७ वैशाख २०८१ शुक्रबार
अर्थ

१५ वर्षभित्र 'इ-नेपाल'को परिकल्पना

काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले १५ वर्षभित्र मुलुकलाई 'इ–नेपाल'को रुपमा विकास गर्ने बताएका छन्। भृकुटीमण्डपमा बिहीबार सुरु क्यान इन्फोटेकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले मुलुकलाई 'इ–नेपाल'को रुपमा विकास गरिने बताएका हुन्।

'सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसङ' नारा सहित सुरु भएको ६ दिने सूचना प्रविधि मेलामा अर्थमन्त्री महराले भने, 'अबको १५ वर्षभित्र शिक्षा, स्वास्थ्य, प्रशासनलगायत हरेक क्षेत्रलाई इन्टरनेटमा आधारित बनाइने छ।'

कम्प्युटर एसोसिएसन अफ नेपाल फेडरेसन (क्यान महासंघ) ले आयोजना गरेको २३औं संस्करणको सूचना प्रविधि मेलामा अर्थमन्त्री महराले सबै क्षेत्रलाई पारदर्शी र आधुनिक बनाउन आइसिटी आवश्यक रहेको भन्दै विकासको लागि निजी क्षेत्रलाई जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता गरे।

उक्त अवसरमा क्यान महासंघका अध्यक्ष विनोद ढकालले 'इ–नेपाल'को नारा कार्यान्वयनलाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, 'क्यान महासंघ ५६ जिल्लामा विस्तार भएर आइसिटी क्षेत्रमा क्रियाशील भएका कारण राज्यले बजेट विनियोजन गर्नुपर्छ।'

क्यान इन्फोटेकको यस २३औं संस्करणको शीर्ष प्रायोजन सुबिसु केबलनेटले गरेको छ भने एसोसिएट स्पोन्सर सामसङ रहेको छ। मेलाको प्लाटिनम स्पोन्सर– मर्कन्टाइल, डायमन्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– ह्वावे र ओप्पो मोबाइल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस पावर, एमआई स्मार्टफोन र लेनोभो रहेका छन् भने प्रिन्ट स्पोन्सरमा खल्ती छ। अफिसियलमा बैंक– सन्राइज, टेलिभिजन– माउन्टेन, इन्स्योरेन्स– प्रुडेन्सियल, आइएसपी– सुबिसु, एफएम– नेपाल, अनलाइन टिकेटिङ– एफ वान सफ्ट इन्टरनेसनल, अनलाइन पेमेन्ट– इ–सेवा, नेपाली आइटी म्यागेजिन– लिभिङ विथ आइसिटी, सिसिटिभी– ग्याजेड्स एन्ड गिजमोस ट्रेडर्स, वेब न्युज– हाम्राकुरा डटकम, एसएमएसमा– स्प्यारो एसएमएस, होटल– होटल मर्स्याङ्दी र क्रियटिभ– विटी प्रिन्टिङस् रहेका छन्।

१ सय ५८ कम्पनीका २ सय २२ स्टल

मेलामा कुल १ सय ५८ कम्पनीका २ सय २२ स्टल रहेका छन्। मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका छन् भने ट्रसमा १ सय ४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा २ सय २२ स्टल रहनेछन्। मेलामा डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, हार्डवयर सेल्स तथा मेन्टिनेन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, पेमेन्ट सोलुसन्स पावर सोलुसन्स, मोबाइल एसेसरिज, टेलिकम्युनिकेसन्स, सफ्टवेयर सोलुसन्स लगायतका स्टल छन्।

