८ वैशाख २०८१ शनिबार
खेल

खोसियो बोल्टको ओलम्पिक स्वर्ण

लन्डन- सहखेलाडी नेस्टा कार्टर सन् २००८ को बेइजिङ ओलम्पिकमा डोपिङ परीक्षणमा दोषी पाइएपछि जमैकाका धावक उसेन बोल्टको एउटा ओलम्पिक स्वर्ण पदक खोसिएको छ। उनले लगातार तीन ओलम्पिकमा नौ स्वर्ण पदक जितेका थिए।

कार्टरले प्रतिस्पर्धाका दौरान प्रतिबन्धित मिथाइलहेक्जानिमाइन प्रयोग गरेको पाइएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले बुधबार जनाएको छ। अब जमैकाले ४ गुणा सय मिटर रिलेमा जितेको स्वर्ण पदक आइओसीलाई फिर्ता गर्नुपर्नेछ।

१ सय, २ सय र ४ गुणा सय रिले गरी लगातार तीन ओलम्पिकमा स्वर्ण जितेका बोल्टलाई विश्वकै महान धावकका रुपमा लिइन्छ।

यससँगै जमैकाले बेइजिङमा विश्व कीर्तिमान राख्दै ४ गुणा सय मिटर रिलेमा जितेको स्वर्ण पदक दोस्रो स्थानको टि्रनिडाड एन्ड टोबागोलाई दिइने भएको छ भने तेस्रो स्थानको जापानलाई रजत र चौथो स्थानको ब्राजिलले कांस्य पदक पाउने भएका छन्।

प्रकाशित: १३ माघ २०७३ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App