coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चितवन निकुञ्जमा अर्को अर्ना थपियो

फाइल तस्बिरः काेशीटप्पु वन्यजन्तु अारक्षमा रहेकाे अर्नाकाे बथान

रत्ननगर (चितवन)– कोसीटप्पु वन्यजन्तु आरक्षबाट आज थप एउटा अर्ना चितवन निकुञ्ज ल्याइएको छ।

शुक्रबार दुईवटा अर्ना ल्याएर चितवन निकुञ्जमा सार्वजनिक गरिएकोमा शनिबार बिहान थप अर्काे पोथी अर्ना चितवन निकुञ्जमा थपिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए। अहिले अर्ना समात्ने चिकित्सक र प्राविधिज्ञसहितको टोली कोसीटप्पुमै रहेको छ।

शनिबार ल्याएसँगै चितवन निकुञ्जमा तीनवटा अर्ना आइपुगेका छन्। शुक्रबार वनमन्त्री शङ्कर भण्डारीकै उपस्थितिमा दुईवटा अर्ना निकुञ्ज पुर्याइएको थियो। छ वर्षको पोथी अर्ना समाएर चितवन पठाइएको र शनिबार पनि अर्ना समाउने प्राविधिक टोली कोसीको आरक्षमा खटाइएको आरक्षका प्रमुख श्यामकुमार शाहले जानकारी दिए।

कोसीबाट चितवनमा पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना छ। क्रमैसँग अर्ना ल्याइने चितवन निकुञ्जले जनाएको छ। अर्ना लोप नहोस् भनेर वंश संरक्षणका लागि यसरी स्थानान्तरण गरिएको हो।

सन् १९६० को दशकअघि चितवनमा अर्ना रहेको र पछि लोप भएको यहाँका पुराना संरक्षणकर्मी रामपृत यादवले बताए। अर्ना स्थानान्तरणको काम जुलोजिकल सोसाइटी अफ लन्डन, डब्लुडब्लुएफको हरियो वन कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निकुञ्ज विभागको समन्वयमा भएको हो।

अर्ना ल्याउने काम सकिएपछि बाह्रसिङ्गे ल्याउने र गैँडा स्थानान्तरणको काम सुरु हुने निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले बताए। रासस
 

प्रकाशित: १५ माघ २०७३ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App