इन्फोटेकमा विभिन्न ब्रान्डका कम्पनीले १५ देखि २० प्रतिशत सेवामा छुट गरेका छन्। यस्तै, नयाँ प्रविधिमा आधारित मोबाइल फोन, ट्याबलेट, उच्च गतिको इन्टरनेटमा दिइने छुट, नयाँ तथा अन्य उपकरण मुख्य आकर्षण रहेका छन्। मेला ४ लाखभन्दा बढीले अवलोकन गर्ने लक्ष्य राखिएको प्रदर्शनीमा विशेष गरी इन्टरनेट सेवा प्रदायक कम्पनीबाट विशेष छुट सहितका विभिन्न प्याकेज तथा उच्च गतिको इन्टरनेट सेवा, मोबाइल तथा टेलिफोन कम्पनीका आकर्षक अफर रहेका छन्। त्यस्तै बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्रीमा पनि विशेष सहुलियत र स्किम सहित उपलब्ध छन्। मेलामा नयाँ प्रविधिमा आधारित मोबाइल फोन, ट्याबलेट, सफ्टवेयरहरुमा नयाँ संस्करणसहितको अपडेट मोडल उपलब्ध हुनका साथै नयाँ कम्पनी तथा उत्पादनसमेत छन्।

मेला अवलोकन गर्नका प्रतिव्यक्ति १ सय रुपैयाँँको टिकट लिनुपर्ने आयोजकले जनाएको छ। विद्यार्थीका लागि भने ५० रुपैयाँँ टिकट दर छ। टिकट क्यानको वेबसाइटबाट अनलाइनमार्फत पनि किन्न सकिने बताइएको छ। 

माघ १७ बिजनेस डे

महासंघले क्यान इन्फोटेक मेलाको उद्घाटनसँगै माघ १७ गतेलाई 'बिजनेस डे'को रुपमा घोषणा गरेको छ। सो दिन मेलामा विद्यार्थी लगायत सबै अवलोकनकर्तालाई समान रुपमा १ सय रुपैयाँँ टिकट लिइने महासंघले जनाएको छ।

मोबाइलबाटै ट्याक्सी

इरा सफ्ट सोलुसनका म्यानेजिङ डाइरेक्टर ओम खड्काले सूचना प्रविधिको विकाससँगै इन्टरनेट भएको मोबाइलबाट सिधै ट्याक्सी रिजर्भ गर्न सक्ने बताए। उनले भने, 'यसका लागि 'ओएनभिइआर' गुगल प्लेमा गएर स्टल गर्ने अनि रजिस्टर गरेपछि आफू नजिकैको ट्याक्सी देखाउँछ।' उक्त सफ्टवेयरमा दर्ता भएको ट्याक्सी अहिले काठमाडौंमा ६ सय रहेको इरा सफ्ट सोलुसनले जनाएको छ। उक्त सेवाले अनलाइनबाटै ट्याक्सीको लोकेसन, पुग्ने ठाउँको समय, पैसा सबै अनलाइबाटै जानकारी हुने खड्काको भनाइ छ।

'सुलभ, सुनिश्चित र सुरक्षित यात्राको लागि' अनलाइन ट्याक्सी नारासहित तीन वर्ष अघिदेखी अभ्यासमा रहेको उक्त प्रणाली चार महिनाबाट कार्यान्वयनमा ल्याइएको म्यानेजिङ डाइरेक्टर खड्काले बताए।

अहिले ठूला होटल, विदेशबाट नेपाल फर्किएका नेपाली र इन्टरनेटको पहुँच भएकाले अनलाइन सिस्टमबाट ट्याक्सी सेवा लिइरहेको सोलुसनले जनाएको छ।

इनफोकस ब्रान्डका नयाँ मोबाइल

फोकस मोबाइलका सेल्स म्यानेजर अशोक गौतमले मेलामा दुईवटा नयाँ ब्रान्डका मोबाइल लन्च गरेको बताए। उनका अनुसार एम६८० मोडलको सेल्फी मोबाइल र एपिआइसी १  रहेका छन्। यसको मूल्य २९ हजार ९ सय ९९ रुपैयाँँ रहेको कम्पनीले जनाएको छ। साथै अहिले बिङ्गो २०, एम३७० आई र एम ८०८ आई खरिद भइरहेको सेल्स म्यानेजर गौतमको भनाइ छ।

