायल रुष्ट

जेरुसेलम–सामाजिक संजाल फेसबुकको लोकप्रियता बढिरहेका बेला इजरायलले भने फेसबुकलाई सामाजिक संजालमा व्यवहारिक अवरोधको सामना गर्न नसकेको आरोप लगाएको छ। इजरायलका जनसुरक्षा मन्त्री जिलाद् इर्दनले फेसबुकमा व्यवहारिक सामाग्री हटाउनका लागि धेरै झन्झटिलो भएको आरोप लगाएका हुन्।

कानुन मन्त्री एलेट साकेद्ले सामाजिक संजालले आफ्नो राष्ट्रको  कुनै सुरक्षा खतरा सम्बन्धि सामाग्री भए त्यसलाई तत्काल हटाउनु पर्ने बताएकी छन्। इजरायली सैनिक रेडियोसँग कुरा गर्दै उनले सामाजिक संजालले बाल यौनका सामाग्रीमा  निषेध गरे जस्तै आतंक तथा त्यस्ता आतंक फौलाउने कुनैपनि सामाग्री तत्कालै निषेध गर्नु पर्ने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

फेसबुकले भने इजरायली अधिकारीहरुले भनेझैं अवरोध तथा धम्कीपूर्ण सामाग्रीको सामाधान गर्न आफूहरु गम्भिर रुपमा लागेको बताएको छ।
एक विज्ञप्ति जारी गर्दै फेसबुकले आफूहरुले फेसबुकमा कुन सामाग्रीलाई अनुमति दिने कुनलाई निषेध गर्ने भन्ने विषयको समाधानका लागि एक विज्ञ टोली गठन गरेको बताएको छ । साथै उसले आफूहरुले सामाजिक संजालका प्रयोगकर्तालाई कुनै पनि अमर्यादित सामाग्री देखेमा तत्काल त्यसलाई रिपोर्ट गर्न भनेको जनाएको छ।

फेसबुकले आफ्नो संजालमा कुनै पनि आतंकलाई बढवा दिने , धम्कीपूर्ण भाषाको प्रयोग गर्ने सामाग्रीका लागि कुनै स्थान नभएको पनि बताएको छ। यस अघि सन् २०१५ मा पनि फेसबुकलाई टर्कीको एक अदालतले यस्ता सामाग्री नहटाएको भन्दै आफ्नो देशमा सामाजिक संजालमा नै प्रतिबन्ध लगाउन सक्ने बताएको थियो। सोही वर्ष जर्मन सरकारले फेसबुक र ट्विटरलाई उनीहरुको वेबसाइटमा पोस्ट गरिएका धम्कीपूर्ण र असभ्य भाषा तत्काल हटाउन दबाब दिएको थियो ।

फेसबुकको एक अध्ययन टोलीले भने इजरायली सामाजिक संजालमा पोस्ट गरिएका आतंकलाई प्रोत्साहान दिने र विभेदपूर्ण भाषा प्रयोग गरिएका २३६ पोस्टलाई निषेध गरिसकिएको बताएको छ।


    

 

प्रकाशित: २१ असार २०७३ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App