८ वैशाख २०८१ शनिबार
कला

मधेश–पहाड जोड्दै धुर्मुस–सुन्तली

वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा कलाकार कट्टेल र घिमिरे । तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– भूकम्पपीडितका नागरिकको पुर्नवासका एकीकृत बस्ती निर्माण गरेर उल्लेखनीय योगदान गरेका  चर्चित हास्यव्यङग्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ यतिखेर फरक अभियान लिएर तराई झरेका छन्। मधेश र पहाडबीचको सद्भावलाई अझ मबजुत बनाउन तराई मधेश झरेको उनीहरुले बताएका हुन्।  

हिमाल, पहाड र तराईका जनताबीच सामाजिक सद्भाव बढाउन  ‘धुर्मस–सुन्तली’ फाउण्डेशनमार्फत पछिल्लो समयमा तराई मधेसका विभिन्न ठाउँमा सामाजिक काम गरिरहेका वीरगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले बताए।

‘अहिले मुलुकमा यो वा त्यो जात, पहाडी–मधेसी जस्ता कुराहरु उचालेर समुदायलाई लडाउने, फुटाउने काम भइरहेको छ,’ कट्टेलले भने, ‘यसले सामाजिक सदभावलाई कमजोर बनाउने डर छ, त्यसैले हामीले सामाजिक सद्भावलाइ मजबुत बनाउन चाहेका छौं।’

‘राष्ट्र निर्माण, हाम्रो अभियान’ नारासाथ तराई मधेशमा अभियान लिएर हिँडेको उनले बताए। चेलीबेटी बेचबिखन, बालश्रम जस्ता समस्यामा काम गर्नुका साथै मधेशमा रहेका बालविवाह, दाइजो प्रथाजस्ता कुरुतीविरुद्ध काम गरिरहेको कट्टेलले बताए। फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले कलाको माध्यमबाट समेत अभियान चलाइरहेको बताए। चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ फेरि शुरु भएको जानकारी गराउँदै कट्टेलले यसका कथामा मधेसमा विद्यमान समस्याका विषयवस्तुहरु समेटिने बताए।

फाउण्डेशनले अहिले वैशाख १ मा हस्तान्तरण गर्नेगरी महत्तोरीको बर्दिबासमा मुसहर समुदायको लागि एकीकृत नमुना वस्ती बनाउने काम गरिरहेको र अन्य स्थानमा पनि त्यस्ता बस्ती बनाउने योजना लिएको बताए ।

बर्दिवासमा मुसहर समुदायका ५० परिवारका लागि चार करोड ७८ लाख रुपैयाँको लागतमा बनिरहेको एकीकृत नमुना बस्ती निर्माणको काम ४२ दिनमा ५० प्रतिशत सकेको जानकारी गराए। नेपाल सरकारका सरसफाइ दू्त समेत रहेका कट्टेल र घिमिरेले पर्सा जिल्लालाई बालमैत्री र पूर्ण सरसफाइयुक्त जिल्ला बनाउनेतिर पनि काम गरिरहेको जानकारी दिए। आफूहरुको अभियानमा देश विदेशबाट राम्रो सहयोग प्राप्त भइरहेको बताए।

 

 

प्रकाशित: ९ फाल्गुन २०७३ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App