मेघा टेकको एसियन ब्याट्री

मेलामा मेघा टेक ग्रुपले सानो कारदेखि ठूलो गाडीसम्मलाई हुने ब्याट्री मेलामा बिक्रीका लागि राखेको छ। मेलामा जेनेरेटर, जेटसिएम जेनेरेटर, सोलार ब्याट्री, इ–रिक्सा ब्याट्री राखेका छन्।

ब्रदर्स प्रिन्टरमा पाँचओटा नयाँ मोडल

मेलामा ब्रदर्श कम्पनीको पाँचओटा नयाँ मोडल प्रिन्टर राखेका छन्। कम्पनीको म्यानेजर मोहम्मद चुन्नाले भने, 'डिसिपी एल २५४० डिडब्लु मोडलको थ्री इन वान लेजर मल्टिफङ्सनको रहेको छ। यसअघि २८ हजारमा पाइने प्रिन्टर अहिले २४ हजारमा उपलब्ध छ।'

यस्तै डिसिपी टी ३०० मोडल, एमएफसि एल ५७५५ डि डब्लु, एमएफसि एल ६९०० डि डब्लु र एचएल एल ६४०० डि डब्लु मोडलको आधुनिक प्रिन्टर भिœयाएको कम्पनीका म्यानेजर श्रेष्ठको भनाइ छ।

लेनोभो मोबाइलको ब्रान्ड

मेलामा लेनोभो कम्पनीका ६ ओटा मोबाइल खरिद गर्न पाउँनेछन्। केफो नोट २५ हजार ९ सय ९९ रुपैयाँ, केथ्री नोट १७ हजार ९ सय ९९ रुपैयाँ, भिआइबिसी सी ११ हजार ९ सय ९९ रुपैयाँ, भिआइबिसी के फाइभ १७ हजार रुपैयाँ,  भिआइबिसी पिआइएम १५ हजार ९ सय ९९ रुपैयाँ र ए वान थाउजेन मोडलको लेनोभो मोबाइल भने ७ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न सकिने छ।

सामसङको नयाँ अफर

सामसङले फोरजी चल्ने मोबाइल खरिदमा सय प्रतिशत क्यास ब्याक, ५० प्रतिशत क्यास ब्याक, एक हजार टपअप र एक सय टपअप रुपैयाँ अफर ल्याएका छन्।

हरेक स्यामसङ फोरजी स्मार्टफोन खरिदमा एसएमएसमार्फत तुरुन्तै यी माथिका अफर जित्न सक्ने कम्पनीका प्रोडक्ट म्यानेजर सौरभ कारणजीतले जानकारी दिए।

सुबिसु केबलनेटको जम्बो अफर

क्यान इन्फोटेक २०१७ को शीर्ष प्रायोजक सुबिसु केबलनेटले सुबिसु क्यान इन्फोटेक २०१७ लाई लक्षित गरी ग्राहकसमक्ष जम्बो अफर ल्याएको छ। यो अफर इन्टरनेट र क्लियर टिभीको कम्बो सेवा तथा क्लियर टिभीमा रहेको कम्पनीले जनाएको  छ । अफरअन्तर्गत ग्राहकले क्लियर टिभी र इन्टरनेटको सुपर कम्बो अफर केबल ७ हजार ९ सय ९९ (करसहित) मा प्राप्त गर्न सकिने छ। जसमा ३ महिनाको लागि २ एमबिपिएस इन्टरनेट तथा ४० एचडी च्यानल सहित १ सय ५५ भन्दा बढी च्यानलको क्लियर टिभीको प्रिमियम प्याकेजका साथै ग्राहकले वाइफाइ राउटर, क्लियर टिभी सेटअप बक्स, जडान खर्च  निःशुल्क प्राप्त गर्न सक्ने कम्पीले जनाएको छ। प्याकेज अन्तर्गत ग्राहकले बिहानको १ बजेदेखि बेलुकी ५ बजेसम्म २ एमबिपिएस इन्टरनेटको दोब्बर ब्यान्डविथ प्राप्त गर्नसक्ने कम्पनीको भनाइ छ।

प्रकाशित: १४ माघ २०७३ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App