४ वैशाख २०८१ मंगलबार
खेल

आइसिसीमा संरचना परिवर्तनको प्रस्ताव

दुबई- टेस्ट र एक दिवसीय क्रिकेट संरचनामा परिवर्तन गर्दै अफगानिस्तान र आयरल्यान्डलाई टेस्टको मान्यता दिन सक्ने शुक्रबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को कार्यसमिती वैठकमा दुई वर्षे टेस्ट लिग, १३ राष्ट्र सम्मिलित एक दिवसीय लिग र ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि क्षेत्रीय छनोट खेलको विषय प्रस्ताव गरिएको क्रिकइन्फो डटकमले जनाएको छ।

आइसिसी बोर्ड वैठकले उक्त प्रस्ताव पारित गरे २०१९ बाट ९–३ को संरचनामा २ वर्षे टेस्ट लिग हुनेछ। प्रस्ताव अनुसार शीर्ष ९ टेस्ट राष्ट्रले एक आपसका साथै तल्लो वरियताका ३ राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछन्। ३ राष्ट्रमा जिम्बाबेसँगै आयरल्यान्ड र अफगानिस्तानले टेस्टको मान्यता पाउन सक्ने प्रबल सम्भावना छ।

‘आइसिसी कार्यसमिति वैठकले ३ वर्षे १३ राष्ट्र सम्मिलित एक दिवसीय लिग, एक दिवसीय विश्वकप छनोटको प्रतियोगिता र ट्वान्टी–२० विश्वकपका लागि क्षेत्रीय छनोट प्रतियोगिताको विषय पारित हुनेछ,’ क्रिकइन्फो डटकममा उल्लेख छ, ‘विश्व क्रिकेटका ३ शक्ती राष्ट्र (भारत, अस्ट्रेलिया र इङल्यान्ड)को एकछत्र राज अन्य हुनसक्छ।’

प्रकाशित: २३ माघ २०७३ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App