८ वैशाख २०८१ शनिबार
अर्थ

सुबिसु क्यान इन्फोटेकमा अफरको बहार

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ मेलामा शनिबार व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहार लगायत विभिन्न अफर ल्याएका छन् । यस्ता अफरले मेला अवलोकनकर्तालाई थप सहुलियत मिलेको छ ।

प्रदर्शनीको पहिलो दिन ३४ हजार एक सय ५४ जनाले अवलोकन गरेका थिए भने दोस्रो दिन ३६ हजार १ सय १८ र शनिबार तेस्रो दिन ६९ हजार ४ सय ७८ जनाले अवलोकन गरेको आयोजकले जानकारी दिए ।
इन्फोटेकको प्रायोजक सुबिसु केबलनेटले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुबिसुले मात्र ७ हजार ९ सय ९९ मा यो जम्बो अफर ल्याएको छ ।
त्यसैगरी नेपाली उपभोक्ताका लागि लक्षित गरी ल्याइएका सामसुङका स्मार्टफोनमा पनि अवलोकनकर्ताको भीड लागेको छ । सामसुङले इन्फोटेकमा ६ जिबी ¥याम भएको सी ९ प्रो र ग्यालेक्सी अन सेमेन प्रो र जे २ एस मोबाइलको पनि विशेष छुटसहित प्रदर्शनी गरिरहेको छ ।
यस्तै, हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआई, ब्लाकभ्यूलगायतका स्टलमा शनिबार अवलोकनकर्ताको भीड थियो । त्यस्तै इन्टरनेट सेवाप्रदायक कम्पनी तथा वेबसर्फरका साथमा नेपाल टेलिकमको फोरजी अफरमा पनि अवलोकनकर्ताको विशेष आकर्षण देखियो ।
मेलामा सोनीले नेपालमै पहिलोपटक सार्वजनिक गरेको पावर बैंक टिभीमा पनि अवलोकनकर्ताको आकर्षण बढेको छ । यसमा सोनीले १५ प्रतिशत छुट उपलब्ध गराएको छ । त्यस्तै संसारकै सबैभन्दा सानो स्टिक कम्प्युटर मेला अवधिभर मात्रै ११ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइएको पनि आयोजकले जनाएका छन् ।
मेलाकै अवसरमा नेपालका लागि नयाँ मोबाइल वालेट खल्ती पनि सार्वजनिक गरिएको छ । त्यस्तै फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सिसिटिभी लगायत सामग्री विशेष अफरसहित उपलब्ध छन् ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १ सय ५८ कम्पनीका २ सय २२ स्टल रहेका छन् ।
रेडक्रसको रक्तदान कार्यक्रम

इन्फोटेकस्थलमै रेडक्रस सितापाइला उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम पनि आयोजना भएको छ । शनिबारसम्म ९८ पिन्ट रगत संकलन भएको रेडक्रसले जनाएको छ । १८ गतेसम्म सञ्चालन हुने इन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ ।

सोमबार बिजनेस डे

क्यान इन्फोटेकमा आज आइतबारलाई बिजनेस डे घोषणा गरिएको छ । आजलाई प्रदर्शनीस्थल प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ । उक्त दिन विशेषगरी बिजनेस हाउसेजहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरसँग प्रत्यक्षरुपमा बिजनेस डिल गर्न सक्ने आयोजकको भनाइ छ । यो दिनको टिकट मूल्य सबैका लागि  १ सय रुपैयाँ तोकिएको छ । मेला माघ १८ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित: १६ माघ २०७३ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App