७ वैशाख २०८१ शुक्रबार
प्रवास

जापानमा २१ केजी चरेससहित दुई नेपाली पक्राउ

पक्राउ तपमान तामाङको तस्विर जापानी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।

टोकियो— जापानमा अवैध लागूऔषध चरेस २१ केजी सहित दुई नेपाली नागरिक पक्राउ परेका छन्। करोडौं रुपैयाँ मूल्य बराबरको लागूऔषध ओसारपसार आरोपमा जापान प्रहरीले डिसेम्बरमा पक्राउ गरेका दुई नेपाली बिहिबार सार्वजानिक गरेको हो।

करिव साँढे तीन किलो चरेस उनीहरुको ठेगानामा कुरियरमार्फत् पठाइएको थियो। कुरियरमा लेखिएको सामाग्री पाउने व्यक्तिको ठेगाना पछ्याउँदै जापान प्रहरी उनीहरुको कोठासम्म पुगेको थियो। कोठामा  छापा मार्दा थप १८ किलो ६ सय ग्राम चरेस फेला पारेको जापान प्रहरीले उल्लेख गरेको छ।

जापानी सञ्चारमाध्यम एएनएन न्यूजका अनुसार लागूऔषध ओसारपसार गर्नेमा जापानमा भोकेसनल कलेज अध्ययनरत एक तामाङ थरका युवा तथा रेष्टुरेन्टमा आंशिक समय काम गर्दै आएकी एक युवती छन्। जापान प्रहरी करिव दुई महिना लामो अनुसन्धानपछि उनीहरु लागूऔषधको कारोबारमा संलग्न भएको निष्कर्षमा पुगेको थियो।

भारतीय हवाई मार्गहुँदै जापानको नारिता विमानस्थलबाट आएको बाद्यबाधक सामाग्रीभित्र पोको पारी लुकाएर राखिएको चरेस सहित लागूऔषध फेला परेपछि त्यसको 'नेक्सेस' खोज्दै जानेक्रममा प्रहरीले नेपालीलाई पक्राउ गरेको हो। ती सामाग्री दुई नेपाली बस्ने घरमा कुरियरमार्फत पुगेका थिए। लागूऔषध ओसारपसारमा उनीहरुको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

करिव साँढे तीन किलो चरेस उनीहरुको ठेगानामा कुरियरमार्फत् पठाइएको थियो। कुरियरमा लेखिएको सामाग्री पाउने व्यक्तिको ठेगाना पछ्याउँदै जापान प्रहरी उनीहरुको कोठासम्म पुगेको थियो। कोठामा  छापा मार्दा थप १८ किलो ६ सय ग्राम चरेस फेला पारेको जापान प्रहरीले उल्लेख गरेको छ। गत डिसेम्वरमा आएको सामानमा यसरी लागूऔषध पाइएपछि जापान प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

जापान प्रहरीले पक्राउ परेकाहरू जापानमा लागूऔषध ओसारपसारमा संलग्न ठूलो गिरोह हुनसक्ने अनुमान गरेको छ। बरामद लागूऔषधको बजार मूल्य करिब १५ करोड जापानी येन पर्छ।

प्रहरीले पक्राउ पर्नेमा २९ वर्षिय तापन तामाङ नाम सार्वजानिक गरेको छ। महिला भने २७ बर्षिया डंगोलदेबी रहेको जनाइएको छ।

पछिल्लो समय जापान प्रहरीले नेपालीहरूमाथि निगरानी बढाइरहेको अवस्थामा यो घटना सार्वजनिक भएको हो। यस्ता घटनाहरूले जापानमा नेपाललाई हेर्ने दृष्टिकोण नकारात्मक बन्ने भन्दै जापानबासी नेपाली समुदाय चिन्तित छ।

प्रकाशित: १२ फाल्गुन २०७३ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App