coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एपीएफलाई स्तब्ध पार्दै पश्चिमाञ्चल तेस्रो

काठमाडौं- पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले बिहीबार विभागीय टोली सशत्र प्रहरी बलको एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ। ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा भएको खेलमा पश्चिमाञ्चलले पहिलो सेट नै २५–२२ ले आफ्नो पक्षमा पार्दै एपिएफलाई दबाबमा राखेको थियो।

एपिएफले दोस्रो सेट २५–२२ ले जित्दै १–१ को बराबरी गर्‍यो। पश्चिमाञ्चल लयमा फर्कंदै तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेपछि सेटमा २–१ अग्रता लियो। निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा एपिएफले २९–२७ ले विजय हासिल गरेपछि खेल थप रोमाञ्चक बनेको थिो। पाँचौं सेट तथा निर्णायक सेटमा पश्चिमाञ्चलले १५–१३ जित्दै तेस्रो स्थान हात पार्‍यो।

शुक्रबार दुई विभागीय टोली नेपाल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर र कोचले पनि जनही १०/१० हजार नगद पुरस्कार पाउने छन्। प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ।  

प्रकाशित: १४ माघ २०७३ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App