६ वैशाख २०८१ बिहीबार
खेल

काठमाडौंमा तेक्वान्दो प्रतियोगिता

काठमाडौं- राष्ट्रिय आमन्त्रण संकटा रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिता राजधानीको टेबहालमा हुने भएको छ। माघ १५–१६ गते हुने प्रतियोगिता मित्सुबिसी मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता लियोन मोटर प्रालिले गर्न लागेको हो।

प्रतियोगितामा आयोजक टोलीसहित ३ विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ र ५ विकास क्षेत्रका महिला–पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा  महिला र पुरुषतर्फ समान ६ तौल समूह समावेश गरिएको आयोजकले बताएको छ। प्रतियोगितामा पुरुषतर्फ ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७३ केजी र ७७ केजी तौल समूह समावेश गरिएको छ। महिलातर्फ ४२ केजी, ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी र ६२ केजी समावेश गरिएको आयोजक लियोन मोटर प्रालिले जनाएको छ।

प्रतियोगिताले भूकम्पबाट मानसिक रुपमा निराश बनेको समाजमा उत्साह जगाउन सघाउने आयोजकले बतायो।   

प्रकाशित: १३ माघ २०७३ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App